नगरको विकासमा नागरिकको भूमिका अहम् हुन्छ
सप्तकाजी बुद्धाचार्य, समाजसेवी एवं पूर्वनगर प्रमुख, पनौती नगरपालिका काभ्रे
हरेक स्थानीय तहले आफ्नै महत्व र परिचय बोकेको हुन्छ । पनौति नगरपालिका धार्मिक पर्यटनमा राम्रो संभावना बोकेको नगरपालिका हो । धार्मिक पर्यटन र कृषिले आर्थिक क्षेत्रका लागि राम्रो योगदान पु¥याउने देखेको छु । हामी सबै नगरवासीको सहकार्यले नै यस क्षेत्रको समृद्धि सम्भव छ हामी सबै लाग्नु पर्छ । पनौति नगरपालिका गठन भएपछिको पहिलो नगर प्रमुख सप्तकाजी बुद्धाचार्यसँग रेसुङ्गा टुडे साप्ताहिककर्मी केशव आचार्यले गरेको कुराकानी ।
तपाई पनौती नगरपालिका गठन भएको समयको पहिलो नगर प्रमुख । आज पनि आम नगरवासीले तपाईलाई सम्मान गर्नुहुन्छ । यसमा कस्तो अनुभूति भैरहेको छ ?
वि.सं २०५३ सालमा सरकारले नगरपालिका घोषणा गरेपछिको चुनावमा म मेयर बनें । त्यो भन्दा पहिला पनि पनौती गा.वि.स हुँदा अध्यक्ष पनि भएको थिएं । विशिष्ट धार्मिक साँस्कृति इतिहाँस बोकेको नगरपालिका भएकोले त्यस्ता सम्पदाहरुको संरक्षणमा निरन्तर लागें । आज पनि सबै नगर वासीले चिन्नु हुन्छ । खुशि लाग्छ । तर मैले गर्छु भनेको जति काम चाहि गर्न सकिन, नागरिकका अपेक्षा धेरै थिए ।
पनौती नगरपालिका धार्मिक इतिहास बोकेको नगरपालिका हो यो सबैलाई विविधै छ । तत्कालिन समयमा यस नगरपालिकाको नाम पनौती नै किन राखियो ?
पहिलेदेखि पनौती क्षेत्र धार्मिक रुपले पहिचान बोकेको क्षेत्र हो । पछि ६ वटा गा.वि.स मिलाएर नगरपालिका घोषणा गर्दा सबै गा.वि.सका प्रतिनिधिहरुले यहि नाममा सहमति जनाउनु भयो ।
तपाई नगरप्रमुख हुँदाको समय र अहिलेको समयमा आर्थिक सामाजिक रुपान्तरणमा कत्तिको अन्तर देख्नु हुन्छ ?
अन्तर त पक्कै छ । त्यो समयमा नगरवासीका अपेक्षा पनि कम थिए । पूर्वाधार विकास धेरै गर्नु पर्ने थियो । नागरिकमा हामीले पनि गनुपर्छ भन्ने भावना थियो । तर अहिले पूर्वाधार विकास शिक्षा स्वास्थ्यमा राम्रो भएको छ बाटो घाटो राम्रा छन । नागरिकमा अपनत्वको वोध चाहि अलि कमि भएको जस्तो लाग्छ ।
तत्कालिन समयमा चुनौतिहरुको सामना कत्तिको गनुप¥यो ?
पहिलो नगरपालिकाको मेयर भएकोले नगरवासीका अपेक्षा पुरा गर्ने क्रममा चुनौतिको सामना त धेरै गर्नुप¥यो तर सबै चुनौति विकाससँग नै सम्बन्धित थिए । शुन्यबाट शुरु गरिएको नगरपालिका भएकोले आर्थिक रुपमा कठिनाई थियो नै तर पनि कृषिमा विकास गर्नको लागि सिंचाइ आयोजना निर्माण गुरु योजना बनाइयो । समृद्ध पनौती बनाउन नारा नै लिएर हिडियो । सबै वडामा स्वास्थ्य चौकी थिएन, स्कूलको पहुचमा सहजीकरण गर्नु पर्ने थियो । लाग्दा लाग्दै समय वित्यो । योजना सबै पुरा गर्न सकिएन त्यस पछि स्थानीय प्रतिनिधि चुन्ने परम्परा हट्यो एकै चाटी वि.सं २०७४ सालमा स्थानीय जनप्रतिनिधि चुनिए ।
यहाँको कार्यकालमा सम्पन्न गर्नु भएको कुनै राम्रा कार्यहरु याद छ ? बताइ दिनुुस् न ।
सामुदायिक स्कूलका गरीब तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृति वितरण ग¥यौ । कृषि उत्थानका लागि नहर बनाउने काम शुरु ग¥यौ । कला, संस्कृति सम्बन्धि, शिक्षा विज्ञ झिकाएर यसको महत्व आम नगरवासीमा पु¥याउने काम गरिएको थियो । प्रत्येक वडामा एक एक प्राथामिक स्वास्थ्य चौकी स्थापना ग¥यौ ।
पहिले र अहिलेको सोचमा परिवर्तन भएको पाइन थाल्यो भनिन्छ । आम नागरिकमा पहिले आफ्नो ठाउँको काम हामी सबैले गनुपर्छ भन्ने थियो तर अहिले भोट दिएर जिताएका प्रतिनिधिले गर्नु पर्छ भन्ने सोचको विकास भएको हो ? तपाईलाई के लाग्छ ।
त्यसै भएको जस्तो त लाग्दैन तर भएको भए हुनु राम्रो हाईन । सायद यो देखासेखीले सृजना गरेको परिणाम हुन सक्छ ।
लगभग सात दशक विताइसक्नु भएको अनुभवी हुनुहुन्छ । भाषा संस्कृतिको बारेमा यहाँलाई राम्रो ज्ञान छ । हिजोको संस्कार र आजको संस्कारमा के फरक पाउनु भएको छ ?
फरक त छ । एउटा देखावटी परम्पराले स्थान लियो, भने अर्को समय र सचेचताको कमि हो जस्तो लाग्छ ।
पहिले र अहिलेको अवस्थामा अहिले भ्रष्टचारको विषय बढि सुनिन्छ । के तपाइलाई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्छन नै जस्तो लाग्छ ?
गर्छन नै जस्तो त लाग्दैन तर त्यस्तो पाइएका कारबाहीको भागिदार चाहि बनाउनु पर्छ । कारबाही गर्नु पर्छ जसले आम नागरिकलाई कानूनी राज्यको अनुभूति दिन्छ ।
हजुर अनुभवी हुनुहुन्छ । अहिले हामीले हाम्रो धर्म संस्कृतिलाई अलि व्यवास्ता गरेको हो ?
व्यवास्तै गरेको हो भन्न त सक्दिन तर देखासिखिमा केही कमि चाहि आएको जस्तो लाग्छ । यस सम्बन्धि शिक्षालाई पनि जोड दिनु पर्छ जस्तो लाग्छ ।
आज बृद्धबृद्धाको समस्या छिटपुट रुपमा सुनिन्छ । घरबाट निकालिएको बृद्धा आश्रममा बस्नुपरेको आदि । किन यस्तो भएको जस्तो लाग्छ ?
यो सुन्दा नरमाईलो लाग्छ । यसमा समझदारी जरुरी छ । बृद्धबृद्धाले पनि अहिलेको समयलाई मध्येनजर गरेर व्यवहार गर्ने र अरु परिवारका सदस्यले पनि बढि आधुनिक नभई व्यवहार गर्दा त्यस्तो समस्या आउछ जस्तो लाग्दैन । परिवारका सदस्यले बुढाबुढी भएपछि यस्तै हो भन्ने बुझिदिने र बुढाबुढीले पनि समय अनुुसार चलुन यस्तै हो भन्ने सोचिदिए यो समस्या नै होइन ।
त्यसो भए बृद्धाश्रम आवश्यक छैन ?
बृद्धबृद्धा जमघट हुने भेटघाट हुने दःुख सुख साटासाट हुने बाटोबाट हेर्दा आवश्यक छ तर अपहेलित बृद्धबृद्धालाई राख्न कै लागि बृद्धाश्रम आवश्यक छैन । हपहेलित बन्न दिनु हुदैन ।
वर्तमान कोभिड–१९ को माहामारी यहाँलाई अवगत नै छ । यो कसरी फैलनबाट रोक्न सकिएला जस्तो लाग्छ ?
आम नागरिक सरकार सबै क्रियाशिल हुनु पर्छ । आ–आफ्नो भूमिका निभाउनु पर्छ । टेष्टलाई तिब्रता दिनुपर्छ, सामाजिक दुरी कायम राख्दै क्यारेन्टाइनलाई व्यवस्थित गर्नु पर्छ । नगरपालिकाले पनि बाहिरबाट आउनेलाई व्यवस्थापन गर्नु पर्छ । माहामारी नियन्त्रण नभएसम्म हामी सबैले हासियारी अपनाउनु पर्छ ।
अवका दिनमा स्थानीय सरकार कस्तो भईदिए हुन्थ्यो जस्तो लाग्छ ?
स्थानीय स्रोतसाधनको उपयोग गरि रोजगारीको सृजना गरोस् । स्थानीय स्तरमा रहेका संम्भावनालाई पहिचान गरि परिचालन गरोस् । आम नागरिकका अपेक्षालाई प्राथामिकिकरण गरि पुरा गर्दै जाओस् । तीन तहका सरकार छन, सबैले आफ्नो भूमिकालाई नबिर्सि दिए, प्राकृतिक सम्पदाको संरक्षण गरि भावि पुस्तालाई समेत जोगाइदिए हुन्थ्यो जस्तो लाग्छ ।
अन्तमा हजुरलाई भन्न मन लागेको केही छ ?
हामीले इतिहाँस विर्सनु हुदैन । सार्वजनिक सम्पदा, सार्वजनिक जग्गा जमिनको संरक्षण गरौं । कसैले पनि लिनु हुदैन, अतिक्रमण गर्नु हुदैन यो सबैको हो भन्ने बुझौं । माहामारी बाट हामी सबै सचेत हौं भन्न चाहन्छु ।