सरकारले घर जग्गा एकीकरण मार्फत स्थानीय तहलाई सबल बनाउन सक्छ
- कृष्णहरी थापा, प्रमुख कागेश्वरी मनोहरा नगरपालिका , काठमाडौं
आजका दिनमा यातायात र सञ्चारको चरम विकास भएको छ । अहिले सरकारले पनि यसै क्षेत्रलाई पहिलो प्राथमिकता दिईरहेको छ । हुन पनि हो भौतिक पूर्वाधार पहिलो आवश्यक्ता नै हो । यसले आम नागरिकलाई सुविधाभोगि बनाउदै लग्यो, मानिसहरु आफ्नो जग्गा जमिन बाँझो राखेर सहर पस्ने संस्कारको विकास भयो । त्यसैले सहरमा भिडभाड बढ्दै गयो । सहरमा खेतियोग्य जमिन सकिदै गयो । तसर्थ अवको कृषि उत्पादनमा एकिकृत प्रणाली अवलम्बन गर्न जरुरी छ । कागेश्वरी नगरपालिका यसले अवका दिनमा पु¥याउने सेवा सुविधा, यस क्षेत्रको सामाजिक, आर्थिक साँस्कृतिक पक्षको सन्दर्भमा कागेश्वरी मनोहरा नगर पालिका प्रमुख कृष्णहरी थापासँग रेसुङ्गा साप्ताहिकका पत्रकार केशव आचार्यले गरेको कुराकानी ।
नगर प्रमुख ज्यू ! यहाँ नगर प्रमुख बन्नु भएको लगभग तीन पर्ष पूरा भईसक्यो । आज यो जिम्मेवारी पाउदा कस्तो अनुभूति गरिरहनु भएको छ ?
म नगर प्रमुख भन्दापनि नगर सेवकको रुपमा आफुलाई लिन्छु । वि.सं २०५४ सालमा पनि गा.वि.स प्रमुखको जिम्मेवारीमा रहेर सेवा गरें । यतिका समय पछि आमनागरिकले नगरपालिकाको सेवक बनाउनु भयो यसमा खुशि छु । यो सेवा गर्ने अवसर जुटाइदिनु हुने आम नगरवासीलाई धन्यवाद दिन चाहन्छु ।
यो कागेश्वरी मनोहरा नगरपालिकाका वास्तविक भौगोलिक अवस्था कस्तो छ ? बताईदिनुस् न ।
कागेश्वरी मनोहरा नगरपालिका समथल जमिन देखि शिवपुरी लेकसम्म फैलिएको छ । २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगर पालिकाले साविकको ६ वटा गा. वि. सलाई समेटेको छ । गोठाटार, मूलपानी, डाँछी,भद्रवास, आलापोट .र गागलफेदी गा.वि.स मध्ये विकासका हिसावले केहि बढि सुविधा सम्पन्न छन केहि चाँहि अलिक पछि परेका पनि छ । यो शंखरापुर नगर पालिका, थिमी नगरपालिका, चाँगुनारायण नगर पालिका, काठमाण्डौ मा.न.न.पा र गोकर्णेश्र नगर पालिकाको बीचमा अवस्थित छ । छ वटा गा.वि.सलाई समेटेर हाल नौ वटा वडामा यसलाई विस्तार गरिएको छ । हाल यस नगर पालिकामा २६१६६ घरघुरी, १०२२३५ जनसंख्या र ६९ जातीको बसोवास छ । यसका हरेक वडा नगर पालिका केन्द्रबाट नजिक नै छन । केन्द्रसम्म आइपुग्न धेरै समय लाग्दैन ।
कागेश्वरी मनोहरा दुईवटा नाम जोडिएको छ । यससँग कुनै ऐतिहाँसिक महत्व पनि जोडिएको छ की ?
छ । साविकको गागलफेदी गा.वि.समा अवस्थित ऐतिहाँसिक धार्मिक स्थल कागेश्वरी माहादेव मन्दिर र यसै क्षेत्र भएर बग्ने मनोहरा खोलाको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । यो विविध धार्मिक साँस्कृतिक पहिचान बोकेको नगरपालिका हो । यस भित्र तेज विनायक, नवतनधाम, चम्पक विनायक, सोमतिर्थ, सिद्धकाली, भैरव मन्दिर, गुम्बाहरु आदि रहेका छन् । बागमती नदी पनि यसै नगरपालिका हुदै बग्दछ ।
यो नयाँ नगर पालिकाको पहिलो नगर प्रमुख हुनुहुन्छ । नगर पालिका प्रमुख बनिसके पछि के कति सकरात्मक परिवर्तन (विकास) गर्नु भयो ?
अहिले धेरै सकरात्मक परिवर्तन देख्न सकिन्छ । बाटो र खानेपानीमा हामीले उल्लेख्य काम ग¥यौं । संघिय सरकारको एकिकृत शहरी विकासमा हाम्रो तीनवटा परियोजनाको डि.पि.आर तयार गरेका छौ । तरकारी बजार, मनोहरा मार्ग र बसपार्क हाम्रा ठूला परियोजना हुन । हाम्रो पन्ध्र करोडको बजेटमा नौ वटै वडामा बजेट समानुपातिक हिसावले एक÷एक करोड बाँकी ६ करोड बजेट चाँहि वडाको आवश्यक्ता, जनसंख्या, भूगोल, राजश्व संकलनको अवस्था आदिको आधारमा विनियोजन गरेका छौ । खानेपानी र सडक बाटोमा हाम्रो तिब्र भैरहेको छ । १४ वटा खानेपानीको योजना राखेका छौ । खानेपानी संकलन गर्ने टंकी बनिरहेको देख्नै भाको छ । स्कूलका भबनहरु पक्कि बनिसकेका छन, ई.सि.डि देखि कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गरेका छौ । उत्कृष्ठ विद्यार्थीलाई एक एक लाख दिएर प्रोत्साहन गरिरहेका छौ । कतिपय सरकारी स्कूललाई स्तरीय बनाउन स्कुल बसको व्यवस्था ग¥यौं । एउटा गुम्बा विद्यालय र एउटा महिला गृहिणी विद्यालय सञ्चालनमा ल्याएका छौ । समग्रमा दिगो विकास निमार्णको काम शुरु गरेका छौ यसलाई सकरात्मक रुपमै लिनु पर्छ । प्रतिफल दिने, प्रत्येक्ष अनुभूति हुने स्थानमा हाम्रो बजेट लगाइरहेका छौ । बाटो कालोपत्रे, खानेपानी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्न प्रत्येक वर्षको उपलब्धि र यथार्थ रिपोर्ट प्रकाशन गर्दै आईरहेका छौ ।
यस नगर पालिकाको शैक्षिक अवस्था कस्तो छ । यसलाई अवका दिनमा थप गुणस्तरीय बनाउन यहाँको भूमिका कस्तो हुन्छ ?
शैक्षिक अवस्था राम्रै छ । ८२.९० प्रतिशत साक्षारता दर रहेको छ यसलाई बढाउने र थप गुणस्तरीय बनाउनको लागि लागिपरिरहेका छौ । यस नगर पालिकामा १६ वटा सामुदायिक विद्यालय र ६३ वटा संस्थागत विद्यालयहरु छन् । शिक्षालाई व्यवहारिक र जनउपयोगि बनाउने प्रयासमा छौ, गुम्बा विद्यालय सञ्चालित छ । महिला गृहिणी विद्यालय सञ्चालन गरी व्यवहारिक शिक्षाको शुरुवात गरेका छौ । उच्च जि.पि.ए ल्याउने स्कूल ल्याउने स्कूल विद्यार्थीलाई उच्च प्रोत्साहन गर्ने संस्कार बसाएका छौ जसले मनोवल बढोस र थप गुणस्तरीय बनोस भन्ने अभिप्रायले निरन्तरता दिइरहेका छौ । संस्थागत स्कूलको सरह सुविधा दिने प्रयास स्वरुप विद्यालयलाई बसको व्यवस्था गरेका छौ, हाल ३ वटा स्कूलले बस पाएका छन । ई.सि.डि देखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेका छौ । सामूदायिक स्कूलका शिक्षकलाई थप शसक्त बनाउने प्रयासमा लागिरहोका छौ, तर सामूदायिक स्कूलहरुलाई स्थानीय तहमा सम्पूर्ण अधिकार नदिए सम्म गुणस्तर बढाउन कठिन देखेको छु । संस्थागत स्कूलमा डरले पनि शिक्षकले नियमित पढाउने गरेको गर सामूदायिक स्कूलका शिक्षकमा राजनीतिक मोह बढि छ पढाउनमा कम ध्यान जान्छ जस्तो लाग्छ ।
स्थानीय तहलाई शिक्षाको अधिकार दिदा शैक्षिक गुणस्तर झन खच्कन्छ । स्थानीय तहको हाली मुहाली हुँदा राम्रा भन्दापनि हाम्रालाई नियुत्ति गर्ने प्रचलन बढ्छ, राजनीतिक वृतमा यहि संस्कार देखिन्छ । तसर्थ स्थानीय निकायलाई अहिल्यै प्रदान गरिहाल्नु हुन्न भन्ने सुनिन्छ । यसमा यहाँको बुझाई कस्तो छ ?
स्थानीय जनप्रतिनिधि पाँच वर्षका लागि केहि गर्ने उत्साहका साथ आएका हुन्छन् । वास्तवमा विकास जनप्रतिनिधिले नै गर्ने हो उनीहरुलाई आफ्नो स्थानको आवश्यक्ता महत्वको वारेमा जानकारी हुन्छ । उनीहरुले आफ्नो स्थानको शिक्षालाई थप उत्पादनमूखि र प्राविधिक बनाउन पहल गरिरहेका ह्न्छन् । त्यसमा नेपाल सरकारको पनि त निरन्तर निगरानी हुन्छ नी, तसर्थ जनप्रतिनिधिले त्यस्तो अमर्यादित कार्य गर्दैनन् । गरेमा कारवाहीको भागिदार स्वयं बन्नु पर्छ यसमा दुई मत छैन ।
स्वास्थ्य सेवा तर्फ कस्तो अवस्था छ ? केही बताई दिनुुस् न ।
स्वास्थ्य सेवाको कुरा गर्दा यस नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी, १ प्राथामिक स्वास्थ्य केन्द्र, ३ वटा चालु अवस्थमा रहेको शहरी स्वास्थ्य केन्द्र, २ वटा वर्थिङ सेन्टर, १ आयुर्वेद चिकित्सालय, २० वटा खोप क्लिनिक, १३ वटा गाउँघर क्लिनिक रहेका छन । निकट भविश्यमै एउटा नगर अस्पताल र दुईवटा बर्थिङ सेन्टर सञ्चालनमन ल्याउदै छौ । बिशेषज्ञ चिमित्सकद्धारा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिरहेका छौ, यसबाट धेरै नागरिक लाभान्वित भै सक्नु भएको छ । स्वास्थ्य संस्थामा प्रसुति गराउदा यातयात खर्च भनी सुत्केरीलाई रु.२८०० उपलब्ध गराउदै आएका छौ । मातृ मृत्युलाई जेठ मसान्त सम्म शुन्यमा पु¥यायौ विभिन्न स्वास्थ्य क्याम्प खडा गरी चेकजाँच गराउने कार्यलाई तिब्रता दिदै अति आवश्यक औषधी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आईरहेका छौ ।
यस नगरपालिकामा प्रशस्त मात्रामा खेतियोग्य जमिन घर घडेरीको रुपमा परिणत भै रहेको यहाँलाई पनि विविधै छ । यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा यहाँको योजना केहि छ की ?
जवसम्म जग्गामा व्यक्तिको स्वामित्व रहन्छ तव सम्म स्थानीय तहले यसमा केहि गर्न सक्दैन । यसमा सरकारले नै जग्गा एकिकरण नीति ल्याउनु पर्छ, घर जग्गा नै एकिकरण जरुरी देखिन्छ । सबै जग्गा एउटै लालपूर्जामा आईसकेपछि स्थानीय तह मार्फत यसलाई व्यवस्थापनको जिम्मेवारी दिनु पर्छ । त्यस पछि यसलाई रोक्न सम्भव छ नत्र छैन ।
तपाईको नगर पालिकामा हरेक योजना कार्यक्रम ल्याउदा नगर कमिटिका सदस्यहरुको मतभेदको समस्या कत्तिको पर्छ ? धेरै स्थानीय तहमा बनाईएका योजना कार्यक्रम पास नहुने समस्या सुनिरहेकोले याहाँलाई सोधेको हुँ ।
अहिले देशकै समस्या भनौं, विपक्ष पार्टीले ल्याएको राम्रा योजना कार्यक्रम भएपनि विरोधै गर्नुपर्छ भन्ने संस्कार बसेको छ । तर हामीमा राजनीतिक प्रतिस्पर्धाको परिकल्पना छैन, समान रुपमा काम भैरहेको छ ।
वर्तमान समयको जल्दो बल्दो समस्या कोभिड–१९ हो यसले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । यसको व्यवस्थापन गर्न तपाईहरुको तयारी कस्तो छ ?
शुरुका दिनमा पर्चा मार्फत प्रचार प्रसार गरि सचेतना कार्यक्रम सञ्चालन ग¥यौं । पहिले हाम्रै नगरपालिकामा कोरोना देखियो सनसिटीमा, त्यस पछि हामीले तिब्रत्तर गतिमा वडामा वसोवास गर्नेको डाटा संकलन ग¥यौ, त्यसैलाई आधार बनाएर जनघनत्वका विचार गरि राहत वितरणको योजना बनायौ । हामीले खाद्यान्न बाँडेनौ कुपन दिउ । ५०÷५० लाखको कुपन रु १००० को एउटा÷एउटा गरी प्रयेक व्यक्तिलाई एउटा कुपन दिने योजना मुताविक हाम्रो कमिटिले घर घर पहिचान गरेर वितरण ग¥यौ । पछि यो चापलाई थेग्न सकिएन, मेस चलायौ वैशाख २५ बाट यसलाई पनि बन्द गरियो । अहिले समस्या थपिदै गएकोले क्यारेन्टीनको व्यवस्थापनमा खटिरहेका छौ । संक्रमितको व्यवस्थापन गर्न मूलपानी हस्पिटल र पार्टीप्यालेस समेतलाई तयारीमा राखेका छौ । आर.डि.टि टेष्टको व्यवस्था गरेका छौ, ६०÷६५ जनामा आर.डि.टि टेष्ट गर्दा हालसम्म २३ जनामा पेजिटिभ देखिएको छ । वाहिरवाट आउनेलाई डाटा संकलन गरी क्यारेन्टिनको उचित प्रवन्ध भैरहेको छ ।
अहिलेको माहामारीले विश्वमा ठूलो आर्थिक मन्दी ल्याउन सक्ने सम्भावना छ भनी विद्धानहरु बताइरहनु भएकोछ । यसबाट सुरक्षित रहन यस नगरपालिकाले आगामी आ.व मा कस्तो रणनीति अवलम्बन गर्ने सोचमा हुनुहुन्छ ?
समस्या त अव पो आउदै छ । यसलाई निश्चित नियम बनाई आर्थिक कृयाकलाप सञ्चालन गर्नु पर्छ भनेर हाम्रो नगर पालिकाले दिनको १२ः०० सम्म पसल खोल्ने प्रकृया शुरु गरेका थियौ । तर एक्कासी संक्रमण बढेकाले सरकारले बन्दावन्दीलाई झन कडाई ग¥यो त्यस कारण यो कार्यन्वयन गर्न चाहि सकिएन । म मेरो नगरपालिका नमूना नै बनाउछु चाहि भन्दिन किन भने आज याहाको बाटो हेर्ने हो भने नाजुक छ सबै कुरा व्यवस्थापन गरिहाल्न सकिने अवस्था छैन । प्राथमिकताको आधारमा विकासका काम गर्छौ । कृषि र पर्यटनलाई र घर वहाल करलाई प्राथामिकतामा राखेका छौ । सरकारले स्थानीय तहको कर राजश्व स्थानीय तहलाई नै उपयोग गर्न दिनु पर्छ भन्ने मेरो जोडदार माग हो । यसबाट स्थानीय प्रतिनिधिले आवश्यक ठाउँमा उपभोग गर्न पाउछ, काहाँ के जरुरी छ भन्ने कुरा उसलाई थाहा हुन्छ ।
हाल सरकार र नागरिकबीचको खिच्चातानी याहालाई के हो जस्तो लाग्छ ?
संयमितताको कमी । विश्वास र इमान्दारिता गुमाइरहेको जस्तो लाग्छ यो हामी कसैको हितमा छैन । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने संस्कार बसेन, यो यसैको प्रतिफल हो ।
अन्तमा यहाँको केही भन्नु छ ?
राजनीति गर्नेहरु पाँच वर्ष फेरी यहि आउनु पर्छ भनेर देखिने गरी काम गर्छन । यसको मूल्यांकन आम नागरिकले गर्ने हो । हामी सबै आफ्नो नगर बनाउन लागि पर्नु पर्छ । आफ्नो नगर आफै बनाउछु भन्ने नारा पनि छ यो नारालाई हामी सबैले मनन गर्न जरुरी छ ।