‘कोरोनाले रेमिट्यान्समा असर नहुने’

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले विश्व महामारी कोरोनाको असर नेपाल भित्रिने रेमिट्यान्समा नपर्ने बताएका छन्।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले भने ‘कोरोना संक्रमण र त्यसपछि भएको विश्वव्यापी कारणले रेमिट्यान्समा जति असर पर्ने आँकलन थियो, त्यस्तो नहुने देखिएको छ ।’
अन्तर्राष्ट्रिय श्रम बजारमा रहेको नेपालीहरु ठूलो मात्रामा फर्किने आँकलन गरे पनि त्यो नहुने देखिएको उनले बताए।
विगतका वर्षहरुमा ७०÷७५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स आउनेमा यो वर्ष जेठमा १ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको जानकारी दिँदै अर्थमन्त्री खतिवडाले यो अत्यन्त सकारात्मक भएको बताए।
विदेशमा कामहरु खुल्न थालिसकेको र नेपाली कामदारको माग समेत आइसकेकोले अब त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाले बताए ।
रेमिट्यान्स प्रभाव नहुँदा नेपाली बैंकहरुमा तरलता अभाव हुने आँकलन गरे पनि त्यो समस्या नहुने देखिएको वताउँदै उनले भने, ‘एउटा कुरा छिमेकी मुलकुमा रहेको ठूलो श्रम संख्या भने फर्किएको छ। जसकारण अहिले बेरोजगारीको समस्या रहेको छ। तर पनि अहिले भने त्यो आउने क्रम पनि रोकिएको छ।’