गणतन्त्रको अभ्यासमा लागिरहेका छौ
– भुपेन्द्र श्रेष्ठ, प्रमुख, त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोक
लामो समय पछि स्थानीय निकायको पुनःस्र्थापना भएको छ । यसले केन्द्रमा रहेको सरकारलाई आम नागरिकको घर दैलोमा पु¥याउने काम गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई अवलम्वन गराउने निकाय भएकोले आज आम नागरिकका काम आफ्नै घरदैलो छेउबाट भएका छन । यसको अभ्यास गराउन हामी जनप्रतिनिधि लागिपरेका छौ । सकरात्मक परिवर्तनले नै समाजको आर्थिक समाजिक परिवर्तन हुने हो यसैका लागि हामी दौडिरहेका छौ । त्रिपुरासुन्दरी गाउँपालिकाको समग्र विकासको बारेमा गाउँपालिका प्रमुख भुपेन्द्र श्रेष्ठसँग रेसुङ्गा टुडे साप्ताहिककर्मी केशव आचार्यले गरेको कुराकानी ।
तपाई अहिले त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँपालिका प्रमुख हुनुहुन्छ । प्रमुखको जिम्मेवारी पाउनु भएको तीन वर्ष पुरा भईसकेको छ । यो अवधिमा जिम्मेवारी पुरा गरिरहदा कस्तो अनुभूति भैरहेको छ ?
यो प्रजातन्त्र पछिको गणतन्त्रको अभ्यास हो । त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुखको हिसावले भन्नु पर्दा हिजो सम्म सदरमुकाम सम्म धाउनु पर्ने समस्याको अन्त भएको छ । आम गाउँवासीले सहज रुपमा पालिकाबाट सेवा प्राप्त गरिरहनु भएको छ, उहाँहरुमा उत्साह बढेको छ । सरकारले पठाएको बजेटको उचित सदुपयोगबाट विकास निमार्णको काम गर्न पाईरहेका छौ । तसर्थ अध्यक्षको हैसियतले यसो भनीरहन पाउदा खुशि लागिरहेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको भौगोलिक अवस्था बारे प्रकाश पारी दिनुस न ?
सिन्धुपाल्चोक जिल्लाको उत्तर पूर्वी क्षेत्रमा यो गाउँपालिका अवस्थित छ । उत्तरपूर्वमा दोलखा जिल्ला उत्तर तर्फ बाह्रबिसे नगरपालिका, सुनकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र वलेफी गाउँपालिका सिमानाको बीचमा आवद्ध त्रिपुरासुन्दरी गाउँपालिका आफ्नै महत्व र इतिहाँस बोकेको स्थानीय निकाय हो यो समुन्द्र सतहबाट झन्डै ३१ सय मिटरको उचाईमा अवस्थित छ । त्रिपुरासुन्दरी गाउँपालिका साविकको ६ वटा गा.वि.स मिलाएर ६ वटै वडामा विभाजित छ । यसले ९४.२८ वर्ग कि.मि क्षेत्रफल ओगटेको छ ।
यस गाउँपालिकाको नाम त्रिपुरासुन्दरी गाउँपालिका रहेकोे छ । यस नामले कुनेै ऐतिहाँसिक धार्मिक महत्व बोकेको भएर यो नाम राख्नु भएको हो ?
तौथली वडा नं ५ मा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिर छ । यो मल्लकालीन राजा हरिसिंह देवले शासन गरिरहेको अवस्थाको ऐतिहाँसिक मन्दिर हो । हामीले यहि ऐतिहाँसिक मन्दिरको नामबाट नाम राख्ने निर्णय ग¥यौ र यसै नामलाई आम गाउँवासीले स्वीकार्नु भयो ।
यो गाउँपालिका भौगोलिक हिसावले सुगम दुर्गम कस्तो स्थानीय निकाय हो ? विकासको पूर्वाधार कस्तो छ ?
सिन्धुपाल्चोकको पहाडी ईलाका जुन ३१०० मिटरको उचाईमा अवस्थित छ । यो हिसाबले सुगम नै त भन्न मिल्दैन तर दुर्गम भनेर त्यस्तो असुविधा भोग्नु पर्ने अवस्था पनि छैन । पिस्कर काण्डबाट परिचित स्थानपनि यसै गाउँपालिकामा पर्दछ । पाहाडी केही भिरालो भुभाग छ बाटो घाटो र खानेपानीको केही असुविधाहरु छन यसलाई परिपूर्ति गर्न गाउँपालिका निरन्तर खटिरहेको छ ।
यस गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? यसलाई छोटकरीमा बताईदिनुस न ।
सरकारले शिक्षालाई स्थानीय निकाय अन्तर्गत राखेकाले हामी स्थानीय निकायले आवश्यक नीति निमार्ण गरि शैक्षिक गुणस्तर सुधार तर्फ अगाडि बढिरहेका छौ । शिक्षकहरुको सरुवा, शिक्षाको गुणस्तर, शिकाई प्रविधि, भौतिक संरचना आदिलाई व्यवस्थापन गर्दै उपलब्धि मापन गर्न दौडिरहेको समयमा कोभिड–१९ ले यसमा चुनौति सृजना गरिदियो । शिक्षा नै समाज परिवर्तनको संवाहक भएकोले यसमा गाउँपालिकाले कुनै पनि सम्झौता गर्दैन ।
संघीय सरकारले शिक्षा र स्वास्थ्यमा यथेष्ट लगानी गरिरहेको छ । पहिला स्वास्थ्य चौकीमा प्रयाप्त कर्मचारी नभएको आवश्यक औषधीको अभाव रहेको सुनिन्थ्यो तर हालका दिनमा एक वडा एक स्वास्थ्य चौकी लगभग पुरा भैसकेको स्थिति छ, कर्मचारी पनि आवश्यक्ता अनुसार पुरा हुदै गईरहेको छ । यो कोरोना भाईरसले त मानिसमा स्वास्थ्य क्षेत्रको महत्व दर्शाएको छ, आज निःशुल्क औषधी उपलब्ध भैरहेको छ । बृद्ध, गर्भवती, बालबालिका, अपाङ्गलाई विशेष सुविधा छ । यसलाई मानिसको आधारभूत आवश्यक्ताको रुपमा पहिचान गरि सर्वसुलभ ढंगबाट उपलब्ध गराउन एक जुट भएर लागिरहेका छौ ।
लगभग २० वर्ष पछि स्थानीय निकायले पूर्णता प्राप्त गरेको छ । यहाँ गाउ“पालिका प्रमुख बन्नु अगाडि र अहिलेको बीचमा भौतिक, आर्थिक, सामाजिक परिवर्तनमा पाउनु भएको फरक के के छन ?
गणतन्त्र प्राप्ति पछिको कुरा गर्नु पर्दा पहिलेको तुलनामा स्थानीय निकायले सरकारबाट पाउने बजेटको आकार नै फरक छ । पहिला सानो आकारको बजेटमा श्रमदानको सहयोगबाट धेरैकामहरु सम्पन्न गनुपथ्र्याे । तर आज आम नागरिकले आफ्नो घरछेउबाट सेवा सुविधा प्राप्त गरिरहनु भएको छ । जनप्रतिनिधि मार्फत विकास निर्माणका कार्यहरु तिब्रतर रुपमा अगाडि बढिरहेको छ । आम नागरिकका आधारभूत आवश्यक्ताहरु पुरा हुदैगईरहेका छन । शिक्षा, स्वास्थ्यको अवस्था सवल हुदैगईरहेको छ, भौतिक पूर्वाधारको विषयमा प्रचुर विस्तार भएको छ यसलाई गुणस्तरिय बनाउने अभियानमा छौ । यो गणतन्त्रको उपहारको रुपमा हामीले लिनु पर्छ जस्तो लाग्छ । वडा वडामा स्वास्थ्य चौकी, वडा कार्यलयहरुमा सडकको पहुँच पु¥याउने छौ यो केही समयमा नै पुरा हुन्छ ।
यस गाउँपालिकाका आम नागरिकको अपेक्षा र जनप्रतिनिधिहरुले चुनावताका गरेका प्रतिवद्धता बीचमा तालमेल त भैरहेको छ नी ?
तालमेल मिलाउने प्रयास हामीले गरिरहेका छौ । गणतन्त्रमा आम नागरिकको अपेक्षा बढ्नु अस्वभाविक होईन किनभने समयको परिवर्तनसँगै भएको विकासले नागरिकहरुको अपेक्षामा पनि परिवर्तन ल्याउछ । अपेक्षाको आवश्यक्ता र महत्व पहिचान गरि पूरा गर्दै जाने हो । जनप्रतिनिधिहरुले पनि चुनावताका राखेका प्रतिवद्धतामा केही बढाई चढाई भए होलान तर आज फेरी तिनै नागरिकको अगाडि उभिनु पर्दा अप्ठेरो महशुस गर्नु पर्ने हुन्छ । यसकारण प्रतिनिधिले पनि आफ्नो क्षेत्रको आवश्यक्ता, उपलब्ध स्रोतसाधनको अवस्थालाई मध्येनजर गरि घोषणापत्र जारी गर्नु पर्ने दिन आइसकेको छ । अवका दिनमा यो तालमेल हुन्छ । आम नागरिकमा राजनीतिज्ञ माथिको विश्वास बढ्छ ।
यो पाँच वर्षे कार्यकालमा ३ वर्ष त पुरा भैसकेको छ । यो अवधिमा आम नागरिकले अनुभूति गर्न लायक कामहरु के के गर्नु भयो ?
सर्व प्रथम आधारभूत आवश्यक्तालाई प्राथामिकता दिदै राजमार्गबाट पालिका सम्मको बाटो, पालिका भित्रका कच्ची सडक, घर घरमा पानीको धारा, पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी,बुद्ध पार्क, शहिदपार्क आदिको संरक्षण संवद्र्धन र निमार्ण गर्ने काम भैरहेको छ । पर्यटकीय संग्राहलयको निमाण र खानी संरक्षणमा लागिरहेका छौ । गाउँपालिकाको भवन थिएन अहिले निर्माण प्रकृया अगाडि बढिरहेको छ ।
विश्वको माहामारी कोभिड–१९ बाट सुरक्षित रहन वा थप संक्रमण फैलन नदिन यस गाउँपालिकाले कस्तो कदम चालिरहेको छ ?
माहामारीलाई समस्याको रुपमा मात्र हेर्नु हुदैन यो एक अवसर पनि हो भन्नु पर्छ जस्तो लाग्छ । त्रिपुरासुन्दरी गाउँपालिकाले यसबाट हुन सक्ने संक्रमणलाई रोक्न प्रचार प्रसार, पम्ल्पेटिङ्ग,मार्फत सचेतनाको कार्यक्रम ग¥यौ । स्वास्थ्य चौकीमा आवश्यक सामाग्रीको कमी भएन, क्यारेन्टिनको व्यवस्था पनि गरेका छौ, २३ जना क्यारेन्टिनमा हुनुहुन्छ उहाँहरुलाई खाना बस्नको राम्रो व्यवस्था गरेका छौ ।
सरकारले लगभग तीन महिना बन्दाबन्दी ग¥यो । यो अवधीमा गाउँवासीलाई राहत पनि उपलब्ध गराउनु भयो ?
गरायौं । यो सम्वन्धमा हामीले चैत्र ४ गते नै पालिकामा मिटिङ्ग राखि राहतको व्यवस्था कसरी गर्ने भनि छलफल ग¥यौ र कर्मचारीको तलवको १० प्रतिशत, हामी पालिका प्रतिनिधि र नागरिकको सहयोगबाट एउटा राहत कोष खडा ग¥यौ । यसमा केन्द्रिय सरकारले दिएको रु १० लाख सबै मिलाएर ५ सय साँढे ५ सयलाई खाद्यान्न राहत बाँड्यौ ।
यस गाउँपालिकाको आयको मुख्य स्रोतहरु के के हुन ? ग्रामिण इलाकामा त स्रोतहरु धेरै कम हुन्छन् सार्वजनिक कामहरुमा स्थानीयहरुको सहभागिता कस्तो रहन्छ ?
हाम्रो प्रमुख आयको स्रोत त केन्द्रिय सरकारले दिएको अनुदान नै हो । आफ्नो स्रोत बनाउन पर्यटकीय क्षेत्रको निर्माण, आयका दायराको खोजीलाई फोकस गरिरहेका छौ । स्थानीयहरुको सहभागितालाई उपभोक्ता समिति मार्फत जागरुक बनाईर हेका छौ । श्रमदान गरिरहनु भएको छ यो बन्दाबन्दीमा त बाहिरबाट आउने सबै दाजुभाई दिदीबहिनीहरु जुट्नु भयो धेरै काम पो भयो । यो मानेमा उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
जिम्मेवारी पुरागरिरहदाको समयमा नागरिकको समर्थन /विरोध कत्तिको पाईरहनु भएको छ ?
राम्रा काममा समर्थन गर्नु स्वभाविक नै हो तर कहिले काँही राम्रै काम भैरहदा पनि विरोध खेप्नु पर्दा कता कती दुखेसो लाग्छ । आम नागरिकको अपेक्षा धेरै भएर आफ्ना सबै आवश्यक्ता पुरा हुनु पर्छ भन्ने सोच राखिदिदा विरोधको स्थिति पनि सृजना हुन्छ । आधारभूत आवश्यक्ता पूर्ति तर्फ नै हामी अगाडि बढिरहेका छौ । शिक्षा, स्वास्थ्य, खानेपानीको सहजिकरण गर्न हामी जनप्रतिनिधि लागिपरेका छौ, हामी सर्बसम्मतबाट कामलाई अगाडि बढाईरहेका छौ तसर्थ विरोधको अवस्था हामीकोमा छैन ।
यहाँको कार्यकाल भित्रमा चुनावमा आम गाउँवासीमा गरेको प्रतिवद्धता पुरा हुन्छन ?
नयाँ संरचनाको नयाँ गाउँपालिका भएकोले शुरुमै यसको अवस्थितिलाई परिवर्तन गरिहाल्न सकिने अवस्था त थिएन । विस्तारै पालिकाको वस्तस्थिति वुभ्mदै विकासका कार्यक्रमहरुलाई अगाडि बढाइयो । चुनावताकाको सबै प्रतिवद्धता पुरा गर्ने प्रयास त हो तर लाग्दा लाग्दै समय गैरहेको छ झन यो कोभिड–१९ ले कामलाई मोडिदियो । शतप्रतिशत त पुरा नहुन सक्छन तर कम्तिमा ७० प्रतिशत चाँही पुरा हुन्छ नै । यो भन्न र गर्नबीचको तालमेलको कमी हो अवका दिनमा यस्तो नहोला ।
अन्तमा यहाँको भन्नु पर्ने केही छ की ?
सबैकुरा माथि नै भनिसकें । अन्तमा आम गाउँवासीलाई यस माहामारीबाट सचेत रहन आग्रह गर्दछु । हामी जनप्रतिनिधिहरु तपाईहरुसँग छौ, हाम्रो सम्पूर्ण काम तपाई हाम्रै सेवा सुविधाको लागि हो । हामी सबैले गणतन्त्रको प्रतिफल ग्रहण गर्नु पर्छ, यसबाट हामी नचुकौं ।