संस्कार र संस्कृति सहितको परिवर्तन जनप्रतिनिधिका लागि सकारात्मक

- भिम न्यौपाने, प्रमुख, पनौती नगरपालिका, काभ्रे

आफ्नो क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक परिवर्तन स्थानीय जनप्रतिनिधिबाट नै सम्भव हुन्छ । स्थानीय जनप्रतिनिधि सरकारको काम गर्ने सबै भन्दा तल्लो निकाय हो यसले नै सरकारको नीति तथा कार्यक्रमलाई सफल बनाउने हो । वर्तमान समयमा यदि स्थानीय तह थिएन भने कोभिड–१९ कुन हालतमा पुग्थ्यो । यस माहामारीमा नागरिकको अविभावकत्व स्थानीय निकायले निभाएको छ । पनौती नगरपालिका यसमा तल्लिन छ लागि पर्छ । पनौती नगरपालिकाको वर्तमान वस्तु स्थितिलाई समेटेर नगरपालिकाका प्रमुख भिम न्यौपानेसँग रेसुङ्गा टुडे साप्ताहिककर्मी केशव आचार्यले गरेको संवाद ।
तपाई नगरप्रमुख भएको लगभग तीन बर्ष पूरा भैसकेको छ । नगरवासीको जिम्मेवारी पूरा गरिरहँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?

यसमा हामी सबै सन्तुष्ट छौ । हाम्रा योजनाहरु तिब्र रुपमा अगाडि बढिरहेको अवस्थामा अप्रत्यासित माहामारी आइलाग्यो । यो कोभिड–१९ को कारण हाम्रा निकै कार्यक्रमहरु पछि पर्ने देखिन्छ । हामीले योजनामा समेटेका योजना तथा कार्यक्रमहरु आगामि दिनमा पनि निरन्तरता दिन्छौ । सामाजिक बालबालिका सम्बन्धि धेरै कार्यक्रमहरु अगाडि बढाइरहेका थियौं तर विद्यमान माहामारीले यसलाई प्रभावित बनायो ।
यस ऐतिहाँसिक पनौती नगरपालिकाको भौगोलिक अवस्था बारे बताइदिनुस् न ?
पनौती नगरपालिका ११८ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । वि.सं २०५३ सालमा ६ वटा गा.वि.स मिलेर बनेको नगरपालिका हो तर अहिले यसमा ४ वटा गा.वि.स र एउटा अर्को गा.वि.सको केही भुभाग मिलाएर बनेको यस नगरपालिकामा १२ वडा छन् । ग्रामिण क्षेत्र यसमा बढि पर्दछन् जसमा ११ वटा वडा ग्रामिण वडामा पर्छन भने एउटा मात्र वडा शहरी वडामा पर्छ ।
यो एउटा धार्मिक इतिहाँस बोकेको नगरपालिका हो । यसको संरक्षणमा यस नगरपालिकाले कस्तो कदम चालिरहेको छ ?
पनौती नगरपालिका प्रपर रुपमा भन्नु पर्दा पनौती बजार हो । यसै पनौती बजार र यससँग सम्बन्धित धार्मिक साँस्कृतिक पहिचानको आधारमा नाम पनि पनौती नै राखिएको थियो । वडा नं ७ पुरातात्विक रुपमा सम्पन्न छ यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नको लागि सिफारिस गरेका छौ सायद अर्को वर्ष यो सौभाग्य मिल्छ नै भन्नेमा विश्वस्थ छौ । पनौती नै विश्वसम्पदा सूचीमा यसै नामबाट सूचिकृत हुन्छ । खोपासी बजार चौकोट बजार हाम्रा पुराना इतिहाँस बोकेका बजार हुन । यि बजारको धार्मिक, साँस्कृति ऐतिहाँसिक र यसको वास्तविक स्वरुपलाई बचाईराख्न लागि परेका छौ । कृषि र धार्मिक पर्यटनलाई ठूलो महत्व दिएर यसको संरक्षण र विकासमा हामी स्थानीय प्रतिनिधि लागिरहेका छौ । स्थानीय वासीलाई पनि प्रतिनिधिहरु काम गरिरहेका छन है भन्ने विश्वास चाहि जितेका छौ । पुण्यमाता, रोशी, लिलावती लगायतका खोलानालालाई यसको प्राकृतिक सौन्दर्यता नबिग्रने गरि संरक्षणको गुरुयोजना अनुसार काम गरिरहेका छौ ।
यो तीन वर्षको दौडानमा आम नागरिकलाई अनुभूति हुने गरिे के के काम गर्नु भयो ?
जनताका आकांक्षा धेरै छन् । बिस वर्ष पछि बनेको स्थानीय तह हो यो अवधिमा जनताका आकाक्षा धेरै हुन स्वभाविक पनि हो । बाटो, घाटो, खानेपानी, नहर कुलो लगायतका काम ग¥यौ यि सबै आवश्यक्तामा पर्थे गरियो । यति गरियौ उति गरियौ भन्नु भन्दा पनि नेपाल सरकारको एक वडा एक स्वास्थ्य चौकी भन्ने अभियान थियो हामीले वडा नं ३ मा स्वास्थ्य चौकी निर्माण गरिसके पछि यो अभियान पुरा हुन्छ । आम नागरिकको आय आर्जन सृजना गर्न भैसीको पाडा वितरण ग¥यौ यसले कृषि उत्पादन बढाउन मद्धत गर्ने र दुधमा आत्म निर्भर गराउने हँदा यो सफल रुपमा अगि बढेको छ । फोहोर व्यवस्थापनमा समस्या थियो यसलाई व्यवस्थित ढंगबाट समाधान गर्ने योजना अगाडि बढाएका छौ । पुण्यवती सिंचाई र करिडोरको निमार्ण र क्षेत्रीय रंगशालाको निर्माण, वि.पि राजमार्ग सँगको सहजता, अस्पतालको योजना पुरागर्न हामी निरन्तर लागि रहेका छौ । यि नियमित रुपमा पुरा हुदै जान्छन ।
वडाले छनौट गरेको तथ्यांङ्कको आधारमा कृषकलाई भैसीको पाडा बाँडिराछौ भन्नु भो यो नगरपालिकाले नै भिकाएर निःशुल्क वितरण गर्नु भएको हो ?
होइन । नगरपालिकाले टेण्डर मार्फत झिकाउछ र वडाबाट छनौट भएको आधारमा रु ५ हजार किसानसँग लिएर वितरण गछौं । तीन वेत सम्म बेच्न किसानले पाउनु हुन्न त्यस पछि बिक्री गर्न पाउनु हुन्छ । हामीले झिकाउदा प्रत्येक पाडीको मुल्य ३३ हजार पर्छ । विमा समेत हामीले नै गरिदिन्छौ । राम्रा पाडी खोज्न पनौती जाउ भन्ने नारालाई पुरागर्ने अभियानका छौ ।
पाँच हजार त किसानसँग लिनु हुन्छ अरु पैसा नगरपालिकाले व्यवस्था गर्ने हो ?
नगरपालिकाले अनुदान दिन्छ । यो वर्षै पिच्छे वितरण हुदै जान्छ । १००४ जना किसानको सूची छ प्राथामिकताको आधारमा वितरण गर्दै जान्छौ ।
पनौती नगरपालिकाको समग्र शैक्षिक विकास कस्तो छ ? बताइदिनुस् न ।
यस नगरपालिकामा शिक्षाको अवस्था राम्रो छ । यसलाई थप गुणस्तरीय बनाउनु पर्छ भनेर नगरपालिका लागिरहेको छ । अहिले हाम्रो साक्षरता दर ७६.३१% छ ३४ वटा सरकारी स्कूल १९ वटा निजी स्कूल छन् । ३ वटा क्याम्पस छन् । एस. ओ.एस बालग्राम मार्फत ९–१२ सम्मको प्राविधिक कृषि शिक्षा प्रदान गर्ने कार्यक्रम छ । शिक्षा क्षेत्रलाई व्यवहारिक, प्राविधिक र उत्पादन मुखि बनाउने सोच राखेर विज्ञसँगको छलफलमा लागिरहेका छौ । स्कूलका भवनहरु बनिसकेका छन् सामुदायिक स्कूलको गुणस्तर बृद्धिमा पहल गरिरहेका छौ ।
स्वास्थ्य क्षेत्र त अहिले पहिलो प्राथामिकतामा प¥यो नी । यस नगरपालिकाको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?
हो, पहिले ३/४ नम्वरमा पर्ने स्वास्थ्य क्षेत्रको प्राथामिकता अहिले पहिलोमा परेको छ । वडा नं ३ मा बनिसके पछि सबै वडामा स्वास्थ्य चौकी हून्छ । १५ वटा स्वास्थ्य संस्था छन । स्वास्थ्यको अवस्था राम्रो छ । अहिले सबै मानिसहरु स्वास्थ्य संस्था खोजी खोजी आउने वातावरण बनेको छ । स्वास्थ्य कर्मीहरुलाई राम्ररी खटाएका छौ । संक्रमणको समस्या आउन नदिन होसियारी अपनाई रहेका छौ ।
पनौती नगरपालिकाको आम्दानीको मुख्यस्रोतहरु के के हुन ?
कृषि, धार्मिक पर्यटन र प्रशासनिक आय नै हो । ढुङ्गा, वालुवा, गिटी, माटोको विक्री वितरणलाई व्यवस्थित गरि आय गर्दा राम्रो स्रोत बन्न पुग्छ । आम्दानीका स्रोतको दायरा बढाउने लक्ष्य छ ।


वर्तमान समयमा नगर कमिटीहरुमा योजना तथा कार्यक्रमहरु लागु गर्ने क्रममा केही मतभेद हुने गर्छ भनिन्छ नी हो ?
हाम्रो नगरपालिकामा छैन । पुरानो नगरपालिका भएकोले इमान्दार र अनुभवी कर्मचारी हुनुहुन्छ । विषयगत कर्मचारीको अलि अभाव हो तर कर्मचारीको चाहि अभाव छैन । हामीमा समझदारीपन छ ताना तानको स्थिति छैन । पार्टीगत रुपमा बरावर प्रतिनिधित्व छ ।
आज नागरिक र सरकारबीचको मतभेद चरम रुपमा अगाडि बढेको पाईन्छ । के यो कर्तव्य र जिम्मेवारी वोधको समस्या हो ? तपाईलाई के लाग्छ ?
म केन्द्रिय सरकार, प्रदेश सरकारको कुरा गर्न चाहन्न किन भने म स्थानीय सरकारको प्रतिनिधि हुँ । हामी स्थानीय प्रतिनिधि पनि कहिले काँही राजनीतिक रुपमा भड्केर, कानून नीतिलाई अलिक बढि प्रयोग गर्न खोज्दा केही समस्या आउछ । अहिले एउटाले गल्ती गर्दा सबैको आलोचना गर्ने प्रवृति हुनु भएन । एउटा मन्त्रीले गल्ती गर्दा सरकार कै आलोचना हुनु राम्रो होइन । जसले गर्छ त्यसैले भोग्ने वातावरण सृजना हुदा यो खतम भएर जान्छ । संस्कार र राजनीतिक परिवर्तनको तालमेल नमिलेर यो समस्या आएको हो जस्तो लाग्छ ।
राजनीतिक परिवर्तन मात्रै भयो संस्कार चाहि परिवर्तन नै नभएको होर ?
हुदै नभएको चाहि होइन । तर जुन दरमा राजनीतिक परिवर्तन भएको छ सोही दरमा संस्कारमा परिवर्तन कम भएको हो । हामी पनि कहिले काँही भड्केर पुरानै संस्कारमा पुग्छौ । अपेक्षाकृत रुपमा परिवर्तन नभए कै हो ।
यस नगरपालिकालाई सुविधा सम्पन्न नगरपालिका बनाउन सरकारले कस्तो नीति ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ ?
हामी तीनै तहका सरकार एकिकृत रुपमा अगाडि बढ्दा समृद्धि टाढा चाहि छैन । स्थानीय सरकार कार्यन्वयन तहको सरकार हो । स्थानीय तह सशक्त रुपमा अगाडि बढेकोले आगामी दिनमा सूचकहरु बढ्ने देखिन्छ । हामीहरु नै सशक्त हुनु पर्छ । सुविधाहरु बढ्दै गएका छन, यसले मानव विकास सुचकहरु बढिरहेको छ बढ्छ ।
कोभिड–१९ ले आज विश्व नै बन्दाबन्दीमा छ । आर्थिक कृयाकलाप ठप्प छ । सामान्य परिवारलाई विहान बेलुकाको छाक टार्ने समस्या परेको छ । तीनलाई हाम्रो नगरपालिकाले कसरी राहतको प्याकेज दियो ?
नगरपालिकाको सबै वडाबाट विपन्न र अति विपन्न परिवार गरि डाटा संकलन ग¥यौ । नगरपालिका र विभिन्न संघसस्थाबाट लगभग ५० लाख जतिको राहत सामाग्री संकलन भएको थियो । त्यसवाट १५÷१५ किलो चामल लगायतका समान ४ पटक बाँडियौ यसबाट ३५०० परिवार लाभान्वित हुनु भयो । कोभिड–१९ कै राहत कोष खडा गरि नगरपालिकाले ३५ लाख राखेर शुरुगरेको कोष आज लगभग १ करोडको बनेको छ ।
कोभिड–१९ को संक्रमण रोक्न यहाँहरुले कस्तो तयारी गरिरहनु भएको छ ?
हामीले सवै वडाका स्वास्थ्य चौकिहरुलाई र स्वास्थ्य कर्मीहरुलाई सशक्त रुपमा परिचालन गरेका छौ । उहाँहरुलाई अगाडि लाएर हामी पछि पछि लागेका छौ । महिला र पुरुष गरि छुट्टा छुट्टै क्यारेन्टाइनको व्यवस्था गरेका छौ । पि.सि.आर टेष्ट गराईरहेका छौ । आर्मीका, पुलिसका साथीहरुले यसमा सहयोग गरिरहनु भएको छ । एक जनामा पेजिटिभ देखिएको थियो पछि ठीक भएर गएपछि अहिले हाम्रो नगरपालिका कोरोना विहिन छ ।
कोभिड–१९ समस्या मात्र हैन अवसर पनि हो भन्ने पनि सुनिन थालेको छ । यहाँलाई के लाग्छ ?
हो । यसले अवसर पनि ल्याएको छ । चुनौति सृजना भयो जसले गर्दा अवसर आयो । बाँजो जग्गा खेतियोग्य बन्न पुग्यो, आम विदेशीयका नागरिकलाई देशकोे महत्व वोध भयो, विदेशी सीप र प्रविधि प्रयोग गर्ने अवसर मिल्यो, कृषि पशु पालनलले गति लियो, केही गर्नुपर्छ भन्ने सोच विकास भयो तसर्थ यो अवसर हो ।
तपाईहरुले चुनावताका आम नागरिकहरुबीचमा गरेका प्रतिवद्धताहरु यो कार्यकाल भित्र पुरा हुन्छन नी ?
सबै प्रतिवद्धता पुरा हुदैनन् । आधा आधि पुरा हुन्छन । सबै पार्टीको घोषणा पत्र अवलम्वन गरेका छौ । सबै कुरा हामी आफैले भन्दा बढप्पन हुन्छ तपाईहरुजस्त पत्रकार साथीहरुले औल्याइदिनु प¥यो । सबै योजना ५ वर्ष भित्रका हुदैनन् । तर यसको गोरेटो कोर्ने काम चाहि अवश्य भएको छ । १२ वटा गौरवका आयोजना भनी घोषणा गरेका छौ ।
अहिले खेतियोग्य जमिन घरघडेरीको रुपमा परिवर्तन भै रहेको देखिन्छ । यसलाई रोक्न यस नगरपालिकाले कस्तो कदम चालिरहेको छ ?
विशेषतः भैंचालो पछि पाहाड डाँडाबाट सम्म ठाउँमा बसाइ सर्ने प्रचलन बढ्यो । यसले गर्दा समथर भुभाग घरघडेरीको रुपमा परिवर्तन भयो । कसरी रोक्न सकिन्छ भनेर गुरुयोजना बनाइरहेका छौ । यसले बसोबास कता राख्ने, कृषि जमिन कता राख्ने र औद्योगिक क्षेत्र कता राख्ने भन्ने वारेमा अवका दिनमा निर्णय गछौ । नीति कार्यन्वयन पूर्णरुपमा लागू गर्ने हो भने यसमा समस्या नै आउदैन ।
यस नगरपालिकाको प्रमुख उत्पादनको स्रोत कृषि र पशुपालन भन्नु भयो । कृषिमा कृषकलाई के कति प्रात्साहित गर्नु भएको छ ?
सुन कागती, किवि, जापानीज अलैंची, दाँते ओखर, तरकारी लगायतका विउ विरुवा वितरण सिंचाईको लागि लिलावती सिंचाई परियोजना सञ्चालन भै रहेको छ । कृषि प्रोत्साहन कै लागि भैसीको पाडी वितरण त तपाईलाई भनी सकें ।
हामीलाई समय दिनु भयो यहाँलाई धन्यवाद !
काठमाण्डौ देखि आएर आफ्ना विचार राख्ने अवसर दिनु भयो यहाँहरुलाई धेरै धेरै धन्यवाद ।