कोरोना पुष्टि हुनेको संख्या ९ हजार नाघ्यो

४ सय २१ संक्रमित थपिए,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यीमध्ये ६४ जना महिला हुन् भने ३ सय५७ जना पुरुष हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २९ पुगेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १ सय ९४ जना डिस्चार्ज भएका छन्। जसमध्ये ८ महिला र १ सय ८६ जना पुरुष छन् ।
योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ।

आज कोरोना पुष्टिभएकाहरुमा कोशी अस्तपालको प्रयोगशालामा झापाका ६ जना र उदयपुरका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना र सुनसरीका पनि २ जना रहेका छन् ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै नारायणी अस्पतालमा बाराका तीन जनामा कोरोना संक्रमण पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अर्घाखाँचीका १६, डडेल्धुराका १४, डोटीका १६, गुल्मीका ५, कैलालीका ३, कपिलवस्तुका ११, नवलपरासी पश्चिमका २१, नुवाकोटका १, प्यूठानका २०, रामेछापका १, रुपन्देहीका १, सर्लाहीका ५, सिराहका ५२ जनामा कोरोना संक्रमण पाइएको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा ललितपुरका १ र पाल्पाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रयोगशाला परीक्षणमा बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका ४, पर्वतका २ र तनहुँका ५ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ९ जना, गुल्मीका २, कपिलवस्तुका १४ र नवलपरासी पश्चिमका १ जना, पाल्पाका २ र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १, बर्दियाका ३ र रोल्पाका पनि ३ जनामा कोरोना संक्रमण पाइएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका १० र रोल्पाका १ जना संक्रमित भेटिए।
आइतबार नै सुर्खेत प्रादेशिक प्रयोगशालामा दैलेखका १ जना, सल्यानका ६ जना र सुर्खेतका २ जनामा संक्रमण पाइएका छ भने सेती प्रादेशिक अस्तपालमा अछामका २, बैतडीका २, बझाङका २, डडेल्धुराका २७, डोटीका ११, कैलालीका २४ र कञ्चनपुरका १ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको प्रवक्ता गौतमले जानकारी दिएकाा छन् ।