जातीय विभेदविरुद्ध मदानेमा विरोध प्रर्दशन

गुल्मी । देशका विभिन्न स्थानमा भएका जातीय विभेद्को घटनाका विरुद्ध गुल्मीका स्थानीय तहमा पनि विरोध प्रर्दशन गरिएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिकामा दलित साझा मञ्चको अगुवाईमा विरोध प्रर्दशन गरिएको हो ।

जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातीय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बलात्कार र हत्या, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अन्तरजातीय प्रेमका कारण नवराज विक सहितका युवालाई गरिएको हत्याका विरुद्ध दोषीलाई कारवाहीको माग सहित विरोध प्रर्दशन गरेका हुन् ।

‘जातीय विभेद अन्त्य गर, जातीय दमन अन्त्य गर, हत्यारालाई फासी दे ’ लगायतका नारा सहित उनीहरुले गाउँपालिकाको कार्यालय अगाडि प्रर्दशन गरेका थिए ।

‘दलित एकता जिन्दावाद्, पश्चिम रुकुमका दोषीलाई कडा कारवाही गर, फोक्सिङ जातिय विभेद्का दोषीलाई कडा कारवाही गर, रुकुम घटनाका षड्यन्त्रकारी होसीयार, जातिय भेद्भाव अन्त्य गर, लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रर्दशन गरेका थिए ।

विरोध प्रर्दशनमा बोल्दै टिका बहादुर परियार, रामु परियार, टोम बहादुर विक, अशोक विक, जनक नेपाली, जनक नेपाली, महोहन परियार, महेन्द्र बहादुर कुवँर, बसन्त नेपाली लगायतले रुकुम हत्या काण्डका दोषीलाई कडा कारवाहीको माग गरे । रमेश परियारको अध्यक्षता तथा सुब्बा विकको सञ्चालनमा विरोध प्रर्दशन गरिएको थियो ।

त्यस लगत्तै गाउँपालिका अध्यक्ष दान बहादुर केसीलाई ज्ञापनपत्र बुझाईएको थियो । अध्यक्ष केसीले आफुले सम्बन्धित निकायमा जानकारी पु¥र्याउने जानकारी दिए । रुकुम पश्चिममा भएको नरसंहारमा अन्तरजातीय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिका लिन जाजरकोट जाँदा उनी र उनका पाँच जना साथि मारिएका छन् भने एक जना अझै बेपत्ता छन् ।