लकडाउन कति प्रभावकारी ?

काठमाण्डौ । नेपाल सरकारले विश्व माहामारीबाट बच्ने प्रमुख उपाएको रुपमा अवलम्वन गरेको बन्दावन्दी (Lockdown) आज सम्म विद्यमान छ । नेपालमा वि.सं २०७६ चैत्र ११ गतेबाट शुरु गरेको लकडाउनले ६० दिन पार गरिसक्दा पनि यसबाट भएको उपलब्धिले जनमानसमा कति परिवर्तन ल्यायो यसको विश्लेषण जरुरी छ । सरकारले जारी गरेको हरेक नियम, निर्देशनलाई कानून सरह मान्नु पर्दछ ।
सरकारको आदेश कानून हो यसको उलङ्गन गर्नु गैर कानूनी काम हो । यसको पालना गरे नगरेको अवलोकन नियन्त्रण गर्ने काम सरकारको हो । सरकारले लागु गरेको निर्देशन पालना नहुनु सरकारमाथिको प्रश्न चिन्ह हो । आखिर नागरिकले सरकारलाई अवज्ञा किन गरेका होलान ? कित सरकारले यसमा ध्यान नदिएको हो ? जेसुकै गरुन भनेर यसलाई निगरानी गर्नबाट सरकार पछि हटेको हो भने यो अविभावकत्व कसले ग्रहण गर्ने ?
यतिका दिन सम्म नागरिक लकडाउनमा थुनिएर बस्नुपर्दा र भोको पेटले जीउन वाध्य बन्नुपर्दा नागरिकबाट यसको अवज्ञा हुनु पनि नौलो चाहि होइन । सरकार लकडाउन घोषणामात्र गरिरहने त्यसबाट नागरिकलाई शान्ति सुरक्षा कसरी प्रदान गर्ने भन्ने ठोस नीति नहुदाको प्रतिफल हुनसक्छ । ८० करोड राहत बाँडेको पाउने नेपालीको पहिचान नहुने स्थितिको प्रतिफल हुनसक्छ । पहुच र शक्तिवालालाई लकडाउन लागु नहुनुले पनि यो परिणाम आएको हुनसक्छ ।
आज आम नागरिकबाट रोगले मरे मरिन्छ भोकले मर्न चाहि सकिन्न भन्ने आशय बजारमा आइसकेको छ । नागरिक लकडाउनको खुलेर उलङ्गन गर्न तयार रहेको हो की, बजारको स्थितिले देखाउछ । सरकार यसमा ध्यान जाओस् । कित निश्चित व्यवस्थापन गरी वा टोकन प्रणाली अवलम्वन गरी नागरिकका काम काज यथावत शुचारु गर्नुपर्दछ ।

सामाजिक दुरी,कायम राखि आर्थिक कृयाकलाप गर्न आम नागरिकलाई व्यवस्था गरिदिनु पर्छ नत्र भोको पेटमा लकडाउन पालना गर्न नागरिकलाई कठिन हुन्छ । कोरोनाले ल्याउने क्षति भन्दापनि भोको पेटले ल्याउने क्षति बढि भयावह हुने देखिन्छ । अव तत्काल सरकारले आम नागरिकको मन जित्ने, खुशि बनाउने खालको व्यवहारिक कार्यक्रम ल्याउन जरुरी देखिन्छ । यस्ता कार्यक्रमले लकडाउन व्यवस्थापन गर्न सहज हुन्छ । आम नागरिकको जीवन सुरक्षित हुन्छ । सरकार ! यसमा छिट्टै ध्यान जाओस् ।