सरकार नागरिकप्रति संवेदनशील : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको वताउनु भएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको दावी गर्नु भएको छ । उहाँले जनतालाई रोग र भोकबाट जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको वताउँदै उहाँले क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि बताउनु भयो । नेपालले ६२ दिनदेखि बन्दाबन्दीमा बसेर कोरोनाविरुद्ध लडिरहेको वताउँदै उहाँले अझै केही समय लड्नुपर्ने देखिएको बताउनु भयो ।
सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको वताउँदै प्रधानमन्त्री ओलीले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताउनु भएको छ ।