बुटवलमा सार्वजनिक यातायात सञ्चालन
बुटवल । आइतबारदेखि रुपन्देहीमा सार्वजिनक बस सञ्चालनमा आएको छ । लुम्बिनी मेट्रोसिटी प्रालिले लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प रहेको सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक सञ्चालनमा ल्याएको छ । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु सञ्चालनमा आएका छन् ।
सिटीमेट्रो प्रालिका अध्यक्ष धनबहादुर अधिकारीको अनुसार तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रालिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको बताउनु भएको छ ।
‘बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो । ‘प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसँग छलफल गरेर बर्दघाटसम्म पनि यातायात सञ्चालन गर्ने तयारी भैरहेको अधिकारीले बताउनु भयो ।
अधिकारीले बताए अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरेर अनिवार्य राख्ने व्यवस्था समेत गरिएको छ । चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी समेत कायम कायम गरिनेछ ।