सरकारी कार्यालय खुलेसँगै संक्रमित बढ्ने आशंका

काठमाण्डौ । सरकारले कोभिड–१९ को संक्रमण रोक्ने अभिप्रायले गत चैत्र ११ गतेदेखि लगाएको बन्दाबन्दी आजबाट धेरै खुकुलो बनाएको जनाएको छ । आम नागरिकको जीवनयापनमा पर्न गएको कठिनाईलाई ध्यान दिदै सामाजिक दुरीको पावन्दीकायम राख्दै केही खुकुलो बनाएको हो । यसले आर्थिक कृयाकलाप सञ्चालन गर्न र मानिसको दैनिक व्यवहारलाई सहजीकरण गर्नेछ । सामान्य जीवनस्तर सञ्चालन गर्न सहज होस् भनेर यो प्रणाली अपनाएका हौ यसलाई बुझिदिन गृह मन्त्रालयले अपिल समेत गरेको छ ।
लामो समयदेखि थाति रहेका प्रशासनिक काम तथा समय मै गर्नुपर्ने काम गर्न यो प्रणाली अपनाइएको पाईन्छ । तर हवाई मार्ग भने असार २१ गतेसम्म बन्द हुनेछ । लगभग तीन महिनाको हाराहारीमा भएको बन्दाबन्दीले सागुरिन पुगेको चिन्तन अव खुल्यो भन्नासाथ बजारमा भिडभाड देखिन थालेको छ । विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन अनुुसार भिडभाहमा नजाने, सामाजिक दुरी कायम राख्ने, पि.पि.इ लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने लगायतका छन । यो बन्दाबन्दीको खुकुलोपन यिनै निर्देशनलाई पालना गर्दै जीवन धान्न गर्नु पर्ने अत्यावश्वय काम गर्नका लागि दिएको सुविधा हो तर पहिलो दिनमा नै विभिन्न निकायमा देखिएको भिडभाडले विश्व स्वास्थ्य संगठनको निर्देशनलाई अवज्ञा गरेको जस्तो देखिन्छ ।
विशेषतः नेपालमा तिब्रतर दरमा बढेको संक्रमणले त्रास फैलाईरहे कै स्थितिमा भै रहेको बन्दाबन्दी धेरै खुकुलो बनाउनु संक्रमणलाई थप प्रशय दिनु सरह भएको देखिन्छ । आज विहान कै दृष्यले संक्रमणलाई स्वागत पो गरेको हो जस्तो देखिन्थ्यो । यसको समस्या व्यक्ति आफैका निर्भर हुने र यसलाई तोकिएको मापदण्ड पुरा गर्दा व्यक्ति परिवार र समाज सबैको हित हुने देखिन्छ । स्वतन्त्र रुपमा हिड्न पाउनु अधिकार होला तर यसका लागि आफ्नो कर्तव्यलाई पनि ख्याल गर्न जरुरी छ । सरकारले सावाधानी अपनाएर काम गरिने जनाए पनि भिडभाड निक्कै छ व्यवस्थापन गर्न कठिनाई भैरहेको सिंहदरवार गेटमा खटिएका सुरक्षा कमीले जनाए । यो अवस्थालाई मध्येनजर गर्दा संक्रमणले भयावह स्थिति सृजना हुन गई पून बन्दाबन्दी अवलम्बन गर्नु पर्ने समय आउन सक्ने देखाउँछ ।