१८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ चार १ पुगेको छ।
कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
शनिबार कोरोना पुष्टि भएकाहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका ६ जना र सिराहा ११ जना छन्।
यसैगरी रुपन्देहीका २६ र कपिलवस्तुका २९ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन् ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।
विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।