गुल्मीका स्थानीयत अलपत्र नागरिकको उद्धारमा केन्द्रित

गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै लकडाउनलाई जारी राखिएको छ । यस समयमा गुल्मीका स्थानीयतले विभिन्न स्थानमा अलपत्र आफ्ना नागरिकहरुको उद्धारमा केन्द्रित भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाले मात्रै पछिल्लो समय दुई सय धेरै आफ्ना नागरिकहरुको उद्धार गरेको छ । नगरपालिका अहिले अलपत्र नागरिकहरुको उद्धार र उनीहरुको क्वारेन्टाइनमा व्यवस्थापनका लागि केन्द्रित भएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जानकारी दिए ।

नगरपालिकामा भित्रिएका उनीहरुलाई विभिन्न विद्यालयहरुमा बनाईएको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको उनले जानकारी दिए । अहिले रेसुङ्गा बहुमुखी क्याम्पस ६४, महेन्द्र माध्यमिक बिद्यालयमा ३१, राष्ट्रिय निम्न माध्यमिक बिद्यालय रेसुङ्गा नगरपालिका –१२ मा २५ जना, सेउवा निम्न माध्यमिक बिद्यालय रेसुङ्गा नगरपालिका –४ मा १५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै रेसुङ्गा माध्यमिक बिद्यालयमा ३६ जना, भगवती माध्यामिक बिद्यालय रेसुङ्गा नगरपालिका –१० मा ४२ जना, सिद्धबाबा माध्यामिक बिद्यालय खानीगाउँमा –११ जना, राङ्बास माध्यमिक बिद्यालयमा ९ जना क्वारेन्टाइनमा रहेका छन्