नेपालमा एकै दिन थपिए ६ सय ७१ जना संक्रमित, मृत्यु हुनेको संख्या २२ पुग्यो
संक्रमितको संख्या ७ हजार ८ सय ४८ / डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर गरिएको परीक्षणमा ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ जना पुगेको छ। जसमा १ हजार ७२ पुरुष ११४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेकोे संख्या २२ जना पुगेको छ ।
उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ६ सय ७१ जना कोरोना भाइरसको संक्रमित मध्ये काठमाडौं उपत्यकाका ६ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिएको परीक्षणमा झापाका २ जना र मोरङका २ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाममा ४२, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुराका ८४ जना कैलालीका २१ जना कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, बैतडीका २५ जना, नुवाकोटका २ जना, रौतहटका ३४, रुपन्देहीका ३ जना, सर्लाहीका ३, ललितपुरका १, नवलपरासीका १ र महोत्तरी १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
त्यस्तै टेकु अस्पतालको प्रयोगशालामा सिन्धुलीका १ जना महिला समेत संक्रमित भएकी छन् भने भरतपुर अस्तपालको प्रयोगशालामा पर्वतका ५ जना चितवन र नवलपरासी पूर्वका १÷१ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १ जना, पूर्वी नवलपरासीका ३० जना, स्याङ्जाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ र गोर्खाका ११ जना संक्रमित भएका छन्।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्तमीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना, रुपन्देहीका ७ जना, रोल्पा र नवलपरासीका १ जना छन्। यस्तै सोही प्रयोगशालामा अर्घाखाँचीका ९७ जनामा समेत कोरोना संक्रमण भएको पाइएको छ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ जना बर्दियाका ३ जना, कैलालीका र दैलेखका १÷१ जनामा समेत कोरोना संक्रमण पाइएको छ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ४ जना समेत कोरोना संक्रमित पाइएका छन् भने सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ८६ जना र सुर्खेतका ३४ जना कोरोना संक्रमित पाइएका छन्।
त्यस्तै सेती अस्पतालको प्रयोगशालामा अछामका २ जना, बझाङका २ जना, कपिलवस्तुका २ जना, कैलालीका २० जना, र डोटीका ५ जनामा समेत कोरोना संक्रमित पाइएका छन्।
आज थपिएका मध्ये ८० जना महिला हुन् भने ५ सय ९१ जना पुरुष हुन्।
हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।