कोरोनाबाट थप एकको मृत्यु

काठमाडौं । कोरोनाबाट थप एक जना पुरुषको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रौतहटको परवाह नगरपालिका-७, का ३६ वर्षीय पुरुष रहेको र उनको आजै दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको हो।
भारतमा दाजुको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनी ब्याङ्लोर गएर असार २४ गते नेपाल आएका थिए।
नेपाल फर्केपछि रौतहटकै परवाहमा रहेको क्वारेन्टिनमा बसेका उनलाई असार २९ गते रुघाखोजी, ज्वारो र स्वास्प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उनको सोही दिन स्वाब संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। उनको आज पोजिटिभ रिपोर्ट आएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।