सरकार असंवैधानिक बाटोमा लाग्यो : नेसकाँ

काठमाण्डौ । नेपाल समाजवादी काँग्रेस पार्टीले आज काठमाण्डौस्थित पार्टी कार्यालयमा वर्तमान सरकारको असंवैधबाटो र हालको कोरोना माहामारीबाट साबधानी सम्बन्धमा पत्रकार संमेलन सम्पन्न गरेको छ । उक्त पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष गोविन्द निरौलाले आफ्नो पार्टीको धारणा राख्नु भएको थियो ।
उहाँले वर्तमान सरकारका असंवैधानिक कर्तुत कोभिढ–१९ को माहामारी र अवका दिनमा पार्टीले चाल्ने कदमका बारेमा प्रस्ट्याउनु भयो । आजका दिनमा राष्ट्रमा देखिएको व्यथितिका सम्बन्धमा उहाँले खुलेर चर्चा गर्नुभयो । कोरोना यसमा सरकारले गरेको व्यवस्थापन, बजेटको अवस्था र लक्ष्य, अमेरिकी सहायता परियोजना (एमसीसी) यसमा सरकारले खेलेको घुमाउरो भूमिका, सरकारले जारी गरिहेरेको (लिपुलेक लिम्पियाधुरा र कालापानीको भूभाग समेटेर) नेपालको नक्सा र रुकुम घट्नाको वारेमा सरकार असफल रहेको जानकारी गराउनु भयो ।
वि.सं २०५२ सालबाट सरकार असंवैधानिक बाटोमा लाग्यो । त्यसताका देखि नेपालमा बाहिरी चलखेल बढ्न थाल्यो । सरकारमा बस्नेले सत्ता टिकाउन जस्तो सुकै बाहिरी शर्त मान्न थाल्यो । सुगौली सन्धी यथार्थ प्रमाण हुदा हुदै लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार अल्झिरहेको तथ्य प्रस्ट्याउनु भयो । यस असंवैधानीक बाटोवाट देशलाई उन्मुत्ति दिलाउन कानूनी राज्य, संवैधानिक सर्वोच्चता, हिन्दुराज्य, संवैधानिक सन्तुलनको लागि अति आवश्यक राजसस्था र बौद्धिक विश्लेषकहरुको सभा हुनु पर्ने जिकिर गर्दै अवका दिनमा नेपाल समाजवादी काँग्रेस पार्टीले यसै मुद्धालाई लिएर हिड्ने जसका लागि आम नेपाली नागरिकको साथ पाउने कुरालाई जोड दिनु भयो ।

नेपाल समाजवादी कांग्रेसको पत्रकार सम्मेलनको भिडियो यहाँ हेर्न सकिन्छ ।