आश्वासन र अपेक्षाबीचको तालमेलले दिगो विकास सम्भव हुन्छ

– टोक बहादुर वाईवा, प्रमुख, मण्डनदेउपुर नगरपालिकाका, काभ्रे

समयको परिवर्तनसँगै देशमा व्यवस्था पनि परिवर्तन भै रहेको छ । म आफै पंञ्चायत देखि गणतन्त्रसम्म जनप्रतिनिधि भएर सेवा गर्ने अवसर पाएको मान्छे । आज जनताको छोरो देशको प्रमुख बनेको अवस्था छ जनताको घर दैलोमा सरकार पुगेको छ । परिवर्तनले शिखर चुमेता पनि हामी आमनागरिकको सार्वजनिक सहभागितामा अपनत्वको वोधमा कमि भएको पाईन्छ । जनप्रतिनिधिले नै सबैकाम गरिदिनु पर्छ भन्ने सोचमा परिवर्तन गरौं । मण्डनदेउपुर नगरपालिकाको समग्र विकास सन्दर्भमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईवासँग रेसुङ्गा कर्मी केशव आचार्यले गरेको संवाद ।
आम नगरवासीको विश्वास जितेर आज यहाँ हुनुहुन्छ । अव आधाभन्दा बढी कार्यकाल पुरा गरिसक्नु भएको छ । यो कार्यकाल पुरा गरिरहँदा कस्तो अनुभूति भैरहेको छ ?
यो काभ्रेको कान्छो नगरपालिका हो । शुरुका दिनमा अत्यन्त न्यून कर्मचारी कार्यलय व्यवस्थापनको कमि तथा कार्य प्रकृया नै सञ्चालन गर्न धेरै कठिन परिस्थितिका बावजुत आज याहाँसम्म आइपुगियो यसमा खुशि छु । धेरै ऐन कानून निमार्ण गरि नगरपालिकालाई सुव्यवस्थित सुसम्पन्न र वातावरणीय रुपमा प्रभावकारी बनाउन लागि परेका छौ । आम नगरवासीको आवश्यक्तालाई मध्येनजर गरेर काम गरिरहेका छौ । आम नगरवासीको आकांक्षा धेरै छ, यो पनि गर्दे हुन्थ्यो त्यो पनि गर्दे हुन्थ्यो भन्ने छ । सबैको समस्या जनप्रतिनिधि मार्फत मुखरित भैरहेको, प्राथामिकताको आधारमा समाधान गर्न लागिपरेका छौ ।
यस नगरपालिकालाई कान्छो नगरपालिका भन्नुभयो । के आधारमा कान्छो भन्नु भएको हो ?
काभ्रे जिल्लामा नगरपालिका घोषणाको हिसावले सबैभन्दा पछि घोषणा भएको नगरपालिका भएकोले कान्छो नगरपालिका भनेको हँु । यसको घोषणा नेपाल सरकारले वि.सं २०७३ सालमा गरेको थियो ।
यस मण्डनदेउपुर नगरपालिकाको भौगोलिक अवस्था कस्तो रहेको छ ? छोटकरीमा बताइदिनुस ।
यो सरकारले पछिल्लो पल्ट घोषणा गरेको नगरपालिका हो । यसको क्षेत्रफल ८९ वर्ग कि.मि रहेको छ । यो साविकको सातवटा गा.वि.स मिलेर बनेको नगरपालिका हो हाल यसमा १२ वटा वडा रहेका छन् । यसमा काभ्रे जिल्लाको समथर र पहाडी भुभाग समेत पर्दछ । कृषियोग्य भूमि देखि पर्यटकीय क्षेत्रसमेत यस नगरपालिकामा समेटिएको छ ।
यस नगरपालिकाको नाम मण्डनदेउपुर राख्नुभएको छ । यो नाम कसरी जुराउनु भएको हो ?
यस नगरपालिका भित्र पर्ने तीनवटा देउपुर क्षेत्र र चारवटा मण्डन क्षेत्रलाई मिलाएर यस नगरपालिकाको नाम मण्डनदेउपुर राख्ने सहमती भयो । हामीले त नाम चलेको ठाउँको आधारमा नगरकोट नगरपालिका नामाकरण गर्ने भनेर नगरसभाबाट पास पनि गरायौं । यो सब राजनीतिक सहमतीका आधारमा गर्नु पर्ने भएकोले तीनवटा देउपुर क्षेत्र र चारवटा मण्डन क्षेत्रलाई मिलाएर यसको नामाकरण गरियो ।
मण्डनदेउपुर नगरपालिकाको शिक्षा र स्वास्थ्यको स्थितिबारेमा बताईदिनुस् न ?
शिक्षाको बारेमा कुरा गर्दा – हाम्रो ऐन कानूनले सामुदायिक स्कूललाई नै फोकस गरेको छ । आम नागरिकको आधारभूत शिक्षा सामुदायिक स्कूलबाट प्रदान हुने शिक्षा नै हो । यस नगरपालिकालाई साक्षारता घोषणा गरेका छौ । यहिलेको शिक्षाको अवस्था र वस्तुस्थितिको आधारमा शिक्षक मिलानको काम हाम्रो नगरपालिकाले ग¥यो । संघीय सरकारले पूर्णतः सम्बोधन गर्न नसकिरहेको काम हामी गर्न सफल भयौं । यो नगरपालिकामा ४६ वटा विद्यालयहरु छन । जसमा मा. वि १४ वटा, उच्च मा.वि ६ वटा र एउटा क्याम्पस रहेका छन् । यस क्याम्पसलाई कृषि प्राविधिक क्याम्पसको रुपमा विकास गर्ने लक्ष्यमा अगाडि बढिरहेका छौ । शिक्षा क्षेत्रमा ठूलो विभेद देखें, पुर्व प्राथामिक शिक्षकको तलव ६००० हजार अनि सरकारले मजदुरको न्यूनतम ज्याला संघीय सरकारले तोकेको १३४५० रुपैया छ । यो गणतन्त्र मजदुरको ज्यालको स्थिति यो हेर्दा बडा अन्याय देखियो । यो विभेदलाई अन्त्य गर्न कार्यलय सहयोगि, पूर्व प्राथामिक शिक्षक, लेखा हेर्ने कर्मचारीको तलवमा हामीले सक्नेसम्म सहयोग पु¥याई क्रमशः १३५००, १४००० र १५००० पु¥यायौं । कार्यलय सहयोगि विहानै ढोका खोल्नु पर्ने बेलुका ढोका लगाएर मात्र जानुपर्ने उसैको तलव कम सारै ठूलो विभेद लाग्यो । शिक्षक साथीहरुको मासिक रुपमा तलव खाने गरि व्यवस्था मिलायौं । दिवा खाजा, बालबालिकालाई रु.४५० को दरले उत्साहप्रद सहयोग गरिरहेका छौ । नगरपालिका भरिका स्कुलका विद्यार्थीहरुलाई समान ड्रेसको व्यवस्था गरका छौ । अंग्रेजी माध्यमलाई प्राथाकिकता दिएका छौ । प्रत्येक विद्यालयमा नयाँ प्रविधियुक्त शिक्षा प्रदान गर्न Talking Teacher को माध्यमवाट कक्षा सञ्चालन गर्ने व्यवस्था गरेका छौ । यो वर्ष सामुदायिक स्कूललाई बोर्डिङ्ग स्कुल सरहको गुणस्तरमा पु¥याउन ३ करोड ८० लाख रुपैया नगरपालिकाले छुट्याएको छ ।


स्वास्थ्य क्षेत्रको कुरा गर्दा– हामीले स्थानीय निकायको चुनावताका ३/४ कुरालाई महत्वका साथ घोषणापत्रमा उल्लेख गरेका थियौं । प्रथमतः स्वास्थ्य र खानेपानी जसबाट मानिस बाँच्नु प¥यो, शिक्षा जसबाट मानिस सुसुचित हुनुपर्छ, वातावरण जसबाट मानिस स्वस्थ हुनुपर्छ र समग्रमा आमनागरिकको जीवन गुणस्तरीय बन्नुपर्छ । यि कुरालाई मध्येनजर गर्दै हामी अगाडि बढ्नुपर्छ भन्ने अभियानलाई शिरोधार्य गरेका छौ । यस नगरपालिकालाई खुल्ला दिशामूक्त क्षेत्र घोषणा गरेका छौ । हाम्रो नगरपालिकामा अस्पताल छैन । संघीय सरकार प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा १५ सैयाका हस्पिटल हुनु पर्ने भने बमोजिक १५ रोपनी जग्गामा १५ सैयाको हस्पितल निमार्ण गर्ने काम गरिरहेका छौ यो केही महिना भित्रैमा सम्पन्न हुन्छ । नगरपालिकाका लागि आवश्यक पर्ने विभिन्न कार्यलयको लागि जग्गा पनि नगरपालिकाले खरिद गरिसकेको छ । एक घर एक धारा कार्यक्रम मार्फत ४४५० घरघुरीलाई धारा वितरण गरिसकेका छौ । यसलाई बाँकी सबै घरघुरीमा पु¥याछौ । सवै वडामा स्वास्थ्य चौकी पु¥याउछौ ।
यहा“ कान्छो नगरपालिकाको नगरप्रमुख विकासमा पनि कान्छै त होईन नी ?
होईन । उमेरमा जेठो कान्छो होला तर विकासमा मण्डनदेउपुर नगरपालिका कान्छो छैन । विकासका पूर्वाधार निमार्ण भैसकेका छन् आगामी जनप्रतिनिधिहरुलाई सहज वातावरण बनेको छ ।
यहाँले लगभग कार्यकालको तीनवर्ष पुरा गरिसक्नु भएको छ । यो अवधिमा आम नागरिकले अनुभूति गर्न लायक के के काम गर्नु भयो ?
धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो । आजका दिनमा आम नागरिकको आकांक्षा धेरै छन् । सबै त हामीले पुरा गर्न सकौला नसकौला तर नागरिकलाई सुशासन प्रदान गर्न लागि परेका छौ । स्वास्थ्यको क्षेत्र, शिक्षाको क्षेत्रको वारेमा अगि पनि स्पष्ट गरिसकेको छु । सडकको कुरा गर्दा सडकको मापदण्ड नगरपालिकाले नै बनाएको छ । सानो सडक ६ मि. देखि ठूलोमा २० मि सम्मको सडकको व्यवस्था मिलाएका छौ । सडक जोगाउने अभियानमा छौ । जनतासँग जनप्रतिनिधि भन्ने कार्यक्रम अगाडि बढाएका छौं । खाद्यसंप्रभुता प्रदान गरेका छौ । शिक्षा अभियानमा लागेको छौ, सबैलाई शिक्षा यसलाई बन्चित गरिने छैन भन्ने सरकारको नारालाई पुरा गर्न लागि परेका छौ । धेरै कर तिर्ने नागरिकलाई सम्मान गर्ने गरेका छौ । राम्रो पढाउने शिक्षक र उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरिरहेका छौ । नागरिकले प्रशासनिक झन्झट व्यहोर्न नपरोस भनेर सार्वजकि सुनुवाईको व्यवस्था समेत गरेका छौ ।
मण्डनदेउपुर नगरपालिकाको आम्दानीका मुख्य स्रोतहरु के के रहेका छन् ?
हाम्रो आम्दानीको प्रमुख स्रोतहरु कृषि र पर्यटन नै हुन् । हाम्रो नगरपालिकामा ३ वाली सम्म लाग्ने जग्गा जमिन छ । कृषिका फाँटहरु छन, राम्रो उत्पादन हुन्छ । पर्यटनको लागि यो नगरपालिका अग्र स्थानमा नै पर्छ, नगरकोटको पश्चिम भागमा भक्तपुरको चाँगुनारायण नगरपालिका पर्छ भने पूर्वीभागमा हाम्रो नगरपालिका पर्छ । लगभग ७०/८० प्रतिशत होटेल रेष्टुरेण्ट हाम्रो नगरपालिकामा पर्छ यसलाई थप व्यवस्थापन गरि मण्डनदेउपुर नगरपालिकालाई पर्यटनमय बनाउन हामी एक जुट भएर लागिपरेका छौ । बजेट कृषि, पर्यटन र शिक्षामा बढि केन्द्रित छ ।
वर्तमान समयमा विश्व नै कोभिड–१९ बाट आक्रान्त छ । यसको संक्रमणबाट जोगिन जोगाउन यस नगरपालिकाले कस्ता कार्यक्रमहरु गरिरहेको छ ?
नेपाल सरकारले बन्दाबन्दी शुरु गर्दा म सामान्य अस्वस्थताको कारण हस्पितलमा थिएं । आम नागरिकमा सचेतना कार्यक्रम गर्नु पर्छ भनेर माइकिङ्ग मार्फत सचेतना गर्ने कार्य गरियो । Eco-Himal नगरपालिकाको सहकार्यमा ३० हजार माक्स वितरण गरियो । बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राखेरमात्र घर पठाउने काम गरियो । हाल २ वटा स्कूललाई क्वारेन्टाइनको रुपमा विकास गरेका छौ । १०० जना जति बाहिरबाट आउनु भएको नागरिकलाई व्यवस्थित ढंगले क्वारेन्टाइनमा राखेका छौ । सुरक्षाको व्यवस्था राम्रो छ, RDT, PCR को व्यवस्था भैरहेको छ ।
यस माहामारीबाट विशेषतः सामान्य परिवार वा मजदुर वर्ग बढि प्रभावित छन् । यसका लागि यस नगरपालिकाले कस्तो राहतको प्याकेज प्रदान ग¥यो ?
हाम्रो नगरपालिकामा डेरामा बस्ने मजदुर वर्ग अत्यन्त कम छन् । सामान्य परिवारको कुरा गर्दा कामको लागि राहत प्याकेज बनायौं । २ दिन काम गर्नु पर्ने त्यस वापत ३० किलो चामल, २ किलो दाल, १ किलो नून, १ लि. तेल वितरण ग¥यौ । सबैको सहयोग प्राप्त भैरहेको छ । ग्रामिण इलाका परेकोले भिडभाड कमै हुन्छ, यसलाई थप संक्रमण हुन नदिन नगरपालिकाले गर्नु पर्ने कुनै कसर बाँकी नरहने गरी हामी एकजुट भएर अगाडि बढेका छौ ।
नगरप्रमुख ज्यू ! यहाँले चुनावको समयमा आमनगरवासीमा गर्नु भएको प्रतिवद्धताहरु सबै पुरा हुन्छन नी ?
आम नागरिकमा जारी गरेको घोषणा पत्रमा तपाईहरुले हामीलाई जिताउनु भयो भने कम्तीमा ८० प्रतिशत काम पुरा गछौ भनेका थियौं । पहिलेको ने.क.पा एमाले अहिलेको नेपाल कम्युनिष्ट पार्टीको नाताले भन्न चाहन्छु – घोषणा पत्र तपाइहरुको हातमा छ यहाँ उल्लेख भएका प्रतिवद्धता ८० प्रतिशत भन्दा बढि पुरा गछौ । त्यो पुरा हुन्छ ढुक्क हुनुस् ।
आज सरकार र नागरिकबीचमा विभिन्न विषयमा मतभेद जस्तो देखिन्छ । तपाईलाई यो किन भैरहन्छ जस्तो लाग्छ ?
देश लामो समयसम्म जनप्रतिनिधि विहिन भयो । नागरिकका काम एउटा सचिवले मात्र गर्नुपर्ने दिन थियो । सरकार सरकार मै कलह, देश भन्दापनि पार्टीगत राजनीतिले बढि प्रशय पायो । यस अवधिमा छाडापन बढ्यो, बहुदलीय प्रजातन्त्र हुदे गणतन्त्रसम्म आइपुग्दा राजनीतिज्ञको सपना र आम नागरिकको अपेक्षा बीचमा तालमेल हुन सकेन जसका कारण मतान्तर बढ्यो । समन्वयको अभाव र सूचना प्रविधिको दुरुपयोग पनि मतभेदको माध्यम बन्यो । हामीमा यो समस्या छैन सर्बसहमतबाट नगरपालिकाको काम भैरहेको छ ।
यस नगरपालिकाले अधिकांश ग्रामिण इलाका समेटेको छ । पहिले पहिले जन सहभागिताबाट धेरै सार्वजनिक काम हुन्थ्यो । आजका दिनमा सार्वजनिक काममा नागरिकको सहभागिता कस्तो पाईरहनु भएको छ ?
हिजो पञ्चायतमा म उप–प्रधानपञ्च हुँदा जम्मा ८ हजार बजेट दिन्थ्यो । यसबाट लगभग तेब्बर काम हुन्थ्यो । २०४६ पछि एउटा गा.वि.स लाई ७० हजार दिन थाल्यो त्यो वेलामा अव विकासले ठुलै गति लिन्छ भन्ने थियो । २०५१ सालमा आफ्नो गाउँ आफै बनाऔ भन्ने अभियान अन्तर्गत ३ लाख देखि ५ लाख सम्म दिईयो, त्यस वेलासम्म जनश्रमबाट धेरै काम हुन्थ्यो । तर २०५२ साल पछि समाज विकृत बन्न शुरु ग¥यो, २०६२/०६३ देखि त समाजमा छाडा पन देखाप¥यो जसका कारण जनसहभागिता भन्दा पनि हामीले जिताएर पठाएका जनप्रतिनिधिले सबै काम गर्नु पर्छ भन्ने सोचको विकास भयोको जस्तो लाग्छ । ऐनमा २० प्रतिशत काम जनश्रमदान बाट गर्नु पर्छ भन्ने छ तर भएजस्तो लाग्दैन ।
यस नगरपालिकाको भूमिहरुलाई उत्पादन विहिन क्षेत्रमा परिणत गर्ने कार्य त भएको छैन होला । घरघडेरीको रुपमा टुक्रेको छैन नी ?
त्यो छैन । हाम्रो नगरपालिकामा पनि राम्रा राम्रा फाँटहरु छन, उत्पादन योग्य जमिन छ तर हामी यसमा सतर्क बनेर काम गरिरहेका छौ । याहा भक्तपुरबाट विस्थापित भएका ईट्टाभट्टाले अनुमति लिसकेको भन्ने छ तर हामी थपलाई अनुमति रोक्छौ र भएकालाई आवश्यक व्यवस्थापन गदछौ । जग्गालाई कुन खेतियोग्य कुन वासस्थानको लागि र कुन उद्योग कलकारखानाको लागि उपयुक्त छनौट गरि व्यवस्थापन गर्ने सोचमा छौ । हामी उद्योग विरोधी चाहि होइनौ तर त्यसलाई वातावरणीय रुपमा मापन गरि सञ्चालन अनुमति दिन्छौ ।
उद्योग विरोधी होइनौ तर यसको आवश्यक व्यवस्थापन गरिहेका छौ भन्नु भयो । यहा“हरुले व्यवस्थापन गरिरहनु भएको उद्योगहरु के के हुन त ?
तरकारी उत्पादन, दुध चिस्यान केन्द्र, तरकारी संकलन केन्द्र, खाद्यभण्डार, विउविजन संकलन र वितरण, पुराना खाद्यान्नहरुको जगेर्ना आदि यस नगरपालिकाले उद्योग कै रुपमा विकास गरिरहेको छ ।
अन्तमा यहाँलाई भन्न मन लागेको केही छ ? भनि दिनुस न ।
यो आ.व मा हामीले ९२ करोड २५ लाख ७९ हजार ७ सय ५१ रुपैया बजेट विनियोजन गरेका छौ । नगरविकासमा हामी सबै लागौ । नगरको समस्या हामी सबैको समस्या हो । आम नगरवासीको समस्यामा हामी जनप्रतिनिधि छौ । अहिलेको माहामारीबाट जोगिऔ र जोगाऔं । अन्तमा टाढाबाट हाम्रो नगरपालिका सम्झेर आइदिनु भो मेरा विचार राख्ने अवसर दिनुभो यहाँ र रेसुङ्गा टुडे साप्ताहिकलाई धेरै धेरै धन्यवाद !