महिला शशक्तिकरणलाई जोड दिँदा दिगो परिवर्तन ल्याउन मद्दत पुग्छ
- लिशा नकर्मी, उप–प्रमुख, चन्द्रागिरी नगरपालिका, काठमाडौं
सीप र दक्षताको विकासबाट रोजगारी सृजना गर्न सहज हुन्छ । पहिलो प्राथमिकता सीप विकास मार्फत रोजगार बनाउने हो यसले विशेषतः महिलालाई स्वरोजगार बन्न सहज बनाउछ । नगरका सम्पूर्ण समुदायको गुणस्तरीय जीवन निमार्णले नगरलाई समृद्ध बनाउन सहयोग गर्दछ । महिला शशक्तिकरणलाई जोड दिँदा यसले दिगो परिवर्तन ल्याउन मद्धत गर्छ । पानी पूनःसिंचन (Water recharge) प्रविधिको नयाँ सोच विकास गरी व्यवहारिक रुपमा प्रयोग गरिरहेका छौ । चन्द्रागिरी नगरपालिकाको समग्र सामाजिक आर्थिक वातावरणीय परिवर्तन यसले अवका दिनमा ल्याउने सकरात्मक प्रभाव आदि विषयमा यस नगरपालिका उप–प्रमूख लिशा नकर्मीसँग रेसुङ्गा टुडेका लागि केशव आचार्यले गरेको कुराकानी ।
उप–मेयर ज्यू ! यहाँले लगभग पाँच वर्ष मध्ये तीन वर्षको कार्यकाल पुरा गरिसक्नु भएको छ । आज आम नागरिकले विश्वास गरेर यहाँ पु¥याए कस्तो अनुभूति भै रहेको छ ?
पहिलो पटक उप–मेयर हुँदा कताकती खुशि र कताकती एकप्रकारको द्धन्द्ध डर जस्तो अनुभूति भयो । आम नागरिकले दिएको जिम्मेवारी कसरी पुरा गर्ने होला भन्ने कुराले मन मनै द्धन्द्ध सृजना हुन्थ्यो । विस्तारै जानेर सिकेर दिएको जिम्मेवारी वहन गर्नु पर्छ नजानेको कुरा सिक्नुले कार्यमा निख्खारता ल्याउछ भन्ने लाग्न थाल्यो । खुशि अनुभव गरिरहेको छु । आज आम नगरवासिसँग नजिक भएको छु । विशेषतः बृद्धबृद्धा आमा बासँग भेट्छु कुशल मंगल सोध्छु । उहाँहरु मलाई देख्नासाथ ह्ृदयदेखि नै खुशि हुदै सफलताको कामना गर्नु हुन्छ, आशिरवाद दिनुहुन्छ । आम महिला दिदी बहिनीको नजिक भएको छु । दलित महिलाको पक्षमा आवाज उठाई रहेको हुनाले उनीहरुमा पनि खुशि छाएको छ ।
यस चन्द्रागिरी नगरपालिको भौगोलिक अवस्था कस्तो छ ?
यो पछिल्लो पटक घोषणा गरिएको नयाँ नगर पालिका हो । काठमाण्डौ जिल्लाका कतिपय गा.वि.स मध्ये नगरपालिका बन्न लायकै ११ वटा गा.वि.सहरु मिलेर हाल १५ वटा वडामा विभाजन भएको छ । धादिङ र मकवानपुर जिल्ला सम्म सिमाना फैलिएको यो नगरपालिकालाई नाकाको नगरपालिका भनेर पनि चिनिन्छ । थानकोट नाका राजधानी प्रवेश गर्ने प्रमुख नाका हो ।
चन्द्रागिरी नगरपालिकाको साँस्कृतिक पहिचानलाई कसरी उजागर गर्नु हुन्छ ?
हालको यो चन्द्रागिरी नगरपालिका सितातिद्रङ सभ्यताबाट विकास भएको मानिन्छ । चन्द्रागिरी डाँडाको महत्वसँगै यस नगर पालिकाको नाम चन्द्रागिरी राखिएको हो । साँस्कृतिक इतिहाँस यसले धेरै बोकेको छ, जस्तै बाणसुरको दरवार रहेको स्थानलाई आजपनि वाणस्थली भनेर चिनिन्छ । यो देशकै नाका रहेको नगरपालिका होे ।
यहाँ उप–प्रमूख बन्नु भन्दा पहिले र अहिलेको वस्तुस्थितिबारे छोटकरीमा बताईदिनुस् न ?
पहिले विकास भन्ने वित्तिकै पिचबाटो, ढल, खानेपानी, बत्ति आदिलाई मात्र लिने प्रचलन थियो । आजपनि कतिपय नागरिकमा यति भएपछि विकास हुन्छ भन्ने नै बुझाई रहेको छ । भौतिक संरचनाको विकाससँगै समाजमा विद्यमान राम्रा संस्कार संस्कृति रहन सहन गुणस्तरमा समेत सकरात्मक परिवर्तन आउनु पर्छ । अवका दिनमा यि सबको संयोजनलाई विकास बुझ्नु पर्छ भन्ने लाग्छ । बाटो, खानेपाने, ढल सुधारमा उल्लेख्य परिवर्तन भएको छ । यसका अलवा पानी पून सिंचन प्रविधि, बृद्धा बृद्धाको लागि दिवासेवा केन्द्र सञ्चालन गरिरहेका छौ । यसबाट बृद्धबृद्धाको दैनिक जीवनमा सुधार आउने र सुखानु भूति गर्न पाउने अवसर मिल्दछ । ठाउँ ठाउँमा विश्राम स्थल निमार्ण गर्ने र यस नगरपालिकाको आन्तरिक तथा वाह्य पर्यटन विकासको लागि पैदल यात्रा बनाउने । मानव विकास सुचकांकलाई उच्च बनाउन त्यसका सुचकहरुलाई सशक्त बनाउन लागिरहेका छौ । विशेषतः महिलाहरु कै लागि सीप विकास तालिम सञ्चालन ग¥यौ, त्यसबाट धेरै महिला दिदी बहिनी लाभान्वित हुनु भएको छ ।
महिला शशत्तिकरणका कुरा त उठाउनु भयो । तर महिला नै घर समाज र देशमा नै अन्यायमा परिरहेका छन् न्याय पाएका छैनन् भनिन्छ नी ? ती महिलाको पक्षमा तपाईले के के काम गर्नु भयो ?
हाम्रो देश नै पितृसतात्मक देश हो । यहाँ महिला अझै पनि चुुलो चौकाबाट बाहिर आउन सकेका छैनन् । उनीहरुमा पूँजीगत सम्पतिको अधिकार अत्यन्त कम भएकोले निर्णायक तहमा पुगेर निर्णय गर्न सक्ने अवस्थामा डर सृजना भएको हो जस्तो लाग्छ । यसको लागि चेतनाको साथै महिला हिक्मतको पनि जरुरी देख्छु । अहिले हामीले प्रमुखतः दलित महिलालाई बढि महत्व दिईरहेका छौ । महिलाको सीप विकास र चेतनाका लागि प्रशिक्षण केन्द्र नै स्थापना गर्ने पक्षमा छौ । तर महिला मै जागरुकता कमि देखेको छु ।
यहाँ नगरपालिका उप– प्रमूख भैसकेपछि आम नागरिकले विकास भएको अनुभूति गर्न पाउने गरि के के काम गर्नु भयो ?
धेरै काम गरेका छौ । जस मध्ये नगरस्तरिय हस्पिटल जसलाई वर्थिङ सेन्टरको रुपमा पनि विकास गरेका छौ । एक महिला एक सीपको अवधारणा बनाएर महिलालाई महिला उद्योमशिलतामा विकास गरिरहेका छौ । एक नगरपालिका एक पार्क अभियानलाई अगाडि बढाएका छौ । इन्द्रदहमा भ्यू टावर, कृषिमा विरुवा वितरण र उज्यालो चन्द्रगिरी अभियान सञ्चालन गरी ठाउँ ठाउँमा बत्ति जडान गर्ने काम भैरहेको छ । Water recharge प्रविधि सञ्चालन गरी पानीको स्रोत संरक्षण गर्नको लागि डाडा डाडामा पोखरी निमार्ण कार्यलाई अगाडि बढाईरहेका छौ । बृद्ध बृद्धाको लागि २ वटा वडामा दिवा सेवाकेन्द्र स्थापना गरेका छौ सबै वडामा पाईलट प्रोजेक्ट गरिरहेका छौ ।
एक महिला एक सीपको अभियान ल्याईरहनु भएको छ । यो महिलालाई उद्योमी बनाउने रणनीति हो । यो सीप दक्षताको प्रयोग गर्ने उद्योग कल कारखानाको सञ्चालन पनि गरिरहनु भएको छ की ?
पहिला त सीप र दक्षता कै विकास गर्नु पर्छ भन्ने लागेर तालिमको व्यवस्था गरेका हौ । धेरै नै महिलालाई तालिम दिईरहेका छौ तर यो उनीहरुलाई शुरुका दिनमा उत्साह वर्धक बन्ने पछि महिला दिदी बहिनी आफै सेलाएर गएको म आफैले देखेको छु । घरबाटै महिला बाहिर निस्कन गाह्यो । कृषिको लागि विउ विजन बाँडियो कौसि खेतिबारे चेतना विकास गरियो । उनीहरुलाई काम नै दिएर रोजगारी सृजना चाहि भएको छैन त्यो सोचमा लागिरहेका छौ । अहिलेको माहामारीले यो सोचलाई परिवर्तन गराउछ जस्तो लाग्छ । पहिला त बाँच्नै प¥यो ।
यस नगरपालिकाको शिक्षाको स्तर हाल कस्तो छ ? अवका दिनमा यहाँहरुले थप गुणस्तरीय बनाउन कस्तो कदम चालिरहनु भएको छ ?
यस नगरपालिकाको शैक्षिकस्तर खासै कमजोर छैन । प्राविधिक शिक्षा र महिला उद्योमशिलता बढाउने विषयमा हाम्रो बृहत छलफल अगाडि बढिरहेको छ । म महिला उप–प्रमूख भएकै नाताले नगरपालिका भित्रका सम्पूर्ण महिला उद्यमी, सृजनशील बन्नु पर्छ भनेर लागिपरेको छु । शिक्षा र ज्यालाको विभेदीकरण हट्नु पर्छ समान हुनु पर्छ भनेर लडिरहेकी छु । सामूदायिक स्कूललाई थप सुविधा सम्पन्न र व्यवहारिक बनाउने हाम्रो प्रयास छ ।
चन्द्रगिरी नगरपालिकाको स्वास्थ्यको वर्तमान अवस्था वताईदिनुुस् न ?
यस नगरपलिकाको ११ वटै वडामा स्वास्थ्य केन्द्र स्थापित छ, सबैमा ल्यावको सुविधा उपलब्ध छ । आवश्यक स्वास्थ्य कर्मीको संख्या छ । स्वास्थ्यमा मलाई लाग्छ यो नगर पालिका बलियो नै छ जस्तो लाग्छ । वातावरणीय रुपमा स्वच्छता ल्याउन फोहोर व्यवस्थापनमा लागि परेका छौ । हाम्रो आफ्नै डम्पिङ साईड छैन । समस्या छ यसलाई जापानिज कम्पनीसँग मिलेर व्यवस्थापन गछौ ।
नेपाल सरकार कै नारा सुखि नेपाली सवृद्ध नेपाल भन्ने छ । यसका लागि आर्थिक सबलीकरण बलियो हुन जरुरी हुन्छ । यस नगर पालिकाको आम्दानीको मूख्य स्रोत चाहि के के हुन ?
ठूला कलकारखाना उद्योग यस नगर पालिकामा प्रशस्त छन् । हामीलाई यसबाट राम्रो राजश्व प्राप्त हुन्छ । घर जग्गाकर पनि अर्को आम्दानीको स्रोत हो यसलाई थप व्यवस्थित गर्न चाहि सकेका छैनौ । अवका दिनमा गछौ । कृषिको कुरा गर्दा काठमाण्डौ मै सबैभन्दा बढि गोलभेडा यहाँ उत्पादन हुन्छ सबैतिर यहाँको गोलभेडा जान्छ । यो हाम्रो लागि खुशिको कुरा पनि हो । उद्योगग्राम बनाउने योजना छ वडा वडामा कृषि बजार खोल्ने तयारी भैरहेको छ यो पनि आम्दानी हुने मूख्य स्रोत नै बन्छ भन्ने लाग्छ ।
उर्बर भूमिलाई एक प्रकारले उत्पादन विहीन बनाउने काम भैरहेको देखिन्छ । यसलाई घर घडेरीको रुपमा मात्र विकास गरेको पाईन्छ । यसलाई तपाईहरु किन रोक्न सक्नुहुन्न ?
व्यक्तिगत स्वामित्व छ यसका लागि माथिल्लो निकायले हामीलाई नीतिगत आधार बनाई दिएको छैन । यो रोक्ने अधिकार पूर्णतः स्थानीय निकायलाई दिदा यसको उपचार हुनसक्छ ।
आज नागरिक र सरकार बीचको टसल कर्तव्य र जिम्मेवारी बोधको समस्या हो ? यसमा यहाँलाई के लाग्छ ?
नागरिकमा राष्ट्रियता देखावटी मात्रै भयो भित्रै देखि राष्ट्रियता पलाएन । विरोधका लागि विरोध गर्ने प्रवृति हावि भयो । राम्रालाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने प्रचलन नष्ट भएजस्तो लाग्छ । आफ्नाले जस्तै काम गरेपनि राम्रो अर्काले जस्तोसुकै राम्रो काम गर्दा पनि नराम्रो भन्ने सोचले जरा गाडिरहेको छ । अहिले देशमा सरकार गरीब नागरिक धनी छन । यसले गर्दा व्यक्ति नीहित नीति बन्ने परम्परा छ यस्तो परम्पराको अन्त्य नभएसम्म नागरिक र सरकार बीचको टसल देखिरहन्छ ।
वर्तमान माहामारी कोभिड–१९ को बढ्दो संक्रमण रोक्न यहाँहरुले कस्तो कदम चाल्नु भएको छ ?
प्रथमतः बन्दाबन्दीको पालना गराउने नै हो । ९ नं वडामा देखिना साथ त्यहाँ सिल गरियो । आमनागरिकलाई चेतना फैलाउने काम गरियो । रोगले भन्दापनि भोकले समस्या ल्याउने हो की डर छ । अधिकांशले बन्दाबन्दी पालना गरिदिएकाले नै संक्रमणलाई आज सम्म रोक्न सफल भएका हौं । वडा वडामा क्यारेन्टाईन व्यवस्था गरेका छौ, घरलाई नै क्यारेन्टाईनको रुपमा विकास गरिरहेका छौ । कोभिड–१९ समस्या मात्र नभै अवसर पनि हो भनी बुझ्न सबैलाई आग्रह गर्दछु । कोभिडसँग सँग सँगै जिउने हो यसमा हामी सबैको सक्रियता आवश्यक ठानेको छु ।
बन्दाबन्दी गरेको लगभग तीन महिना हुनलाग्यो । यसबाट सबैभन्दा बढि प्रभावित मजदुर वर्ग छन् । ति मजदुरका हितको लागि यो नगर पालिकाले कस्तो व्यवस्था गरिरहेको ?
ज्यालादारी मजदुरलाई राहतको दिने काम ग¥यौ । लगभग १२ हजार जति परिवार यो सेवाबाट लाभान्वित हुनु भएको छ । सामाजिक दुरी कायम राख्दै भौतिक संरचना निर्माणमा मजदुरलाई लगायौ । काम गरेर राहत दिदा राम्रो राहत पाउने, काम पनि हुने र कामले मजदुरलाई स्वस्थ्य राख्न पनि मद्धत गर्ने हूँदा यो विधि अवलम्बन गरेका हौ । वास्तवमा ज्यालाबाट पाउने राहतको रकम ठूलो छ जीउन कठिन हुदैन ।
आगामी दिनमा कोभिड–१९ को कारण अर्थतन्त्र शिथिल हुने अनुमान विद्धानहरुको छ । यसबाट सुरक्षित रहन यस नगरपालिकाले आगामि आ.व मा कस्तो रणनीति अवलम्बन गर्ने योजना बनाएको छ ?
उत्पादन र रोजगारीमा सबैभन्दा बढि प्राथमिकता दिन्छौ । वनको समुचित उपयोग गरी जडिवुटिलाई उत्पादन र प्रशोधन कार्यलाई अगाडि बढाउने योजनामा छौ । कृषि विउ विजन बाँडिरहेका छौ पक्का पनि त्यसले उत्पादन गर्न मद्धत गर्दछ । कौसि खेतिलाई प्रोत्साहन गरेका छौ, सीप अनुसारको रोजगारी दिन योजना बनाईरहेका छौ । कोभिड कहिले सम्म रहन्छ यसले कति असर गर्ला भन्ने कुरा अनिश्चित छ यो वर्षको बजेटको ठूलो अंश यसैमा जाला जस्तो छ । यसले हाम्रा योजनाहरु पछि पार्ला जस्तो छ ।
यस नगरपालिकालाई सुविधा सम्पन्न नगरपालिका बनाउन लागि पर्नु भैरहेको छ । तर कतिपय नीतिगत कठिनाइ पनि हुन सक्छन् । यसमा सरकारले स्थानीय तहका लागि कस्तो नीति अवलम्बन गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
आम नागरिकलाई अपनत्वको वोध हुने वातावरण बन्नु पर्ने जस्तो लाग्छ । जग्गा खण्डिकरण सम्बन्धी मापदण्ड सरकारले नै बनाइदिनु पर्छ । कति पय नीति सरकारले बनाएर दिनु पर्छ भने कतिपय नीति बनाउने अधिकार स्वयं स्थानीय तहलाई नै दिनु पर्छ ।
नगरपालिकामा कतिपय निर्णय गर्दा नगर कमिटिबीचमा असहमति कत्तिको आईरहेको छ ?
छैन । सबै मिलेर काम गरिरहेका छौ ।
यहाँहरुले चुनावताका आम नागरिकमा गरेका प्रतिवद्धता यहाँको अवधिमा पुरा हुन्छन् नी ?
पूरा नै हुन्छन भन्ने छैन यो नगरपालिकाको जग बसाउने समय हो । हामीले जग बसालेका छौ । नयाँ नगर पालिकाको नयाँ प्रतिनिधि हौ हामी, तसर्थ वस्तु स्थिति बुझ्नै समय लाग्यो । जसलाई बुझेर जग राख्ने काम गरेका छौ ।
अन्तमा यहाँको भन्नै पर्ने कुरा केही छन की ?
यस समयमा सहयोग त पाईरहेकै छौ अझ सहयोगको अपेक्षा गछौ । सहयोग रकममा मात्र हुने होइन, यस नगरपालिकालाई वातावरण मैत्रि बनाउन हामी सबै लागौ । आम नगरवासीमा यस माहामारी फैलन नदिन निर्देशित नियमहरु पलना गरौ भन्न चाहन्छु । तपाइहरुको साथमा हामी छौ ।
व्यस्तताको वावजुत पनि समय उपलब्ध गराउनु भयो यहाँलाई धन्यवाद !
मेरा विचार पोख्ने मौका दिनु भएकोमा तपाई र रेसुङ्गा टुडे साप्ताहिकलाई मुरी मुरी धन्यवाद ।