व्यवसायी पौडेलद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी गुल्मी घर भई हाल काठमाडौं तीनकुनेमा होटल व्यवसाय गर्दै आएका शिव पौडेलले आफ्नो वडा कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
तीनकुने काठमाडौंमा ‘रेसुङ्गा फेमिलि भोजनालय’ सञ्चालन गर्दै आएका पौडेलले रेसुङ्ग नगरपालिका वडा नं. १२ कार्यालयका लागि रु. ४४,३००।– वरावरको पिपिई ८ थान, सेनिटाइजर ४५ पिस (१५० एमएल), ग्लव्स २ प्याकेट, गन थर्मोमिटर एक थान र माक्स २ प्याकेट सहयोग गरेको बताइएको छ ।


वडा अध्यक्ष कुलबहादुर टण्डनले कोरोना भाइरसको रोकथामका लागि आवश्यक सुरक्षात्मक सामग्रीहरु सहयोग गरेकोमा व्यवसायी पौडेलप्रति आभार व्यक्त गरेका छन् । वडा अध्यक्ष टण्डनले भनेका छन् “व्यवसायी पौडेलले यस वडा कार्यालयका लागि सुरक्षात्मक सामानहरु उपलव्ध गराउनु भएकोमा वडा कार्यालय परिवारको तर्फबाट हार्दिक आभारका साथ धन्यवाद ज्ञापन गर्न चाहान्छौं । साथै उहाँले गर्नु भएको सहयोगको उच्च मूल्यांकन गर्दै उत्तरोत्तर प्रगतिको कामना साथै आगामी दिनहरुमा पनि यस्तै अन्य सहयोगको अपेक्षा गर्दै हार्दिक धन्यवाद दिन छाहान्छौं ।”