राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने प्रवृतिको विकास गरौं
- लक्ष्मी नरसिंह बादे श्रेष्ठ, प्रमुख, बनेपा नगरपालिका, काभ्रे
केही गर्न सकिदैन नगरौ तर विगारेर चाँही नजाऔं । विरोधका लागि विरोध भन्दापनि राम्रो र नराम्रोलाई पहिचान गर्ने संस्कारको विकास भईदियो भने सामुहिक जागरुकता अभिवृद्धि हुन्छ । विकास समय सापेक्ष परिवर्तन हो, यो मानिसको सचेतना, शैक्षिकस्तर र शहरीकरणले चलायमान बनिरहेको हुन्छ । विकास स्थानीय तहको आवश्यक्ता र महत्वको आधारमा प्राथामिकिकरणबाट अगाडि बढ्छ । बनेपा नगरपालिका यसले अवका दिनमा पु¥याउने सेवा सुविधा, यस क्षेत्रको सामाजिक, आर्थिक साँस्कृतिक पक्षको सन्दर्भमा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठसँग रेसुङ्गा साप्ताहिककर्मी केशव आचार्यले गरेको कुराकानी ।
लगभग बिस वर्षपछि स्थानीय तहले पूर्णता पायो । यहाँले स्थानीय निकाय प्रमुख भएर सेवा गर्नु भएको पनि तीन वर्ष पुरा भयो । यो अवधिमा आमनागरिकको जिम्मेवारी पाएर काम गरिरहदा कस्तो अनुभूति भै रहेको छ ?
लामो अवधिपछि स्थानीय तह बनेको छ । यसले सिंहदरवार घर घरमा ढोका ढोकामा आयो भन्ने विषयले बजार ततायो तर घर घरमा सिंहदरवार आयो भन्ने चाँहि लागेन । म लामो समय प्रशासनिक क्षेत्रमा काम गरेको मान्छे निवृत भै सकेपछि राजनीतिमा लागें । ५५ वर्षको उमेरमा जागिरबाट रिटायर भएं त्यस पछि निरन्तर रुपमा नगरवासीको सेवामा लागिरहेको छु । कहिल्यै रिटायर नहुने काम के रहेछ भनेर हेर्दा यहि राजनीति रहेछ, यसैमा लागें । सायद यसैको आधारमा आम वनेपाका नगरवासिले विश्वास गर्नु भो खुशि छु । तन, मन धन लगाएर निरन्तर नगरवासिको सेवामा लागिपरेको छु ।
यस बनेपा नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा बताईदिनुुुुस् न ?
वि.सं २०३९ सालमा नगरविकास हुदै नगरपालिका भएको वनेपा नगरपालिका नेपाल कै सबैभन्दा सानो नगरपालिकाको रुपमा चिनिथ्यो । हाल अन्य गाउँपालिका र वडा मिलाएर यसको क्षेत्रफलमा विस्तार भएको छ । अहिले यस नगरपालिकामा १४ वटा वडा छन् । यसलाई काठमाण्डौको पूर्वको द्धार, पूर्वको वाणिज्य केन्द्र भनी प्रसिद्ध विद्धान नेत्र बहादुर थापाले आफ्नो भूगोल शिक्षामा उल्लेख गरेको पाईन्छ ।
प्राचीनकाल देखिकै इतिहाँस बोकेको यो नगरपालिकाको धार्मिक साँस्कृतिक महत्व स्पष्ट बताइदिनुस् ?
प्राचीन रुपमै पूर्वको द्धार भनेर चिनिने यो नगरपालिका आठवटा गणेशले घेरिएको छ । वरिपरि आठवटा गणेशले सुरक्षित गरेको, चण्डेश्वरी, चण्डिकेश्वर माहादेव लगायतका मठ मन्दिर यस नगरपालिकामा छन् । याहाँ ८ वटा पोखरी, ९९ वटा ईनार रहेको छ ।
यि साँस्कृतिक धरोहरहरुको संरक्षण र सम्वर्धनमा यस नगरपालिकाले कस्तो कदम चालिरहेको छ ?
लागि परेका छौ । यिनको पून निर्माण र जिर्णाेद्धार गरी पछि सम्मका पुस्तालाई जोगाएर राख्ने अभियानमा छौ । पोखरी मर्मत गर्ने काम भैरहेको छ । यो अभियान आउदा दिनमा पनि निरन्तर हुनुपर्छ भन्ने लाग्छ ।
यहा नगरप्रमुख हुनु पहिले र अहिलेको बनेपा नगरपालिकाको सामाजिक आर्थिक परिवर्तनलाई कसरी तुलना गर्नु हुन्छ ?
पहिलेको सानो नगरपालिका अहिले विस्तार भएर १४ वटा वडामा फैलिएको छ । हाल करिव ६० हजार जनसंख्या रहेको छ । यस नगरपालिकाको मुख्य लक्ष्य खानेपानीको सुविधा विस्तार हो यसका लागि हामी तीनवटा नगरपालिका वनेपा, पनौती र धुलिखेल मिलेर एकिकृत खानेपानी आयोजना शुरु गरियो ए.डि विको सहयोग छ । एक घर एक धाराको अभियान छ यो पुरा हुन्छ । १४ वटै वडामा सडक विस्तार भएको छ । वास्तवमा अहिले भौतिक पुर्वाधार विकासमा यहाँ कमि छैन । स्वास्थ्यको क्षेत्रमा पनि राम्रो छ, मोतिया विन्दु रोगीलाई रेयुकाईको सहकार्यमा निःशुल्क अपरेशनको सुविधा उपलब्ध गराइरहेका छौ । फोहोर व्यवस्थापनमा पनि इन्सिनरेटर मेसिन मन्त्रालयको स्वीकृत लिएर अगाडि बढिरहेका छौ । यसले वातावरण संरक्षणको साथै मल र जलविद्युत उत्पादनमा समेत मद्धत गर्दछ । तर यति राम्रो काममा पनि विरोध आइरहेको छ । पुण्यमाता खोला करिडोरको काम भैरहेको छ । चण्डेश्वरीबाट गोसाइकुण्ड सम्म सिंढी, साँस्कृतिक पाठशाला, टावर र पाँचतारे होटेल बनाउने काम भैरहेको छ यसले पर्यटकीय महत्व बढाउन सहयोग गर्नेछ ।
फोहोर व्यवस्थापनको मेसिन राख्दा विरोध भैरहेको छ भन्नु भयो । यो त राम्रो कुरा होईन र ? किन विरोध भएको हो ?
अहिले यो विरोधको संस्कार धेरै बढेर गयो । नराम्रोमा विरोध राम्रोमा समर्थन भन्दापनि फरक विचार भएका मानिसले जे गरेपनि विरोधै गर्नु पर्छ भन्ने संस्कारको विकास भयो । विरोधको लागि विरोध जस्तो देखिन्छ, जस अरुले लिन्छ भन्ने सोचको परिणाम हो । यो मेसिनबाट भियतनामले प्रचुर फाइदा लिरहेको छ, डेनमार्कले पनि यसै प्रविधिलाई अवलम्वन गरिरहेको पाईन्छ । यसले लगभग ३० प्रतिशत विजुली उत्पादन गर्न सकिन्छ भन्ने सुनेको छु । आम नागरिकमा राम्रो काममा समर्थन गरौं नराम्रो काममा विरोध गरौं । नराम्रो कामलाई कारवाहीको भागिदार बनाऔं यसले दण्डहीनतालाई अन्त्य गर्छ यसलाई शिरोधार्य गरौं भन्ने आग्रह गर्न चाहन्छु ।
यस नगरपालिकाको शैक्षिक र स्वास्थ्यको स्थिति कस्तो छ ?
साक्षारता घोषणा भै सकेको नगरपालिका हो । शैक्षिक स्तर राम्रो छ यसलाई थप गुणस्तरीय बनाउने अभियान जारी नै छ । स्वास्थ्यको कुरा गर्दा यस नगरपालिकाको साविक ५ वटा वडामा हस्पिटल नै छन वाँकी ९ वटा वडामा स्वास्थ्य चौकी छन यिनीहरु थप सुविधा सम्पन्न बनाउदै लगिएको छ ।
यहाँ नगरप्रमुख भै सकेपछि यस नगरपालिकामा नगरवासीले प्रत्यक्ष अनुभूति गर्न लायक कामहरु के के गर्नु भयो ?
सबै भन्दा ठूलो काम त त्यहि एकिकृत खानेपानी कै काम हो । यो एकघर एक धारा अभियानमा छ यो पुरा हुन्छ । अर्को फोहोर व्यवस्थापन हो यसको लागि इन्सिनरेटर मिसिन व्यवस्था गरेका छौ जसका लागि मन्त्रालयबाट स्वीकृति लिन पेश गरेका छौ । त्यसैगरी पुण्यवती करिडोरको योजना हो यो बन्ने काम भैरहेको छ । चण्डेश्वरीबाट गोसाइकुण्ड सम्म सिंढी, साँस्कृतिक पाठशाला, टावर र पाँचतारे होटेल बनाउने काम भैरहेको छ ।
अवका दिनमा वनेपा नगरपालिकाले सामाजिक आर्थिक विकासका लागि कस्ता कार्यक्रमहरु तय गरेको छ ? यसका आम्दानीको मुख्य स्रोतहरु के के हुन ?
कृषिमा आधुनिकिकरण गर्ने काममा लागेका छौ । कृषकलाई ट्रयाक्टर वितरण गरि कृषि व्यवसायिकरण तर्फ अगाडि बढेका छौ । यसमा राम्रो भविश्य देखेको छु । पर्यटनको खासै सम्भावना त छैन तर धार्मिक पर्यटन केहीमात्रामा देखिन्छ, चण्डेश्वरी गोसाइकुण्ड सिंढी निर्माण गरि पर्यटकीय पदमार्ग मार्फत पर्यटनलाई अभिवृद्धि गर्ने योजना बनाएका छौ । नगरपालिकाको आम्दानीको स्रोतको कुरा गर्नु पर्दा मुख्यतः व्यवसायिक कर नै हो । यो व्यवसायिक नाका भएकोले यसलाई थप व्यवस्थापन गर्ने सोचमा छौ ।
कृषिमा आधुनिकिकरणको कुरा गर्नु भयो तर कृषियोग्य भूमि त सबै घरघडेरीमा विकास भैरहेको छ त ? यसलाई रोक्न कस्तो कदम चालिरहनु भएको छ ?
यो बडा अप्ठ्यारो कुरा छ । मानिसले आफ्नो स्वामित्वमा रहेको जग्गा उसैको मर्जी अनुसार उपभोग गर्छ ।म मेरो जग्गामा कृषि गर्न सक्दिन बेचेर उपयोग गर्छु भन्न पाउछ । जग्गाबाट हुने उत्पादन र जग्गा बेचेर आउने आय तुलना गर्दा आकाश जमिनको फरक छ यसर्थ मानिसले जग्गामा खेती गर्ने भन्दापनि त्यसैलाई बेचेर बैंकमा राखेर आरामले व्याज खाने सोचको विकास गरेको छ । करोडौ पर्ने जग्गामा बाली लगाउदा कती उत्पादन हुन्छर त्यसलाई मानिसले तुलना गर्न थाल्यो ।
के यो नीतिगत कमजोरी हो त ?
नीतिगत कमजोरी नै त भन्दिन । तर आम नागरिकको बुझाईमा परिवर्तन आएमा यो कठिन पनि छैन । व्यक्तिगत स्वामित्वलाई सरकारले केही गर्न पनि मिल्दैन र सक्दैन पनि ।
हाल विश्व नै कोभिड–१९ बाट आक्रान्त छ । नेपाल पनि यसवाट अछुतो छैन । यसलाई थप संक्रमण हुन नदिन यस नगरपालिकाले के के कार्यहरु गरिरहेको छ ?
यस नगरपालिकाले सरकारले बन्दाबन्दी गर्नु भन्दा एक दिन अगि देखि नै बन्दाबन्दी शुरु ग¥यो । आम नगरवासीलाई सुरक्षित रहन सचेतना कार्यक्रम सञ्चालन ग¥यो । टोल टोलमा औषधी छर्कने काम ग¥यो । स्वास्थ्य सम्बन्धी संस्थालाई सक्रिय राख्ने काम गरिहेको छ ।
सबै स्थानीय निकायले आफ्नो निकायमा सामान्य जीवन यापन गर्ने मजदुर वर्गलाई राहत बाँडेको सुनियो । सामुहिक खाना बनाएर खुवाएको पाइयो । यस समयमा यस नगरपालिकाले त्यस्ता वर्गलाई कस्तो राहत वितरण ग¥यो ?
यसमा नेपाल सरकारको परिपत्र अनुसार समाजको व्यक्तिको स्तर पहिचान वडा मार्फत संकलन गरि राहत वितरण गरियो । पहिलो पटक लगभग ४७ लाख वरावरको खाद्यान्न वितरण ग¥यौ । अहिले सम्मपनि केही राहत वितरण गरिरहेका छौ । पछि पनि विभिन्न संघ संस्थामार्फत खाद्यान्न सहयोग प्राप्त भएको थियो त्यसलाई वितरण गरियो । यहि नगरपालिकाको कार्यलयबाटै ११० जनालाई वितरण गरियो । खानै पाएनौ भन्नेलाई अहिले पनि नगरपालिकाले वितरण गरिरहेको छ ।
एकातिर यो माहामारी अर्को तिर राम्रै काममा पनि विरोध हुँदा हुँदै यहाले चुनावताका गरेका प्रतिवद्धता पुरा हुन्छन् ?
खराव कामको विरोध गरौं राम्रो कामको समर्थन गरौ भन्न चाहन्छु । आमनागरिकका अपेक्षा धेरै छन तिनलाई पुरा गर्न साधन स्रोतको कमि छ । भएका स्रोत साधनको प्राथामिकिकरण गरेर काम गर्नुपर्ने हँुदा सबै काम पुरा हुन्छन नै भन्ने छैन । यो सबै पुरा हुन स्रोतकै वृद्धि गर्नु पर्ने हुन्छ, स्रोत नै मुख्य कुरा हो ।
स्थानीय निकाय र नागरिक बीचमा बेला बेलामा विभिन्न मतभेदहरु भैरहेको सञ्चार माध्यममा सुनिरहेका छौ । यसो हुनाको कारण यहाँलाई के होला जस्तो लाग्छ ?
नगरिकको आकांक्षा र स्रोत साधनबीचको तालमेल नमिलेको हो । स्रोतसाधन कम नागरिकको आवश्यक्ता बढि यसले गर्दा सबैलाई आफ्ना आवश्यक्ता छिटै पुरा गर्नु पर्ने हुन्छ । आफुले तुरुन्तै छिटै पुरागर्न पाउनु पर्छ भन्ने सोचले मतभेद सृजना भईरहेको जस्तो लाग्छ ।
सरकारले कस्तो नीति अवलम्वन गरिदिए वनेपा नगरपालिकालाई सुविधा सम्पन्न नगरपालिका बनाउन सकिन्थ्यो जस्तो लाग्छ ?
सरकारको नीति भन्दापनि स्रोत उपलब्धता महत्वपूर्ण कुरा हो । स्थानीय तहसँग प्रशस्त स्रोत साधन हुने हो भने स्थानीय तहले नै सुविधा सम्पन्न बनाउने काम गर्न पाउँछ । स्रोत साधन अभिवृद्धि गर्ने नीति आजको आवश्यक्ता हो । स्रोत साधन प्रशस्त हुने हो भने नगरपालिका नगरको कुनै पनि आवश्यक्ता परिपूर्ति गर्न पछि पर्दैन ।
यहाँ धेरै अनुभव बटुलेको नगरप्रमुखको रुपमा पनि चिनिनु हुन्छ । पहिले र अहिलेको सामाजिक काममा जनसहभागिता कत्तिको पाइरहनु भएको छ ?
छ तर थोरै मात्रामा । हरेका ठाउँमा जनसहभागिता भनिएको छ कहाँ कति गर्ने, आम नागरिकलाई पनि अलिक कठिनै छ । पहिले भन्दा अहिले महत्वकांक्षा धेरै भएकोले सामाजिक काममा खट्ने संस्कार अलिक कम हुदै गएको अनुभूति भैरहेको छ ।
अन्तमा यहाँको छुटेको महत्वपूर्ण कुरा केही छ की ?
उपलब्ध स्रोतसाधनको सदुपयोग गरौ । हामी सबै नगरविकास कै लागि चुनिएका हौ, सक्छौ सहयोग गरौ सक्दैनौ विगार्ने काम चाहि नगरौं । माहामारीबाट सचेत रहौं । नगरपालिका यहाँहरुको सेवामा सदैब लागिरहेको छ लागिरहन्छ भन्न चाहन्छु ।