रौतहटमा थप २२ जनामा कोरोना पुष्टि

रौतहट । रौतहटमा थप २२ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा संक्रमण पुष्टि भएको हो ।
सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् । मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको बताइएको छ ।
भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।
सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।