जसपामा तीन अध्यक्ष

काठमाडौं । संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी ९जसपा०मा तीन जना अध्यक्ष रहने भएका छन् ।
वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति गरेका नेताहरुबीच नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ताका लागि आयोगले दिएको समयसीमा अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको हो । सहमतिअनुसार पार्टीमा पहिलो वरियतामा रहने डा. बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका महन्थ ठाकुर र तेस्रो नम्बरमा उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने भएका छन् ।
त्यस्तै चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहने सहमति भएको छ ।
बाँकी सबैको नाम मात्र आयोगमा पठाइने सहमति भएपछि दल दर्ताका लागि बाटो खुलेको छ ।
राजनीतिक दल सम्बन्धी ऐनमा एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । राजपा र सपाले पार्टी एकताको सहमति गरेको शनिबार ४५ दिन पुगेको थियो, तर अन्तिम दिन शनिबार परेकाले आइतबार निवेदन दिने समय पाएका हुन ।