जनताले अनुभूति गर्न लायक काम हामीले गरिरहेका छौं

- मोहन बस्नेत, नगरप्रमुख, दक्षिणकाली नगरपालिका

देशको प्रशासनिक संरचनमा स्थानीय तह नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्न पाउने निकाय हो । यसले सरकारलाई आम नागरिकको घर घरमा सरकार पु¥याउने काम गरेको छ । सरकारको सेवा सुविधा नागरिक कै घर दैलोमा पुगेर उपलब्ध गराउने काम हामी जनप्रतिनिधिहरुको हो । आम नगरवासीको इमान र जमान पूरा गर्दै विश्वासको वातावरण सृजना गर्दा आर्थिक सामाजिक विकासले गति लिन्छ । स्थानीय स्तरमा अवस्थित प्राकृतिक, साँस्कृतिक, ऐतिहाँसिक महत्व आम नगरवासीमा उजागर गर्दै प्रचार प्रसार मार्फत सामाजिक सौन्दर्यता र आर्थिक स्रोत निर्माण गर्न सकिने बताउँछन्, नगरप्रमुख बस्नेत । दक्षिणकाली नगरपालिकाको समग्र वस्तुस्थितिको बारेमा नगर प्रमूख बस्नेतसँग रेसुङ्गा टुडेका साप्ताहिकका लागि केशव आचार्यले गरेको कुराकानी :
यहाँहरुले आम नागरिकको जिम्मेवारी पाएको लगभग तीन वर्ष पुरा भैसक्यो । आजका दिनमा आम नागरिकको जिम्मेवारी बहन गरिरहँदा कस्तो अनुभूति भैरहेको छ ?

जनताबाट पहलो पटक नगरप्रमूखको रुपमा निर्वाचित हुन पाउँदा खुशि व्यक्त गर्न चाहन्छु । परिवर्तनलाई संस्थागत गर्ने क्रममा ठूलो परिवर्तित संरचनाबाट बनेको स्थानीय निकाय जसमा आम नगरवासीका इच्छा आकांक्षाहरु मुखरित हुनु नौलो होइन । सरकारको तीन तहको प्रशासनिक संरचना र २०७२ सालको संविधानको मर्म र भावनालाई पूरा गर्नु पर्ने जिम्मेवारी हामी सबैको हो । आम नागरिकको २० औं वर्ष देखिको निराशालाई चिर्दै बनेको यो संरचनामा जनप्रतिनिधिहरु त्यसै बसेका छैनन् है भन्ने जनविश्वास प्राप्त गरेका छौ । खुशि महशुस भैरहेको छ ।
दक्षिणकाली नगरपालिकाको भौगोलिक अवस्था वारे बताईदिनुुस् न ?
साक्षात शक्तिपिठ दक्षिणकाली माताको नामबाट यस नगरपालिकाको नाम दक्षिणकाली नगरपालिका राखिएको हो । यस नगरपालिकाले ४२.६ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ भने साविकको ६ वटा गा.वि.स समेटेर ९वटा वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको प्रत्येक वडाले धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहाँसिक र पर्यटकीय महत्व बोकेको छ । यो नगरपालिका काठमाण्डौको धेरै सार्वजनिक जग्गा र वन जंगल रहेको नगरपालिकामा पर्दछ । वडा नं १ देखि वडा नं ९ सम्मै धार्मिक, सामाजिक ऐतिहाँसिक र पर्यटकीय महत्व बोकेको स्थानहरु छन् । हाल यिनको प्रचार प्रसारको हुन सकिरहेको छैन यहाँहरुले यसको महत्वलाई यहाँहरुको मिडिया मार्फत उजागर गरिदिनु हुन पनि अनुरोध गर्दछु । वडा नं १ मा प्रसिद्ध चम्पादेवीको मन्दिर छ यो सबैतिर देखिने डाडामा अवस्थित छ । यसलाई पर्यटकीय रुपमा विकास गर्न हामी लागि परेका छौ । वडा नं २ मा नेपाल कै पहिलो एसियाको दोस्रो जलविद्युत चन्द्रज्योति जलविद्युत गृह रहेको छ । यसलाई संग्राहलयको रुपमा विकास गरिएकाृे छ, यो संग्राहलय लगभग ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ । वडा नं ३ मा हात्तिवन रिसोर्ट,वडा नं ४ मा सानो जलविद्युत आयोजना र पिकनिक स्थल, वडा नं ५ मा शेष नारायण र रुम्बुच्छे गुरुको मुर्ति, वडा नं ६ मा दक्षिणकाली र वाणासुरको छोरीको दरवार,यो तेत्तिसकोटी देवी देवताले बसोबास गरेको ठाउँ, बडा नं ७ मा पञ्चली भैरव, हरिशेखरको जात्रा हुने ठाउँ वडा नं ८ कटुवाल दह र मच्छेन्द्रनाथसँग सम्वन्धित ऐतिहाँसिक स्थान, नासपाति व्लक, वडा नं ९ मा वाणाशुरको मन्दिर आदि छन् । हाम्रो नगरपालिका नै ऐतिहाँसिक, धार्मिक र साँस्कृतिक रुपमा सम्पन्न छ । यो आम नगरवासीको गौरवको विषय हो ।
तपाई नगर प्रमुख बन्नु भन्दा पहिले र अहिलेको वस्तुस्थितिमा कस्तो अन्तर पाउनु भएको छ ?
म नगर प्रमुख हुनु भन्दा पहिले नै दुई पटक गा.वि.स अध्यक्ष भएर काम गरे सायद त्यो समयको विश्वासले होला फेरी अवसर दिनु भो जिम्मेवारी दिनु भो उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । कुरा रह्यो दक्षिणकाली नगरपालिकाको वस्तु स्थिति, वातावरणीय हिसावले अत्यन्त मनोरम, काठमाण्डौबाट नजिकको प्रकृतिसँग रम्ने ठाउँ छ यस नगरपालिकामा, यहाँ पूर्वधार र प्राकृतिक स्रोत प्रशस्त छ यसलाई प्रचार प्रसार गरेर अगि बढ्नु जरुरी छ । वडा नं ९ पहिला अत्यन्त दुर्गम मानिन्थ्यो आज काठमाण्डौ–हेटौडा मार्गले यसलाई सुगम बनाएको छ । अहिले त काठमाण्डौ उपत्यकामा छिर्ने दुईवटा नाका यसै नगरपालिकामा पर्छ । वडा वडामा सडक, बत्ति, पानी, स्वास्थ शिक्षा जस्ता विषयमा विशेष ध्यान दिएर अगाडि बढिरहेका छौ, पहिला छुटेका योजनालाई पनि निरन्तरता दिएर गैरहेका छौ । पर्यटनको क्षेत्रलाई प्राथामिकता दिदै प्रचार–प्रसार लागि हामी सबै जनप्रतिनिधि खटिरहेका छौ । तपाईहरु जस्ता पत्रकार साथीहरुले पनि साँचो कुरालाई लेखिदिएर, आम नागरिकमा सत्य उजागर गरिदिनु भयो भने एक पटक आउने पर्यटकले सत्यता थाहा पाउनु हुन्छ । जसले दिगो निरन्तरता प्रदान गर्दछ । हाम्रो धर्म संस्कृति स्रोतसाधनको पहिचान गर्ने स्थानीय पाठ्यक्रमको विकास गरेका छौ । स्कूलमा वितरण गरेका छौ । आगामि पुस्ताले हाम्रो धर्म संस्कृति नविर्सुन भनेर, शिक्षामा विदेशीकरण नहोस भनेर स्थानीय पाठ्यक्रमको निर्माण गरेका हौ । पहिला र अहिलेको तुलना गर्ने हो भने अहिले धेरै परिवर्तन भएको छ । भनेको जति काम गर्न नसके पनि जनतालाई हामी त्यतिकै बसेका छैनौ है भन्ने अनुभूति भैरहेको छ । मूल्यांङ्कन त उहाँहरुले नै गर्ने हो ।
यस नगरपालिकाको नाम दक्षिणकाली नगरपालिका नै किन राख्नु भएको हो ?
साक्षात शक्तिपिठ दक्षिणकाली माताको मन्दिर एक प्राचिन मन्दिर यसै मन्दिरको नामबाट यो क्षेत्र नेपालभर परिचित छ । पर्यटन यसै विषयसँग बढी जोडिन्छ । चिरपरिचित नामले हामीसबैलाई ताजगी पन ल्याउछ । तसर्थ हामी सबैको छनौटमा यहि नाम प¥यो । सत्यले सत्यता कै बाटो देखाउने गर्दछ । हामीले यहि सत्य नामको छनौट ग¥र्यौ ।
दक्षिणकाली नगरपालिकालाई धार्मिक विषयसँग धेरै जोड्नु भो, यस्ता धार्मिक धरोहरहरुलाई पहिचान दिलाउन के काम गरिरहनु भएको छ ?
धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक महत्वलाई कायम राख्न ति क्षेत्र केन्द्रित बजेट विनियोजन गरिरहेका छौ । यस्ता धरोहरको संरक्षण, पून निमार्ण, व्यवस्थापन र प्रचार प्रसारमा हामी जनप्रतिनिधि एक भएर लागेका छौ । धार्मिक पदमार्गको परिकल्पना छ यसले दक्षिणकाली नगरपालिकाको विशेषतालाई संरक्षण गर्दछ ।
एसियाको दोस्रो नेपालको पहिलो जलविद्युत आयोजना (चन्द्रज्योति जलविद्युत) यसै नगरपालिकामा अवस्थित छ । यो नेपालको ऐहिाँसिक धरोहर हो, यसको संरक्षण र विकासलाई कसरी लिईरहनु भएको छ ?
यो राणाकालिन ऐतिहाँसिक जलविद्युत आयोजना हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर राणाले वि.सं १९६८ मा यस क्षेत्रमा स्थापना गरेको हुनाले यस जलविद्युत आयोजनालाई चन्द्रज्योति जलविद्युत आयोजना भनिएको हो । अहिले यसलाई जलविद्युत संग्राहलयको रुपमा विकास गरेका छौ । नेपालबाट मात्र होईन बाहिरी देशबाट पनि यसको अवलोकन भ्रमण गर्न आउनु हुन्छ । यसमा पोखरी र जलविद्युत पावर हाउस गरि दुईवटा क्षेत्र छन् । अत्यन्त रमणीय छ । पर्यटकीय हिसाबले अत्यधिक संम्भावना र पहिचान बोकेको छ ।
यहाँहरुको पाँच वर्षे कार्यकालमा तीन वर्ष त पूरा भईसकेको छ । यो तीन वर्षे दौडानमा आम नागरिकले अनुभूति गर्न लायक के के काम गर्नु भयो ?
तपाईले अत्यन्त महत्वपूर्ण प्रश्न राखिदिनु भो । हामीले यति गरियौं उति गरियौ भन्ने राजनीतिक संस्कार हावी भएको समयमा सबैले भन्ने गर्छन तर जनताले अनुभूति गर्न लायक काम हामीले गर्नु पर्छ । जनताले त्यति ठूलो अपेक्षा भन्दा पनि जनप्रतिनिधिहरु त्यतिकै बस्नु भएको छैन है भन्ने अनुभूति चाहि गरिरहनु भएको छ । हामी निरन्तर लागि परिरहेको उहाँहरुले देखि रहनु भएको छ । अनुभूति हुनु पर्छ । चिनी मुखमा राखिदिए त्यसको स्वादको अनुभूति थाहा हुन्छ । हामीले पूर्णत कानूनी कुरा र समाजमा अत्यावश्यक काममा प्रकृया पनि खोजेर बसेनौ जसले सामाजिक अस्तित्व बोकेको हुन्छ । अनुभूतिले आफ्नोपन जगाउछ यो काममा हामी यति ठूलो बन्दाबन्दीमा पनि लागिराख्यौ । राष्ट्रले नै घर घरबाट बाहिर ननिस्कनु भनीरहेको अवस्थामा बाहिरबाट आउनेलाई घर घरमा पु¥याउने काममा लागियौ । उपत्यका छिर्ने दुईवटा नाका यस नगरपालिकामा पर्छ नाकामा विशेष ध्यान दिएर उपत्यका बासिलाई जोगाउन, उपत्यकामा कोरोना छिर्नबाट रोक्न हामी लागिपरेका छौ ।
यस नगरपालिकाको शिक्षा र स्वास्थ्यको बारेमा छोटकरीमा बताईदिनुस् न ?
यस नगरपालिकामा १९ वटा सरकारी स्कूलहरु छन । सरकारी शिक्षालाई गुणस्तरीय बनाउने हाम्रो प्रयाश हो । व्यवस्थित शिक्षाको लागि ई हाजिरी, सि.सि क्यामेरा र अत्यावश्यक स्रोतसाधनको उपलब्धतालाई जोड देकाछौ । संस्कार सहितको शिक्षामालाई प्राथामिकता दिएका छौ । हाम्रो धर्म संस्कृति स्रोतसाधनको पहिचान गर्ने स्थानीय पाठ्यक्रमको विकास गरेका छौ । स्कूलमा वितरण गरेका छौ । आगामि पुस्ताले हाम्रो धर्म संस्कृति नविर्सुन भनेर, शिक्षामा विदेशीकरण नहोस भनेर स्थानीय पाठ्यक्रमको निर्माण गरेका हौ । सरकारी स्कूललाई निःशुल्क वितरण गरेका छौ । नगरलाई आगामी ५ वर्ष भित्र पूर्ण साक्षार नगर बनाउन लागिरहेका छौ । कृषि शिक्षा र प्राविधिक शिक्षालाई विशेष महत्व दिएर अगाडि बढेका छौ । स्वास्थ्यको सन्दर्भमा, सबै वडामा स्वास्थ्य चौकिहरु छन, निःशुल्क औषधीको व्यवस्था मिलाईरहेका छौ । नगर स्वास्थ्य केन्द्रलाई थप सक्रिय राखेका छौ यहिलेको माहामारीलाई ध्यान दिदै आवश्यक व्यवस्थापन गरिरहेका छौ । एउटा ब्लड बैंक स्थापनाको लागि पहल गरिरहेका छौ । हामीसँग २ वटा अस्पताल छ त्यसमा एउटा सामूदायिक र एउटा सरकारी । यि तयारी अवस्थामा छन्,स्वास्थ्यसँग सम्बन्धित सबै स्वास्थ्य कर्मीलाई निरन्तर खट्न आवहान गरेका छौ । उहाँहरु र हामी सबैको सक्रियताको कारण हालसम्म यो नगरपालिका कोरोना मुक्त छ ।


कृषि सम्बन्धि यहाँहरुको पहल कस्तो छ ?
कृषि उत्पादनमा निर्भर बनाउने प्रयासमा लागेर कृषकलाई धान, मकै लगायतका तरकारीका विउ वितरण गरेका छौ । कृषकलाई यो बन्दाबन्दीमा पनि आफ्नो खेतबारीसम्म जाने वातावरण बनायौं । उहाँहरु आफ्नो पेशामा खटिरहन पाउनु भयो । उत्पादनमूखि बजेटमालाई जोड दिदै घर घडेरीको विकासक्रमलाई रोक्ने पहलमा छौ । आवश्यकलाई प्लटिङ गर्ने तर वाँजो नराख्ने नीतिमा अडिग छौ । यसमा केहि नीतिगत अप्ठ्याराहरु पनि छन । दिएको नीतिमा रहेर हामीले काम गर्ने हो ।
वर्तमान माहामारी कोभिड–१९ ले विश्व नै आक्रान्त छ । यस परिस्थितिमा सरकारले बन्दाबन्दी गरेको छ । यसबाट सामान्य जीवनस्तर भएका मानिसहरु बढि पीडित छन, तिनको उदारको लागि के कस्तो राहतको प्याकेज दिनुभयो ?
हामीले दाल चामलको राहत भन्दापनि उत्पादनमूलक राहत वितरण गरियौ । सामान्य राहतको प्याकेज त बाँडियौ तर यसले प्रयाप्तता दिदैन भनेर कृषि तर्फ नागरिकको ध्यान मोड्न कृषि विउ विजन वितरण ग¥यौ । आफ्नो खेतवारीमा जाने वातावरण सृजना गरेर राहतको ध्यानलाई उत्पादनमा लगायौ जसले खुशि र स्वस्थता दुवै दिलायो । उत्पादनले नै हामीलाई सुरक्षित गर्छ भनेर आफ्नो लागि आफै उत्पादन गरौ भन्ने नारालाई जोडदियौ ।
हाल प्राय जसो सबै ठाउँमा नगरपालिकाका जनप्रतिनिधिहरु बीच स्थानीय तहको नीतिगत निर्णय गर्दा धेरै मतभेद पाईन्छ । जसले गर्दा विकास योजनाहरु सक्रिय रुपमा अगाडि बढ्न कठिनाई भएको पनि सुनिन्छ । यस नगरपालिकामा यस्तो अवस्था छ/छैन ?
हाम्रोमा छैन । तपाईको प्रश्न अहिलेको राष्ट्रिय समस्या नै हो । राम्रो भन्दापनि हाम्रोको संस्कार विकास भएकोले आफुभन्दा फरककोलाई विरोधै गनुपर्छ भन्ने संस्कृति बस्यौ । गाग्रोको पानीलाई फोहोर भन्ने होईन मूल कस्तो थियो भन्ने कुरालाई मध्येनजर गर्नु पर्छ । दलगत भावनालाई मात्र बोकेर हिड्नु राम्रो होईन, यसबाट हामी जनप्रतिनिधि माथि उठ्नु पर्छ । कामलाई ठूलो सानो भन्नु राम्रो होइन, मेलमिलापको रणनीति अवलम्वन गरेका छौ । काम हामी सबैले यहिको लागि गर्ने हो तसर्थ यो प्रश्नबाट हामी टाढा छौ ।
चुनावताका यहाँहरुले आम नगरवासीमा गर्नु भएको प्रतिवद्धता यो कार्यकालमा पुरा हुन्छन् ?
जनप्रतिनिधिहरुका लागि यो भन्दा कसिलो अरु प्रश्न हुन्छ जस्तो लाग्दैन । चुनावताका एउटा पार्टीको घोषणा पत्र र अर्को आफ्नै घोषणा पत्र प्रस्तुत ग¥यौ । डुँगा र माझि जस्तो, डुँगा केन्द्रिय घोषणा पत्र हो भने माझिले बनाएको घोषणा पत्र आफ्नो स्थानका लागि हो । सकरात्मक परिवर्तनको लागि हिडिराखेका छौ । सबैलाई आदर गर्ने सम्मान गर्ने संस्कार विकास भएको छ । प्रतिवद्धता पुरा गर्ने कोशिसमा छौ । धेरै कुराहरुको जग हालिएकोछ, कतिपय काम भै सकेका छन् कतिपय आवधिक योजना अन्तर्गत निरन्तर अगाडि वढिरहेका छन । यो ग¥यो त्यो ग¥यौ भन्दा पनि अनुभूति हुने काममा लागेर आम नागरिकबाट विश्वास जितिरहेका छौ । आवश्यक्ताको परिपूर्ति हुने गरी काम गर्छौ गरिरहेका छौ ।
अन्त्यमा यहाँको केही भन्नु छ ?
नगरको उन्नति हामी सबैको उन्नति हो,यसमा हातेमालो गरौं । अहिलेको परिस्थिति सहज छैन यसबाट सावधानी अपनाउन अनुरोध गर्दछु । म बाँचे परिवार बाँच्छ, परिवार बाँचे छिमेक र राष्ट्र नै बाँच्छ भन्ने सोच राखौ ।
व्यस्त समयका वावजुत हामीलाई समय दिनु भो यहाँलाई धेरै धन्यवाद !
दक्षिणकाली नगरपालिकालाई माया गरेर यहाँसम्म आइदिनु भो । मेरा बिचार राख्ने मौका पाएँ यहाँहरुलाई आभार प्रकट गर्न चाहन्छु ।