सलह नियन्त्रणसँगै रोजगारीको सृजना

काठमाण्डौ । प्रदेश नं ५ सरकारले सलह नियन्त्रण गर्ने सबै भन्दा उपयुक्त विधि सञ्चालनमा ल्याएको छ । जसले यो बन्दाबन्दीको समयमा सलह समातेर जम्मा गर्ने र जसको मूल्य प्रति के.जी २० रुपैयाँ दिने निर्यय गरेको छ । यसले बन्दाबन्दीमा अलमलिएर त्यतिकै बस्नुभएको आम मानिसलाई र किसान दुवैलाई राहत प्रदान गरेको देखिन्छ ।
सरकारले सलह लिएर आउनासाथ नगद लिएर जाने व्यवस्था मिलाएको छ । यसले एकातिर सलह नियन्त्रण गर्न सहयोग पुग्छ भने अर्को तर्फ केही नगद स्वरुप प्रोत्साहन पनि मिल्छ । सलह किराले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ ।
सहल किरा नष्ट गर्नको लागि मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर बालिमा छर्कनु पर्ने सुझाव मन्त्रालयको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए । साथै मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट ग¥यो भने रोपाई नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गरेको छ । सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसानले सावधानी अपनाउनुपर्ने हुन्छ ।
सलह किरा बालीमा बस्दा बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनालीलाई क्षति गर्छ । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । यो हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । यो पश्चिम नेपालको गुल्मी र पाल्पामा बढि देखिएको छ ।