तीनकरोड नेपालीको आवाज सम्वोधन

टिप्पणी


काठमाण्डौ । सँधै पक्ष र विपक्षमा बहस गरिरहने प्रतिनिधिसभा आज नेपालको भूमि समेटिने संविधान संसोधनको एउटै पक्षमा उभियो । यसले आम नेपालीको आवाजलाई वुलंद ग¥यो । देशको सीमा समेट्दै निशान छापमा समावेश गर्न गरिएको संसोधन प्रश्तावको पक्षमा बैठकमा उपस्थित २५८ जना सांसदको सर्वसम्मतिबाट पारित गरियो । यो संविधान संसोधनको प्रश्ताव दुईतिहाई भन्दा बढि मतबाट पारित भएको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिए । नयाँ नक्सा अनुुसार निशान छाप परिवर्तन गर्न जेठ ९ गते संसद सचिवालयमा संविधान संसोधन विधेयक दर्ता भएको थियो । सबै राजनीतिक दलका सभासद्हरुले सर्व सम्बत पारित गरे । यो ऐतिहाँसिक कार्यको अनुभूति भावि पुस्ताले समेत गर्न पाउने वातावरणको सृजना भयो ।
विगत लामो समय देखि नेपाल भारतबीचको विवादको रुपमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीले आजको दिनमा आएर न्याय पायो । आम नेपाली नागरिकलाई उच्चो शिर राख्ने अवसर प्राप्त भयो । अन्य समयमा विविध विषयमा छलफल भएतापनि आज नेपालको प्रतिनिधिसभा एक भएको छ । यो नेपाल र नेपालीका लागि खुशिको कुरा हो । सँधै सरकार र नेताको विरोधमा मात्र आवाज उठाउनेका लागि यो दह्रो जवाफ बन्यो । यसले अवका दिनमा देशको आर्थिक सामाजिक परिवर्तनको पक्षमा सबै राजनीतिक दलहरु एक हुन सक्ने स्थितिको शुरुवात भएको संकेत गर्दछ ।
भारत सरकारको असहमति रहँदा रहँदै पनि नेपाल सरकारले देशको सन्दर्भमा ऐतिहाँसिक कदम उठायो यो कदमलाई सबै नेपाली नागरिकले शाहसी कदम मानेका छन् । यसै गरि राष्ट्रको पक्षमा एउटै मत बन्दै जाँदा ग्रेटर नेपालको सपना पनि पुरा नहोला भन्न सकिन्न । कोभिड–१९ ले भन्दापनि भूमि विवादले त्रसित बनाईरहेको अवस्थामा नेपालले सुरक्षित अवतरण गर्न सफल भएको छ । यो नक्सा पारित सँगै नेपालको क्षेत्रफल १४७१८१ वर्ग कि.मि बाट हाल १४७५१६ वर्ग कि.मि हुन पुगेको छ ।