वविता फर्मा तम्घास गुल्मीले स्वास्थ्य सामग्री हस्तान्तरण
गुल्मी । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, वविता फर्मा तम्घास गुल्मीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आखाँ उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको वविता फर्माले गुल्मी अस्पताललाई ५० थान के.एन नाइन्टी फाइब माक्स, १५ थान स्यानिटाइजर सहयोग प्रदान गरेको हो ।
त्यसैगरी जिल्ला आखाँ उपचार केन्द्रलाई १० थान के.एन नाइन्टी फाइब माक्स र ५ थान स्यानिटाइन औषधी व्यवसायी संघ गुल्मीका अध्यक्ष महेशकुमार श्रेष्ठ र वविता फर्माकी प्रोपाइट पार्वता थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
विपत्तिको सय समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गुल्मी अस्पतालका मेसु डा.उत्तम पच्या र आखाँ उपचार केन्द्र तम्घासका प्रमुख सुर्य बहादुर बस्नेतले धन्यवाद् ज्ञापन गरे ।