दैलेखमा थपिए १०६ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा दैलेखमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये नारायण नगरपालिकाका मात्रै ६९ जना छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरमा अनुसार संक्रमितमध्ये देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेका छन् ।
त्यस्तै मुगुको खत्याडका एक पुरुषको पीसीआरको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।