नेपालमा कोरोनाको भ्याक्सिन परीक्षणमा डब्जुएचओको चासो

नेपाल सरकारलाई वास्ता न पास्ता

काठमाण्डौ । विश्वव्यापि कोरोना भाईरसको खोप मकवानपुर जिल्लाको हेटौडा वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा प्राध्यापक डा.ललितकुमार दासले पत्तालगाई परीक्षणको पर्खाइमा रहनु भएको छ । उहाँले ७० दिनको नियमित परिश्रम पछि यो भ्याक्सिन पत्तालगाउनु भएको हो । भारतको वनारस हिन्दु विश्वविद्यालयबाट फाईटो केमेष्टीमा विद्यावारिधी प्राप्त गर्नु भएका दास विगत २२ वर्ष देखि खोज अनुसन्धान र अध्यापनमा संलग्न हुनुहुन्छ । उहाँ बागमती प्रदेशका केमिकल सोसाईटीका उपाध्यक्ष समेत हुनुहुन्छ ।
डा. दासले वनस्पति र जडिबुटिको प्रयोगबाट तयार भएको भ्याक्सिन परीक्षणको लागि तयार भएको बताउनु भएको छ । उहाँले आफ्नो लामो अध्ययन अनुसन्धानको अनुभवबाट यो भ्याक्सिन तयार गर्नु भएको हो । मैले विसुद्ध जडिवुटि र वनस्पतिको प्रयोगबाट निर्माण गरेको छु यसको मात्रा ९ँयचmगबि ० मसँग छ, यसको टेष्ट विना प्रयोग संम्भव छैन । परीक्षण पछि यसलाई वृहत रुपमा उत्पादन र प्रयोग बढाउने सोचमा छु । यसको परीक्षणमा सरकारले तदरुकता देखाउनु पर्छ ।
प्राध्यापक डा. दासलाई विश्व स्वास्थ्य संगठनले धन्यवाद दिदै उनको यो अथक प्रयासबाट तयार भएको खोपको छिटै परीक्षण हुनु पर्ने कुरामा जोड दिएको छ । उहाँलाई ध्ज्इ ले लामो सुझाव दिदै यसलाई परीक्षणमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । तर आफ्नै देशका बैज्ञानिकले लामो प्रयासबाट पत्तालगाएको भ्याक्सिन परीक्षणमा नेपाल सरकारले तदारुकता देखाएको छैन । यो हाम्रो लागि दुभाग्यको कुरा हो । यो हाम्रो लागि ठूलो अवसर हुनसक्छ यो अवसरबाट नेपालले ठूलो प्रतिफल पनि प्राप्त गर्न सक्छ । एकातिर यो सेवाको काम पनि हो भने अर्कोतिर यसको निर्यातिकरणबाट नेपालको आर्थिक स्थिति पनि मजभुत बन्न सक्छ ।
सरकार ! यसलाई ध्यान दिईयोस् । यसको निमार्ण गरी निर्यात गर्दा कसैलाई कमिसन नमिल्ने स्थिति हुन सक्छ । त्यसैले यसलाई महत्व नदिएको हो की भन्ने आम नेपालीको बुझाई हुदै गईरहेको छ । अन्य देशले निमार्ण गरी आयात गर्दा कमिसनको कमाई हुने तर नेपालबाट निर्यात गर्दा यो अवसरबाट बञ्चित हुनु पर्ने हुँदा यसको वेवास्ता हुन गएको बुझाई बढ्न थालेको पाईन्छ । यसलाई सकरात्मक रुपमा ग्रहण गरी नेपाललाई विश्वमान चित्रमा चिनाउने अवसर प्रदान गरौं । डा. ललितकुमार दासलाई सहयोग गरौं, हौसला प्रदान गरौं ।