बाढी पहिरो नियन्त्रणतर्फ सरकारको ध्यान पुगोस
सम्पादकीय
समयमा बाढी पहिरो नियन्त्रण गर्न सरकारको ध्यान जान सकेको पाइएन । यही कारण अहिलेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन । २६ जना घाइते भएका छन । बर्षेनी यस्ता बिपत्हरु आउँछन र आइरहेका हुन्छन । बिपत आउँछ भन्ने कुरा सवैलाई थाहा छ । थाहा पाएर पनि समयमा सजगता नअपनाउँदा अहिले बाढी पहिरो परी अनाहकमा दुई दर्जन नागरिकले ज्यान गुमाएका छन भने सयौं जना बेपत्ता हुन पुगेका छन । यसैगरी सयौं नागरिक घरबार बिहिन बन्नु परेको छ । हरेक बर्ष बर्षायाममा यस्ता बिपतका घटनाहरु घटने गरेका छन । तर समयमा सजगता अपनाउन नसक्दा बाढी, पहिरोमा परेर ग्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, दोलखा र गुल्मी गरी अहिलेसम्म ८ जिल्ला नराम्ररी प्रभावित भएका छन् । प्रभावित मध्ये ६ जिल्लामा मानवीय क्षति हुन पुगेको छ ।
बुधबार राति परेको अबिरल बर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा धनजनको क्षती भएको थियो । प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी छ । कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै वर्षा पनि जारी रहेकोले उद्धारमा कठिनाइ भएको समाचारहरु बाहिर आएका छन । कतिपय स्थानमा हेलिकप्टरबाट पनि उद्धारको प्रयास गरिएको छ । तर, मौसमका कारण समस्या भइरहेको स्थानिय सरकारहरुको भनाई छ । कास्की र जाजरकोट जिल्लामा अहिलेसम्म सबैभन्दा बढी मानवीय क्षति भएको छ । दुवै जिल्लामा ७÷७ जनाको मृत्यु भएको छ । अहिले पनि बर्षा जारी छ र रोकिएको छैन ।
मौसम पुर्वअनुमान महाशाखाले मुलुकमा गएको शुक्रबार देखि २९ गते सोमबारसम्म अहिले सम्मकै ठुलो बर्षा हुने भनेर पुर्व जानकारी गराएको थियो । तर यो कुरालाई सरकारले समयमा नागरिकहरु जानकारी नगाउँदा यो परिस्थति आएकोमा दुईमत छैन । अझै पनि बर्षात रोकिएको छैन । भरखर असार महिना सकिन लाग्दै छ । बर्षातको मुख्यगरी साउन र भदौंको सिजन अझै बाँकी नै छ । सरकारले यी कुरालाई ख्याल गर्दै आफु मातहतका निकायलाई सर्तकता अपाउन अहिले देखि नै फर्मान जारी गर्न ढिलाई गर्नु हुदैन । जति ढिला गरर्यो त्यसको मार मुलुक र जनताले बेहोर्नुपर्ने हुन्छ । यसकारण पनि सरकारको ध्यान समयमा जान आवश्यक छ ।