थपिए ११८ संक्रमित, संक्रमितको संख्या १६ हजार ६सय ४९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६सय ४९ पुगेको छ।
आज थपिएकाहरु मध्ये ४१ जना काठमाडौं उपत्यका हुन । उनीहरु मध्ये काठमाडौंमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले बताएका छन्।
हालसम्म ८ हजार ११ जना संक्रमितहरु निको भएर घर फर्किएका छन्। मत्रालयका अनुसार हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्।

देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना नमुना परीक्षण गरिएको थियो । हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।