१८ वर्षदेखि मकै पोलेर गुजरा दम्पत्ति
काठमाण्डौ । काठमाण्डौको थापागाउ भगवती मन्दिर छेउमा हरियो मकै पोलेर आफ्नो चार जनाको परिवार पालिरहेकी मनमाया पौडेल एक आँटिली शाहसी महिला हुन् । विगत १८ वर्षदेखि यसै पेशामा आवद्ध भई दुई छोरीको शिक्षा स्वास्थ्य धानिदै आइरहेको बताउने मनमाया आफू यस पेशामा खुशि रहेको बताउछिन् ।
“विहानै मकै लिन जान्छु र यसै मन्दिर छेउमा मकै पोल्न बस्छु । टाढा टाढाबाट पनि तपाईले पोलेको मकै मिठो छ भन्दै किन्न आउनु हुन्छ । धेरैसँग यसै पेशाले चिनायो । अफिस अफिसबाट मगाउनु हुन्छ, पु¥याउन जान्छु । कतिले त याहाँसम्म ल्याईदिनु भो भनी मकैको भन्दा बढि पैसा दिनुहुन्छ ।”
“आज बाटामा बसेर भएपनि आफ्नै पेशा गरेर खाएका छौ । चोर्नु, ढाँट्नु, शरीर बेच्नु भन्दा आफ्नै पेशामा जीउनुमा छुट्टै आनन्द” मनमायाँ भन्नुहुन्छ “मकै पोलेर एउटी छोरीलाई १२ सम्म पढाएं सानी कक्षा १ मा पढछिन हामी दुई जना यसै पेशामा खट्छौ । पति भिम बहादुरको पुर्णसाथले हामी सबैमा खुशिल्याएको छ ।”
‘स्थायी घर ओखलढुङ्गा, मजुवा गा.पा वडा नं ४ हो । त्यहाँ पनि जग्गा जमिन प्रशस्त नभएकै कारण काठमाण्डौमा पसियो । एउटा पेशा समातियो यसै पेशामा रमाईरहेकी छु’ भन्दै हाँसिन उनी । सरकारबाट त के आशा गर्नु र कहिले काही नगरप्रहरीले मकै फाल्दिने र गाडा लडाइदिने सम्म गर्छन् । कुनै दिन मकै सबै फालिदिन्छ रित्तो गाडा लिएर कोठामा जान्छु मन दुःखाउँदै भन्छिन – “हामी खुशिले गरीब भएका हैनौं, बाध्यता हो ।”