समृद्धिको पहिलो खुड्किलो सामाजिक हिंसाको अन्त नै हो
– शान्ति नेपाल, उप–प्रमुख, गोकर्णेश्वर नगरपालिका, काठमाडौं
यस नगरपालिकाको उप–प्रमुख तथा न्ययिक निकायको संयोजक पनि हुनुहुन्छ । कार्यकालको तीन वर्ष पुरा भइसकेको अवस्थामा जिम्मेवारी बहन गरिरह“दा कस्तो अनुभूति भैरहेको छ ?
नयाँ नगरपालिका, नयाँ जिम्मेवारी, पहिलो वर्ष त नठाँटी भन्दा हामीलाई सिक्नै लाग्यो । ऐन कानूनको पनि राम्रो जानकारी थिएन । विस्तारै सिक्दै गइयो आफ्नो अधिकार क्षेत्र कति रहेछ भन्ने कुरा स्पष्ट भयो । पहिलो उप–प्रमुख भएकोले चुनौति धेरै थियो । यो चुनौतिलाई अवसरको रुपमा लिदै अगाडि बढिरहेका छौ । महिला शशक्तिकरणलाई विशेष महत्व दिएको छु । सबै नगरवासीसँग नजिक भएको छु, यसमा खुशि छु । गौरवको अनुभूति गरिरहेको छु ।
गोकर्णेश्वर नगरपालिकाको भौगोलिक अवस्था कस्तो रहेको छ ? छोटकरीमा बताईदिनुुस् न ।
५ वटा गा.वि.स मिलाएर गोकर्णेश्वर नगरपालिका बनेको हो । यसमा नौ वटा वडा छन । वडा नं १, २ र ३ अलिक कम शहरीकरण भएको वडा हुन् भने बाँकी वडा सुविधायुक्त नै छन । पर्यटन र पर्यावरणमा प्रशस्त सम्भावना बोकेको नगरपालिका हो । शिवपुरी राष्ट्रिय निकुञ्ज, गोकर्णेश्वर मन्दिर, उत्तरगया, वागद्धार, सुन्दरीजल यस नगरपालिकाको प्रमुख महत्व बोकेका स्थान हुन् । सवृद्धिको वृहत सम्भावना बोकेको नगरपालिका हो भन्ने लाग्छ ।
यो नगरपालिकाको नाम गोकर्णेश्वर रहनुले धार्मिक सा“स्कृतिक पहिचान उजागर गरेको हो ? यसको पहिचानलाई थप प्रकाश पारिदिनुस् न ।
गोकर्णेश्वर नगरपालिकाको नाम प्रसिद्ध ऐतिहाँसिक गोकर्णेश्वरको मन्दिरको नामबाट पहिचान भएको हो । यो हाम्रो हिन्दु धर्मग्रन्थमा उल्लेख भएको सबैलाई जानकारी रहेको प्रसिद्ध स्थान कै आधार यसले बोकेको छ । प्रशस्त धार्मिक स्थलहरु छन तर प्रचार प्रसारको कमिले यसको महत्व कम भएको जस्तो लाग्छ । धार्मिक पक्षलाई जोडेर धार्मिक पदमार्गको योजनालाई पुरा गर्न लागि परेका छौ ।
यहा“ नगर उप–प्रमुख भै सकेपछि आम नगरवासीले अनुभूति गर्न पाउने गरि के–के काम गर्नुभयो ? संख्यामा भनिदिनुुस् ।
पहिलो काम त फोहोर मैला व्यवस्थापन भन्ने थियो तर पूर्ण रुपमा नसके पनि पहिलेको भन्दा धेरै सुधार भएको छ । बाटो, खानेपानी, ढललाई व्यवस्थित गर्ने काम गरिरहेका छौ । जुन आम नागरिकलाई अवगत नै छ । बरु यो जोरपाटी सुन्दरीजल मोटरबाटोले हाम्रो लगनशीलतालाई आझेलमा पा¥यो । संघ, प्रदेश, स्थानीय तहको भनेर अंशवण्डा गर्ने काम गरियो यसलाई म अंश वण्डा नै भन्छु । संघको योजनामा परेको भन्ने भएर हामी अलमलमा प¥यौ यसले गर्दा हामीलाई आफैले काम गर्ने अवसर मिलेन । तर हामीले यसलाई फराकिलो पार्ने काम चाहि ग¥यो, स्थानीय नागरिकसँग समन्वय गरेर चौध मिटरको बनायौ । यसलाई मैले ठुलो सफलता मानेको छु । कृषि उत्पादन बढाउनको लागि कृषकलाई विउ विजन वितरण गरिरहेका छौ । यस नगरपालिकाको वडा नं १, २, ३ र ४ मा कृषियोग्य जमिन छ । यहाँ कृषि उत्पादनको सम्भावना प्रशस्त छ । कौसी खेति र यसको महत्व बुझाईरहेका छौ ।
यस नगरपालिकामा पनि कृषियोग्य भूमिलाई घडेरीको रुपमा विकास गरी उत्पादन विहिन बनाउने काम नभएको होईन । यसलाई रोक्न यहा“हरुलाई के ले रोक्यो ?
जग्गा व्यक्तिगत स्वामित्वको सम्पति प¥यो । प्लटिङ नै गर्न पाउने भन्ने त छैन तर घुमाउरो पारामा भैरहेको पाईन्छ । व्यक्ति मेरो जग्गा सम्याउन प¥यो, भिरालो छ भनी स्वीकृति लिन आउछन् नदिन नी मिल्दैन । प्रत्येक्ष रुपमा यसलाई व्यवस्थापन गर्न स्थानीय निकायलाई नीतिको कमि छ । यो स्थानीय निकायले पनि बनाउन सक्छ तर केन्द्रले हामीलाई त्यो अधिकार दिएको छैन । हामीले यसमा आवाज चाँही उठाईरहेका छौ ।
गोकर्णेश्वर नगरपालिकाको शैक्षिक अवस्थाबारे बताईदिनुस् न ।
यहाँ सामुदायिक भन्दा संस्थागत स्कूल धेरै छन् । १६ वटा सामुदायिक स्कूल छन् भने ८२ वटा संस्थागत स्कूल छन् । स्कूलको भौतिक पूर्वाधारको कामलाई थप सुविधायुक्त बनाउने काम गरेका छौ । स्थानीय पाठ्क्रम बनाएका छौ, कक्षा १ देखि कक्षा ८ सम्म लागु गरेका छौ ।
यस नगरपालिकाको स्वास्थ्य क्षेत्रको स्थिति कस्तो छ ?
हाम्रो प्रत्येक वडामा स्वास्थ्य चौकि छन् । चारवटा अस्पताल छन् । १५ सैया सम्मको हस्पिटल बनाएका छौ । शंखरापुर अस्पतालले अहिलेको समस्यालाई रोक्न धेरै सहयोग गरिरहेको छ ।
अवका दिनमा यस नगरपालिकाले सामाजिक आर्थिक विकासमा अगाडि बढ्न कस्ता कार्यक्रमहरु तय गरेको छ ? आर्थिक उपार्जनको मुख्य स्रोतहरु के–के हुन् ?
साना उद्योग र कुटिर उद्योगलाई बजेट तर्जूमा गरी व्यवस्थापन गरिरहेका छौ । लक्षित वर्गलाई सम्बोधन गरि रोजगारी सृजना गर्ने योजना अगाडि बढाईरहेका छौ । करको दायरा बढाउन लागि परेका छौ । पर्यटनमा अलि धेरै सम्भावना देखेको छु ।
तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । यहाँ महिला हिंसा, घरेलु हिंसाका समस्ता कत्तिको आउछन् । आज समाजमा महिलाहरु पीडित भएकै हुन त ?
हाम्रो समाज पितृसतात्मक समाज हो । पीडित महिलाहरु आउनु हुन्छ, पीडाको स्तर हेरेर समाधानमा लाग्छु । महिला दिदी बहिनीहरुलाई अगाडि बढ्ने हौसला प्रदान गरिरहेको छु । तर मेरो बुझाई महिला मात्र पीडित हुन्छन भन्ने लाग्थ्यो होइन रहेछ पुरुष पनि पीडित रहेछन् । कतिपय पुरुषहरु पनि पीडा लिएर म काहाँ आउनु हुन्छ । महिलाहरु पीडा लिएर आइहाल्नु हुन्छ तर पुरुषहरु लिएर आउनु हुन्न । आजको समयमा पुरुष पनि पीडित भएको देखेको छु ।
समाजमा महिला या पुरुष बीचको समस्या के कारणले आउछ जस्तो लाग्छ । जुन न्यायिक निकाय सम्म आउछ ?
मुख्यतः गरीबी नै हो । मलाई लाग्छ यो समस्या गरीबसँग बढि जोडिएको छ ।
पहिला मानिसमा सामाजिक काममा म पनि लाग्नु पर्छ भन्ने सोच थियो तर अहिले हामीले भोट दिएर जिताएका प्रतिनिधिले गर्ने हो भन्ने सोच बढेको देखिन्छ भनिन्छ नि, हो ?
मलाई हो जस्तो लाग्छ । सामाजिक विकासमा एक्लो सरकार मात्रले गर्न कठिन हुन्छ । चेतना त नभएको भन्न मिल्दैन तर बुझेर बुझपचाएको जस्तो लाग्छ । वास्तविक सुतेकोलाई उठाउन सकिन्छ तर नाटक गरेर सुतेकोलाई उठाउन गाह्रो हुन्छ ।
कोरोना भाइरस माहामारीको संक्रमणलाई रोक्न कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
शुरुमा दुईजनामा संक्रमण देखिएको थियो । अहिले ठीक भएर घर फर्किसकेका छन् । वडा वडामा स्वास्थ्य कर्मीलाई सतर्क अवस्थामा राखेका छौ । १३ जना डाक्टर द्रुतसेवामा राखि सेवा प्रदान गरिरहेका छौ । आर.डि.टी, पि.सि.आर ३००÷४०० जनालाई गराई सक्यौ गराउने काम भैरहेको छ, यसमा ७ जनालाई पोजिटिभ देखियो । किटको समस्या छ । क्यारेन्टाइनका लागि ३ वटा सामुदायिक स्कूललाई तयारीको अवस्थामा राखेका छौ । चारवटा अस्पताललाई विशेष जिम्मेवारी दिएका छौ । ७००÷८०० सयको संख्यामा स्वयंसेवक खटिनु भएको छ संक्रमित व्यवस्थापन गर्न । क्यारेन्टाइन सुविधा युक्त बनाउने प्रयासमा लागि रहेकाछौ ।
कोभिड–१९ बाट विश्व नै आक्रान्त छ । यसबाट दैनिक ज्यालादारीका मजदुर बढि प्रभावित देखिन्छन् । ती मजदुरको हितको लागि यहा“हरुले कस्तो व्यवस्थापन गर्नु भयो ?
मलाई लाग्छ राहत बाँड्ने समय नै नभई राहत बाँडिएछ । डाटा संकलन गरेर राहत व्यवस्थापन ग¥यौ डाटा त २२००० को आएको थियो, त्यसमा लक्षित वर्ग छुट्याएर हाम्रो नगरपालिकाले १४०००÷१५००० हजार जनालाई राहत बाँड्यो । चैत्र १५÷१६ बाट नौ वटै वडामा मेस चलायौं त्यसमा दैनिक १४००० हजार जनाले खाना खानुहुन्थ्यो पछि बैशाख २५÷२६ देखि बन्द गरियो । यसको नियन्त्रण कहिले अन्यौलमा प¥यौ । संक्रमण धेरै बढ्न लागेपछि बन्द गर्नु नै पर्ने भयो ।
कोभिड–१९ ले विश्वमा आर्थिक मन्दी ल्याउने निश्चित छ भनेर धेरै विद्धानहरुले भनेको सुनेका छौ । यस नगरपालिकाले आगामी आ.व मा कस्तो आर्थिक नीति अवलम्बन गर्ने योजना बनाईरहेको छ ?
प्रथमतः यस माहामारीलाई नै बढि प्राथामिकता दिन्छौ । पहिला त नागरिक बाँच्न पाउनु पर्छ । रोजगारी सृजनामूलक योजना ल्याउन छलफल भैरहेको छ । यसका लागि आय गर्नु पर्ने हुन्छ, त्यसलाई करको दायरा बढाउने स्रोतको पहिचान गरिरहेका छौ । सरकारले पनि यसका लागि केही व्यवस्थाको घोषणा त गर्ला । त्यसबाट पनि हामीले कस्तो योजना ल्याउने भन्ने कुरा निश्चित गर्न हामीलाई सहज हुन्छ ।
कतिपय विकास योजना र कार्यक्रम ल्याउदा नगरकमिटी बीचमा असहमति देखिएको पनि पाईन्छ । यसले कतिपय राम्रा योजना पनि ओझेलमा परेका छन् । यहा“ यो समस्या छ/छैन ?
छैन । बजेट विनियोजन समान गरेका छौ । आवश्यक्ता र महत्वलाई प्राथामिकता दिएका छौ । बैचारिक असहमती होला तर नगर विकासका लागि एक मत भएर हिडेका छौ ।
चुनावको समयमा यहाँहरुले आम नागरिक समक्ष गरेका प्रतिवद्धता पुरा हुन्छन् ?
धेरै पुरा हुन्छन् । अव दुई वर्ष कार्यकाल बाँकी छ । अहिलेको समस्या यहाँहरु सबैलाई विविधै छ यसले कतै प्रतिवद्धतालाई छाँयामा पारिदिन्छ की ।
अन्तमा आम नगरवासीलाई के भन्न चाहनु हुन्छ ?
यस माहामारीमा हामी सबैले संयमता अपनाउ । सबैलाई सुरक्षित रहन आग्रह गर्दछु । यसमा प्रत्येक व्यक्तिको ठूलो जिम्मेवारी छ सबैले आफ्नो जिम्मेवारी पुरा गरौं ।
व्यस्त समयमा हामीलाई समय दिनुभो । यहाँलाई धन्यवाद !
मेरा विचार राख्ने अवसर पाएँ । यहाँ र रेसुङ्गा टुडे साप्ताहिकलाई धेरै धेरै धन्यवाद ।
प्रस्तुति : केशव आचार्य