सीमा विवाद : तीनपल्टको वार्ता प्रयास असफल : मन्त्री ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठकमा नेपाल–भारत सीमा विवादको विषयमा चर्चा भएको छ । दोस्रो दिनको वैठकमा सीमा विवादमा बहस चलिरहेको छ।
भारतसँगको सीमा विवादमा नेपाल सरकारले चालेको कदमको स्थायी कमिटी सदस्यहरुले प्रशंसा गरेका छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने काममा जुटाएको राष्ट्रिय सहमतिका लागि सरकारलाई धन्यवाद दिएका छन्। भूमि फिर्ताका लागि वार्ता गर्न सरकारको पहलका बारेमा उनीहरुले सरकारको जवाफ खोजेका थिए।
वैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सीमा समस्या र भारतसँग भएका विभिन्न सन्धि सम्झौताहरुलाई बैठकमा राखेका छन्। कालापानी र सुस्ता क्षेत्रको समस्यालाई विस्तृतमा प्रस्तुत गरेका छन्।
नेपालले सीमा विवाद सल्टाउन भारतसँग छलफलको प्रस्ताव विभिन्न मितिमा अघि सारेको र तीन पटक मिति तय भएर पनि असफल बताएको जानकारी दिए । वैठकमा मन्त्री ज्ञवालीले भने ‘हामीले छलफलका लागि नोभेम्बर, डिसेम्बर र जनवरी मिति तोकेर पठायौं । तर, भारतले त्यसको कुनै ठोस जवाफ पठाएन।’