रक्तदान कार्यक्रम सम्पन्न

वुटवल । लामो समय लकडाउन तथा कोरोनाको बढ्दो संक्रमणमा जुनसुकै विरामीलाई रगतको अभाव नहोस भन्ने उद्धेश्यले हाम्रो सामाजिक सञ्जाल समूह ‘सुनौला सहयोगी हातहरु’को बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्यहाँ २७ पोइन्ट रगत संकलन भएको बताइएको छ । रक्तदान कार्यक्रमको उटघटन बयस्कर रानाले रक्तदातालाई ब्लड व्याग दिएर सुरु गरिएको थियो ।
रेडक्रस भवन नेपालगन्जरोड बुटवलमा असार ३ गते आयोजित रक्तदान कार्यक्रमको संयोजकत्व बयस्कर राना मगरले गरेका थिए भने महालक्ष्मी डेण्टल केयरले प्रायोजन गरेको थियो ।