दुवै मित्रराष्ट्रसँग समानान्तर सम्बन्ध राखौं
काठमाण्डौ । नेपालको भू–भागको विषय वर्तमान समयमा चर्चाको विषय बनिरहेको छ । भारतले नक्सा जारी गरि बाटो बनाइसकेपछि चुलिएको सीमा विवादले गन्तव्य त पाएको छैन तर छिमेकी बीच एक अर्कामा देषारोपण गर्ने प्रवृति बढाएको छ । यसमा नेपाल सरकारको आफ्नो धारणा भने स्पष्ट हुन सकिरहेको छैन ।
यसै समयमा भारतले सीमा मिचेको विवादसँगै चीनले पनि मिचिरहेको भन्ने समाचार पनि सञ्चार माध्यममा पाइएको छ । फेरी सरकारले चीनले सीमा मिचेको छैन त्यस्तो समाचार प्रेषित गर्ने सञ्चार माध्यमलाई कारबाही गर्ने कुरा पनि सञ्चार माध्यममै पाईयो । यसले हामी आम नागरिकमा भ्रम सृजना गरिरहेको छ, वास्तविक मिचाहा भारत मात्र हो या चीन पनि ।
अझ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मुखबाट के सुन्न पाइयो भने– स्वेच्छिक रुपमा चीनमा गएका हुन् । यदि यसरी स्वच्छिक रुपमा कुनै पनि व्यक्ति वा समाजले म÷हामी भारत वा चीनमा गाभिने ईच्छा राख्छौ भन्ने हो भने सरकारले यसमा स्वीकृति दिन मिल्छ या मिल्दैन । भोली भारतको सीमाना नजिकको एउटा जिल्लाले नै म भारतमा गाभिन चाहन्छु भन्यो भने उक्त जिल्ला स्वेच्छिक रुपमा भारतमा गाभन पाउँछ ? ।
यस विषयले हामी आम देशवासीमा अन्योलता थपेको छ । सरकार यो विषय हामीलाई स्पष्ट होस् । हामी दुवै मित्रराष्ट्रसँग समान मित्रता कायम गर्न सकौं ।