थप ८२ जनामा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार ३ हजार ९१६ नमुनाको पीसीआर टेष्ट गर्दा ८२ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका समेत गरेर कोरोनाबाट संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । उनीहरुमध्ये ३८ जनाको मृत्यु भएको छ भने ८ हजार ५८९ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र १४७ जना डिस्चार्ज भएका छन ।

आज थपिएकाहरुमा धनुषामा १९ जना, सुर्खेतमा ११, कालीकोटमा ७, पर्वतमा ६, चितवनमा ५, मोरङ, बाग्लुङ, पर्वत, लमजुङ, रुकुम पश्चिम, डडेलधुरा, कैलाली र दार्चुलामा २र२ जना छन् ।
यस्तै झापा, सर्लाही, सिन्धुपाल्चोक, सोलुखुम्बु, नवलपुर, स्याङजा, गोरखा, गुल्मी, पाल्पा, दैलेख, बझाङमा एकरएक जनामा संक्रमण पाईएको छ ।

त्यसैगरी काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन । यससँगै उपत्यकामा संक्रमितको संख्या ३४७ पुगेको बताईएको छ ।