संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार विगत २४ घण्टायता नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ।
जसमध्ये प्रदेश नं. १ मा ६९५ जना, प्रदेश नं. २ मा ४१६०, वागमती प्रदेशमा ५६३ जना, गण्डकी प्रदेशमा ११४२, प्रदेश नं. ५ मा ३९६८ जना, कर्णाली प्रदेशमा १५७९ जना र सुदूरपश्चिम प्रदेशमा ३६७८ जना रहेको छन् । संक्रमितहरु मध्ये ६५४७ जना निको भएर ढिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म कोरोना संक्रमण देखिएका ३४ जनाको मृत्यु भएको छ ।