निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

गुल्मी । निजामति कर्मचारीको आधिकारिक टे«ड युनियन गुल्मीले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिवाट पारित निजामती कर्मचारी सेवा ऐनको विधेयकको विरोध गर्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत ज्ञापनपत्र बुझाएको हो ।

बहुमतको नाममा गणपूरक संख्या नै नरहेको अवस्थामा जबरजस्त रुपमा पारित गरेको बिषयप्रति निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन गुल्मीले खेद प्रकट गरेको छ ।

ज्ञापनपत्रमा प्रस्तावित निजामति सेवा विधेयक हाल सम्पूर्ण तह र श्रेणीका कर्मचारीहरुको सेवा–सुविधा, सुरक्षा एवं वृत्तिविकासका सन्र्दभमा पूर्ण रुपमा पश्चगामी र अन्याय पूर्ण रहेको उल्लेख छ ।

यसले सम्पूर्ण कर्मचारीहरु मनोवैज्ञानिक तथा भौतिक रुपमा नै आन्दोलित हुने अवस्था सिर्जना भएको बताईएको छ । बिहिबार निजामति कर्मचारीको आधिकारिक टे«ड युनियन गुल्मीका अध्यक्ष जयश्वर पन्थीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा १७ बुँदे माग राखिएको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा टे«ड युनियनका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले त्यस विरुद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ । जसअन्र्तगत शुक्रबार माग सहितको अपिल÷ह्याण्डवील वितरण गर्ने अध्यक्ष पन्थीले जानकारी दिए ।

असार २० गते विज्ञ, टे«ड यूनियनबीच छलफल एवं अन्तक्र्रिया गर्ने, असार २१ गते देखि मागपत्र छातिमा टाँस गरी आ–आफ्नो कार्यालयमा काम गर्ने र आगामी थप कार्यक्रम प्रकाशित गरिने पन्थीले बताए ।