एकै दिन थपिए तीन सय ३४ संक्रमित
कोरोना संक्रमितको संख्या २६ सय ३४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएका जानकारी अनुसार ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगको छ।
पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या २९० जना पुगेको छ ।
आज थपिएकाहरुमा विराटनगर गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, भेरी अस्पतालको प्रयोगशालामा ४२ जना, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताएका छन्।
त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।
विहीबार कोरोना भाइरस पोजेटिभ देखिएकाहरुमा मोरङका १ जना, झापाका ५ र खोटाङका ३ जना, पर्साका १ जना, सुनसरीका २, सप्तरीका १३ जना रहेका छन् ।
त्यस्तै बाराका ७, सिन्धुलीका १, रौतहटका १ जना, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४, स्याङ्जाका १ जनामा कोरोना संक्रमण भेटिएको छ।
त्यस्तै डोटीका ३ जना छन् ।
यसैगरी कपिलवस्तुका १७ जना, दाङका १५ जना, दैलेखका १ सय १३ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ५, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, र सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ।