हठातमा संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक : कांग्रेस

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन हठात अन्त्य गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।’
अधिवेशन अन्त्य बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग परामर्श त के पूर्व सूचनासमेत नदिइउको भन्दै कांग्रेस सरकारको नियतमाथि प्रश्न उठाएको छ ।