नेकपाका अध्यक्षद्वयवीच घोचपेच
नेकपा स्थायी कमिटी शुक्रबार फेरि बस्ने
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरेर स्थगित भएको छ । अर्को वैठक शुक्रबार पुनः बस्ने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्तव्य व्यक्त राखेका थिए ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेको जानकारी दिएका छन् ।
अध्यक्षद्वयले कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
वैठकमा कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।
विविधमा रुकुम९पश्चिम०मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको बताइएको छ ।
आज तय भएको कार्यसुचिअनुसार शुक्रबार छलफल हुने बताइएको छ । वैठकमा अध्यक्षद्वयवीच मन्तव्यका क्रममा एकअर्कालाई घोचपेच भएको बताइएको छ ।