गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९३ पुग्यो

गुल्मी । गुल्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या अहिलेसम्म २ सय ९३ पुगेको छ । जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकामा गरी आइतबारसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ९३ पुगेको हो ।
आइतबार जिल्लामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य कार्यालय काठमडौंमा गरिएको परीक्षमा थप १७ जनामा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा ३४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रेसुङ्गा नगरपालिकाका १७ जना, ईस्मा गाउँपालिकाका १० जना, मदाने गाउँपालिकाका १ जना, चन्द्रकोट गाउँपालिकाका १ जना, धुर्कोट गाउँपालिकाका १ जना, गुल्मीदरवार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । उनीहरु सम्बन्धित स्थानीय तहले तयार गरेको आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।