दक्षिणकाली मन्दिरमा बन्दाबन्दीको प्रभाव : सबैतिर सुनसान

काठमाण्डौ । माता दक्षिणकालीमा पुजारीको नियमित पूजा बाहेक भक्तजनको उपस्थिति छैन । नियमित पूजा भैरहेको छ कहिले काँही नजिकैका भक्तजन दर्शन गर्न आउनु हुन्छ । देशमा यत्रो माहामारी छ यो माहामारी चाँडै अन्त होस् भनेर माता दक्षिणकालीसँग पूजा अर्चना गरेको छु प्रार्थना गरेको छु भन्नु हुन्छ पुजारी प्रकाशमान कर्माचार्य ।


आफ्नो मनोकामना पुरा हुने विश्वासले नेपालभरका भक्तजनको दर्शन गर्ने भिडभाड हुन्थ्यो तर अहिले सरकारले लोकललाई पनि उपस्थिति हुन रोक्ने निर्णय गरेपछि दर्शन गर्न कोही आउनु भैरहेको छैन ।


बलि दिनेकाम पनि बन्दाबन्दी भएदेखि ठप्प छ । माथि पसल सबै बन्द छन् । याहाँका ज्योगि सन्यासीलाई विहान बेलुका खाना दिइरहेका छौ, कुकुर, परेवा काग याहाँ धेरै छन् । कुकुरका लागि बिहान खान पकाएर दिन्छौ, केहि दिन देखि पाउरोटी कम्पनीहरुले बासी पाउरोटी ल्याएर खुवाईरहनु भएको छ । परेवा र कागका लागि मकै गहुँ, चामल किनेर ल्याएका छौ समय समयमा त्यहि दिन्छौ ।


यति लामो इतिहाँस बोकेको माताको मन्दिरमा आज सुनसान छाउदा म आफैलाई अचम्म लागिरहेको छ । पहिला पहिला पनि विभिन्न रोगहरु भित्रिदा देवीहरुको पुजाअर्चना गर्दा ठीक हुन्छ भन्ने सुनेका हौ । आज कोरोना चाँडै ठीक होस् नेपालमा शान्ति छाओस् , सबै नेपालीमा सद्बुद्धि पलाओस् विश्व नै शान्तिमय बनोस् भनेर मातासँग प्रार्थना गरिरहेको छु । यो चाँडै ठीक हुन्छ । दक्षिणकाली माताको ठूलो शत्ति छ । शरीर उपस्थित गराएर दर्शन गर्न नसके पनि मन मनै दर्शन गरौं माताले बुझ्नु हुन्छ, माताले आशिर्वाद दिनुहुन्छ भनेर पुजारी प्रकाशमान कर्माचार्य भनीरहनु भएको छ ।