सरकारको आँखा माईतिघर मण्डलामा पुगोस्
टिप्पणी
काठमाण्डौ । हिजो माईतिघर मण्डलामा भै रहेको सचेतना कार्यक्रम देश र नागरिकको हितमा छ । यसले देशको दीर्घकालीन विकास, पहिचान र अस्मितालाई सुरक्षित गर्ने प्रयास गरेको छ । एमसीसीको विरोधमा भएको प्रदर्शनमा आम नागरिकको सहभागिता छ, यो स्वतःस्फुर्त सहभागिता हो ।
सम्पूर्ण नेपालीमा आफ्नो देश प्रति पलाएको माया, आदर हो यसलाई हामी सबैले सम्मान र सहयोग गर्न आवश्यक छ । नागरिकले आफ्नो देशको बारेमा चासो राख्नु राष्ट्रियताको कजभूतिपन हो । यो राष्ट्रको सम्मान हो इज्जत हो । जुन नागरिकको कर्तव्य पनि हो । यसलाई सरकारले सकरात्मक रुपमा लिएर शान्तिपूर्ण समाधान तर्फ पहल गर्नुपर्छ ।
मण्डलामा जुन सरकारतर्फबाट नसुहाउदो काम भयो यसले आम नागरिकको चिक्त दुखाएको छ । नागरिकको शक्ति पनि सरकारको साझेदार नै हो । यो साझेदार शक्तिलाई चिढ्याउनुले सरकारको हित गदैन् सरकारको ईज्जत र सम्मान नागरिकले नै गर्ने हुन् ।
मण्डलामा भएको हिजको हर्कतले सरकार गैर जिम्मेवार बनेको पो होकी विश्लेषण त्यता मोडएला जस्तो छ । आफ्नै देशको भूमि बचाउन र नेपालीको अस्मिता बचाउनको लागि गरिएको आन्दोलनमा जघन्य रुपमा पिटिनु र पानिका फोहोरा हान्नुले कतै मानवीयता त हराएको होईन आम नागरिकमा सोच्न वाध्य बनायो ।
आन्दोलनको प्रकृति र उदेश्य हेरेर काम कारवाहि अगाडि बढाउनु पर्ने हो तर त्यसलाई व्यवास्ता गरेको पाईन्छ । सरकार त्यहि नजिकैको सिंहदरवारबाट माइतिघर मण्डलामा आँखा पु¥याइयोस् । यो निर्मम कुटाइ र यातना दर्दनाक नै छ । यसको समाधान र व्यवस्थापन छिटै गरियोस् । यसले सरकार कै ओजन बढाउछ । सरकार कै आँखा अगाडि यसरी भएको घट्नालाई थाहा पाइएन भन्न त नमिल्ला ।