कोरोना त्रास माथिको कुराजनीति
विश्वव्यापि रुपमा फैलिएको चीनमा जन्मलिएको भाईरस कोरोना भाईरस हो । यसले मानव जीवनमा प्रत्यक्ष रुपमा क्षति पु¥याउने हुनाले यसलाई कोरोना भाईरस रोग नामाकरण गरियो । जसलाई CoViD-19 भनेर विश्वमा चिनिन्छ । यस रोगबाट नेपाल पनि आक्रान्छ छ । जन मानसमा फैलिएको त्रास त छँदै छ त्यसमा पनि नेपालमा यहि समयमा देखिएको कुराजनीति (Malpolitics) कोरोना रोग भन्दा सयौं गुणा त्रासदी पुर्ण छ । कोरोना भाईरस रोग प्रजातान्त्रिक देखियो भने तत्कालिन सरकार चरम निरंकुशतातिर लम्कियो । कोरोनाले मान्छे सिध्याउला तर सरकारको निरंकुशताले देशै सिध्याउने त्रास फैलिरहेको छ ।
राजनीति राज्य सञ्चालन गर्न, मजवुत बनाउन राज्यले अवलम्वन गर्ने नीतिहो । राजनीतिलाई जनस्तर सम्म पु¥याई /यसको प्रतिफल घर घरसम्म पु¥याउन सहयोग गर्ने मानिस राजनीतिज्ञ हो । राजनीतिज्ञलाई नेता भन्ने चलन पनि छ । नागरिकलाई राजनीतिक नेतृत्व गर्ने भएकोले नेता (Leader) भनिएको हो । यसै राजनीतिलाई गलत प्रयोग गर्नु कुराजनीति हो । नेपालको सन्दर्भमा राजनीतिको गलत प्रयोग गर्दा राजनीति ग¥यो/राजनीति भयो भन्ने पनि चलन छ । वास्तवमा राजनीतिको दुरुपयोग गर्नु कुराजनीति हो । राज्य सञ्चालन गर्ने सरकार÷राजाले अवलम्बन गर्ने नीति नै राजनीति मानिन्छ ।
राजनीतिले समानता, पारदर्शिता, उत्तरदायित्व, सदाचार, ईमान्दार, जनकल्याण, सदुपयोग जस्ता विषयलाई समेटेको हुन्छ । यि विषय भन्दा बाहिर गएर गरिने कार्य राजनीति विपरित हुन्छ यो व्यक्तिगत स्वार्थले सृजना गर्दछ । राजा स्वईच्छाचारी भयो भने राजनीति मर्छ । राजनीति म¥यो भने नागरिक मर्छन् । नागरिक मरे भने देश मर्छ र एउटा राष्ट्रको अस्तित्व समाप्त हुन्छ । अन्ततः स्वईच्छाचारी राजा क्षणिक सुखानुभूति गर्ला तर पछि आगाको ज्वालामा हामफालेर आफै मर्छ । याहा एउटा राजा मर्नुले कुनै अर्थ राख्दैन, देशको अस्मिता नागरिकले बचाउने हो । तसर्थ नागरिक सचेत हुनु जरुरी हुन्छ । यसैको लागि नागरिक समाजको आवश्वक्ता भएको हो ।
नागरिक समाज पनि कुनै राजनीति कदल विशेषको बन्नु नागरिकहरुको समाज होईन रैतिहरुको समाज हो । देशमा रैति, जनता र नागरिक गरी तिन प्रकारका मानिसहरु पाईन्छन् । यो शिक्षा, ज्ञान, आर्थिक अवस्था आदिले निर्धारण गर्दछ । रैति– विषय वस्तुको वुझाइ भन्दापनि क्षणिक फाइदाका लागि काम गर्छन । आशामा बाँच्छन, ढुलमुले प्रवृति भएका मानिस हुनु । यिनलाई चुनावताका सस्तोमा किन बेच गर्छन नेताहरुले । जनता– अल्प ज्ञान भएका, मै जान्ने, मै वाठो, म र मेरो मात्र भन्ने भावनाले प्रेरित हुन्छन् । औषत बुझाइको पछि लाग्छन् । यि चुनावताका जागिरको प्रलोभन र मोटो रकमको लोभमा फस्दछन् । नकरात्मक आलोचनालाई बढि प्राथमिकता दिन्छन । नेताका काल्पनिक नारालाई सत्य मान्छन । सरकारी सेवा सुविधा मैले मात्र बढि लिन पाएहुन्थ्यो र चौतारो भत्काएर घरमा डबली बनाउने सोचका हुन्छन् । राष्ट्र र राष्ट्रियताको नाम लिन्छन तर कर्तव्य पुरा गर्नबाट भाग्न खोज्छन् ।
नागरिक– राष्ट्रप्रतिको कर्तव्य पुरा गर्नु पर्छ, असल शासक बनाउनु पर्छ । देश रहे हामी रहन्छौ, भाषा, धर्म, संस्कृति जोगाउनु पर्छ । देश सबै देश वासीको धरोहर हो÷स्रोत साधन सबैलाई बरावर हुनुपर्छ । के सहि के गलत छुट्याउन सक्ने, बोल्न सक्ने र तटस्थ बोल्ने । नेपालमा लगभग ५० % रैति, ४० % जनता र १० % मात्रनागरिक रहेको आंकलन गर्न सकिन्छ । रैति समाजबाट छानिएको प्रतिनिधीले रैतिलाई जनता बन्नबाट रोक्दछ । सूचनाको अन्तर गर्छ, पूर्ण सूचना दिदैन । म राजा नै हुँ भन्ने सोचले प्रेरित हुन्छ । जनता मरे मरुन्, देश बेचिए बेचियोस् तर मैले शक्ति, सम्पति र सम्मान पाउनै पर्छ । म नै राज्यहुँ, मेरो बोली कानून हो भन्ने विचार पालेका हुन्छन् । गुण्डा, गर्दी, हत्या, हिंसा मच्चाउनेहरु जनप्रतिनिधी बन्दछन् । यसैलाई उनीहरु आफ्नो योग्यता ठान्छन् । जस्तैः दशवर्ष जेल जीवन विताएको÷यो आन्दोलनको नेतृत्व गरेको जुनआन्दोलनमा धेरै मान्छे मरेका थिए । जनताका प्रतिनिधी जनतालाई झुट्टा आश्वासन देखाएर कुराको खेति गर्दछन् । संगठनिक भष्टाचारमा लिप्त हुन्छन् ।
देशको सुनको ढोका घरमा हालेर देशलाई पित्तलको ढोका दिन्छन् । आफु लामो समय सम्म टिकिरहने कानूनको खोजि गर्छन् । आफु अनुकुल कानून बनाउन र भित्रै बाँडी चुडी खानमाहिर हुन्छन् । नागरिकको प्रतिनिधी देश र नागरिक प्रति अनुशासित हुन्छन, देशलाई माया गर्छन । सदाचार र सार्वजनिक हितको काम गर्छन् । देश र नागरिकको चासो लिन्छन, निस्वार्थ खट्छन्/साँचो बोल्छन् ।
आज देशमा जुन सरकारी संयन्त्र देखिन्छ यो सब कुन स्तरको जनप्रतिनिधी शासकीय तहमा, त्यसले निर्धारण गर्ने हो । नागरिकको दर्जा अत्यन्त कम हुँदा तिनको कुरै सुनुवाई हुदैन । बोले कारवाहि गरिन्छन् चुप लागेर बस्नुको बाहेकको विकल्पै हुदैन । प्रशासनिक संयन्त्र सबै कल्याणकारी राज्यको खोल आढेर कानून हातमा÷व्यक्तिगत स्वार्थमा लगाईरहेका हुन्छन् । ठूला अपराधी, गुण्डा, भ्रष्टचारी सरकारको संरक्षणमा हुन्छन् । सरकार तिनलाई प्रयोग गरेर आफ्नो उदेश्य पुरा गर्छ जुन देश र जनताका लागि घातक हुन्छ । “चोरका लागि सज्जन पनि सत्रु हुन्छ” नागरिक सत्य कुरा गर्दा जेल जान्छन् । झुट्टा मुद्धा लगाईन्छ, फसाईन्छ जसले पलपलमा डराउदै, आफ्ना स्वतन्त्रतालाई बन्धक बनाउदै बस्नु पर्दछ । गलतको विरोध गर्ने नै गलत सावित गराईन्छ । सरकारको विरोध गर्नेहरुको हालत यस्तै हुन्छ भन्दै रमाउनेहरुको लर्को हुन्छ । अपरिपक्क निर्णय गर्नु पछि फर्कदै गर्नु संस्कार नै बनेर जान्छ । उच्चतहका प्रशासनिक, राजनीतिक नियुक्तिका पद बिक्रीमा राखिन्छ ।
गुणस्तर चुनावताकाको नारामा मात्र सिमित हुन्छ । देखाउने व्यवस्था गणतन्त्र, प्रजातन्त्र÷लोकतन्त्र हुन्छ तर कार्य क्षेत्रमा निरंकुसतन्त्र अवलम्बन गरिन्छ । तथ्यांङ्क उच्च स्तरमा पुगेको बनाईन्छ, जीवनस्तर न्यून हुन्छ । देशको अस्मिता डुब्दै डुब्दै गईरहेको हुन्छ । देशभन्दा नेता धनी बन्छन् । तै पनि कात्रोमा समेत भाग शान्ति लगाउछन् । आफ्नो उपचार विदेशमा गराउछन, जनताको सिटामोलमा समेत कमिसन खान्छन् । सार्वजनिक सम्पति आफुहरुले नै निर्णय गरेर बाँडी चुँडी खान्छन् । यि सबै फेहरिस्तहरु कुराजनीति (Malpolitics) का विशेषता हुन् । अहिलेको यत्रो विश्व माहामारीमा विश्वका देशहरु आफ्ना नागरिकहरु कसरी बचाउने, के उपाय अपनाउने भन्नेमा दौडधुप गरिरहेका छन् । यसै परिस्थितिलाई नेपालमा हेर्ने हो भने मास्क लगायतका स्वास्थ्य सामाग्रीमा चरम भ्रष्टचार । राहतमा भ्रष्टचार ।अपहरण, धम्कि, त्रास । विशेषतःमाहामारीले गर्दा गर्नुपरेको वन्दावन्दी (Lockdown) त अवसर पो बनेको देखिन्छ । यो कोरोनात्रास माथिको कुराजनीति हो । अहिले नेपाली नागरिकका अविभावक अदृश्य पशुपतिनाथ मात्र हुन् । जव सम्म कुराजनीतिको जालो फालिदैन तव सम्म कुरा मिठा सुन्ने दयनीय जीवन बिताउने नै हो । यसबाट उन्मुक्ति पाउन मानिसहरु नागरिक बन्नु जरुरी हुन्छ । नागरिकले असल नागरिकलाई नै शासक बनाउछ । कुराजनीति नष्ट भएर जान्छ, विकासले बामे सर्न थाल्छ ।
राजनीति सरकारले अवलम्बन गर्ने नीतिहो । यसको दुरुपयोगले प्रशासनिक संरचनालाई लथालिङ्ग बनाइदिन्छ । कुराजनीतिमा सरकार माथिको जनविश्वास घट्छ । यस अवस्थामा सरकारले आफ्नो अविभावकत्वको दायित्व पुरा गर्नै पर्छ । नागरिकको बचाउ र सुरक्षाको जिम्मेवारी सरकारको हो । सरकारले आफ्नो दायित्वबोध गर्नु पर्छ । विश्वको माहामारीलाई रोकथामगर्न प्रत्येक व्यक्ति, परिवार देश नै लाग्नुपरिरहेको स्थितिमा सरकारी गहनता बडि सक्रिय हुनुपर्ने देखिन्छ । सरकारबाट करुणाको अनुभूति महशुस गर्न पाउने अभिलाषा आम नागरिकमा छ । अवका दिनमा पुरा गर्दै जानुपर्ने स्थिति छ । सरकारी भूमिका उल्लेखनीय हुनुपर्ने देखिन्छ ।