गुल्मीका अर्का एक कोरोना संक्रमितको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो
काठमाडौं । गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
असार ५ गते घरमै मृत्यु भएका उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
जेठ २५ गते भारतमा उपचार गराएर नेपाल फर्किएका उनी प्यारालाइसिसका बिरामी थिए ।
असार ६ गते नेपाली सेनाको टोलीले उनको शवको अन्तिम संस्कार गरेको बताइएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ। यसअघि पनि गुल्मीमा नै २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।