पूर्वमन्त्री विष्टले पठाएका स्वास्थ सामाग्री वितरण
गुल्मी । गुल्मीमा रहेका विभिन्न स्थानीयततह तथा अन्य संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नं २ का सांसद गोर्कण बिष्टको पहलमा मंगलबार गुल्मीका सबै स्थानीय तथा अन्य संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पूर्व मन्त्री बिष्टले पठाएका स्वास्थ्य सामग्री जिल्लाका सबै स्थानीयतह, स्वास्थ्य कार्यालय गुल्मी, जिल्ला अस्पताल, नेपाल पत्रकार महासंघ गुल्मी लगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जनप्रतिनिधीहरुको सहयोग र सद्भाव आफुहरुले यो बिपद्मा पाइराखेको बताए । प्रजिअ शर्माले कोभिड–१९ को विपत्तिको यस समयमा पटक–पटक स्वास्थ्य सामग्री पठाएर ठुलो सहयोग पु¥र्याएको भन्दै पूर्व मन्त्री विष्टलाई धन्यवाद् समेत ज्ञापन गरे ।
गत चैत्र तेस्रो साता पनि सांसद बिष्टले स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद पठाएको नेकपाका नेता गणेश श्रीपालीले बताए ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले विपत्तिको यस समयमा पूर्व मन्त्री बिष्टले जिल्लालाई पु¥र्याएको सहयोगले आफुहरुलाई थप हौसला मिलेको बताए ।
पूर्व मन्त्री विष्टको पहलमा कटन माक्स १ हजार ५ सय पिस, एम, डब्लु माक्स ५ हजार पिस, पञ्जा ५ हजार जोडी, के.एन ९५ माक्स १ सय ५० पिस, थर्मल गन ७२ पिस, पिपिई ३५ सेट, स्यानिटाइजर ५ सय एम.एलका १४ पिस, स्यानिटाइजर स्ट्याण्ड १४ थान वितरण गरिएको थियो ।