बन्दाबन्दी सरकारको निर्देशनः नागरिकबाट बढ्दै गएको अवज्ञा
काठमाडौं । नेपाल सरकारले विश्वको माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगाउन गत चैत ११ देखि बन्दाबन्दी शुरु गरेको थियो ।
शुरुमा संक्रमित नभेटिदै बन्दाबन्दी शुरु गरियो यसले आम नागरिकको आय आर्जनमा ताला लगाईदियो । जब संक्रमितको संख्या देखिन थाल्यो बन्दाबन्दी कमजोर हुदै गयो । लगभग आजका दिनमा बन्दाबन्दीलाई पूर्णतः अवज्ञा गरेको महशुुस भैरहेको छ ।
सरकारी निर्देशन कानून हो । निर्देशन दिने र पालना गराउने जिम्मेवारी निरपेक्ष रुपमा सरकार कै हो । तर हिजो आजको परिस्थितिले यसको खिल्ली उडाएको अनुभूति गराउन थालेको छ । बन्दाबन्दी कै समयमा सरकारबाट भएका भनिएका विभिन्न कृयाकलापले सरकारको ओज घटेको देखिन्छ । नागरिक बन्दाबन्दीमा बस्ने सरकार विभिन्न नकराम्मक कार्यको हर्कत गर्दै गएको सुनिनुले पनि नागरिकमा अवज्ञाको सोच विकास भएको हुनसक्छ । यसै समयमा सरकारले गरेका कृयाकलाप नागरिकलाई दिएको निर्देशनबाट नागरिकमा निराशा छाएको पनि हुनसक्छ ।
आपत विपतमा चाहिने सरकार आपत विपत मै ऋण उठाउने साहु जस्तो बनिदिनुले नागरिकमा अविभावक विहिनता छाएको परिकल्पना गर्न सकिन्छ । आज काठमाण्डौको मूख्य सहरको जाम देख्दा गत फागुनको भन्दा कमि जस्तो लाग्दैनथ्यो । सुरक्षा निकायले रोक्ने प्रयास गरेता पनि उनीहरु माथि नै आक्रोस पोखिरहेका देखिन्थे । वास्तवमा मर्ने रहर त कसलाई पो हुन्छर तर वाद्यताले मानिस वाहिर निस्किएको छ । यि सबै रहरले घुम्न वाहिर निस्किएका होइनन् । पेट, घरभाडा, पसल गर्नेको पसल भाडाले मानिसलाई झकझक्याई रहेको छ । यसको जो गर्ने खोजिमा मानिस लागिपरेको छ । कोठामा खाने चामल छैन, घरधनीले भाडा माग्न आँउछ, पसल खोलेकै छैन घरधनी भाडा माग्न आउछ ।
भोकले के खाउँ भन्न थालिसक्यो, रोगको डर भन्दापनि भोकको समस्याले बन्दाबन्दी अवज्ञा भएको हुनसक्ने अनुमान सबैको छ । यो मामिलामा सरकारको उपस्थिति कम देखिन्छ । यसलाई सम्बोधन नगर्ने हो भने सरकार ! बन्दाबन्दी खुल्यो आफ्नो दैनिकि गरेर जीविको पार्जन गर भन्नु प¥यो आम नागरिकलाई हैन भने आमनागरिकको जीवन सरकारको हातमा छ । सरकारले आफ्ना नागरिकलाई बचाउने कि वास्ता नै नगरि छोडिदिने । सरकारले यसलाई तुरुन्छ सम्बोधन गर्न जरुरी देखिन्छ ।