एमसीसी नेपालका लागि घातक

टिप्पणी

काठमाण्डौं । नेपालमा निकै अगाडिदेखि चर्चामा आएको अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) नेपाल सरकारले आ.व २०७७÷०७८ को बजेटमा समाहित गरेर पास गराउने हर्कतलाई अगाडि बढाएको छ । यो देशको र आम नागरिकको हितमा छैन, सिमित माथिल्ला तहका नेतागणको हितमा मात्र रहेको स्पस्ट हुन्छ ।
उच्च तहका सिमित व्यक्तिको फाइदाको लागि नेपालका लागि अहितकारी एमसीसी पूर्णत पारित हुने अवस्थामा छ । सरकारमा धेरै जनप्रतिनिधिको विरोधका वावजुत सिमित ठूला नामका नेताले पास गराउने निर्णय गरिसकेको पाईन्छ । यसले आम नागरिक र देश भन्दा पनि व्यक्तिगत स्वार्थलाई बढि महत्व दिएको पाईन्छ ।
एमसीसी पास भएको खण्डमा गणतन्त्र नेपालले हाल सम्मको सबैभन्दा ठूलो क्षय देशलाई पु¥याउने निश्चित छ । आम नागरिकका आवाजलाई लत्याउदै देशको अस्मिता गुमाउने कामले देशको राजनीति धमिलिने देखिन्छ भने राष्ट्रले गणतन्त्रको उपलब्धि गुमाउने खतरा बढिरहेको छ ।
विनाश काले विपरित बुद्धि सकिने वेलामा बुद्धि विपरित लाग्छ भन्ने यो उखान हाम्रा पुर्खाको हो । हाम्रो अभिमतबाट त्यहा राज गरिरहनु भएका माननीय ज्यूहरु हाम्रो देशको अस्मिता नलुटि दिनुहोस् । केहि गर्न नसकेकोमा दोष लाग्दैन तर विगारेकोमा ठूलो दोषको भागिदार हुनुपर्छ । हामी आम नागरिक नगरिदिनुस भनेर अनुनय विनय मात्र गर्न सक्छौ । यो अनुनय विनय सुनियोस् । नेपालको शान र मान नमरोस् ।