कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

संक्रमितको संख्या ५ हजार ३ सय ३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तव २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वाथ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३६ महिला र २४७ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन्।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।
प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। प्रवक्ता गौतमले दिएको जानकारी अनुसार वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिपोर्टमा कोरोना पोजिटिभ आएको हो ।
२ जना थप भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।